काठमाडौं नेपालमा उत्तर कोरियाले लगानीमा स्थापना भएका सम्पूर्ण उद्योगहरुको लगानी फिर्ता लैजान सरकारले उत्तर कोरियाली राजदूतावासलाई निर्देशन दिएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि पारित गरेको निर्णय पालना गर्दै उद्योग बन्द गरी आगामी दुई महिनाभित्र लगानी फिर्ता लैजान सरकारले निर्देशन दिएको हो । आणविक हातहतियार र क्षेप्यास्त्र प्रक्षेपणमा उत्तर कोरियाको बढ्दो सक्रियतापछि सुरक्षा […]
बिर्तामोड । यहाँस्थित माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा आज सोमबार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा आयोजित वार्षिक साधारणसभामा अध्यक्ष चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक प्रतिवेदनमा संस्थाको शेयर पूँजी एक करोड ६५ लाख छ हजार २०० रुपैयाँ पुर्याइएको उल्लेख छ । यस्तै समीक्षा वर्षमा […]
काठमाडौं। सोमबार सुनको मूल्य बढेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुनको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरेहेको छ ।त्यसैगरी, तेजाबी सुनको मूल्य ७१ हजारमा कारोबार भएको छ। चाँदी तोलामा ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन ७० हजार २ सयमा कारोबार भएको थियो र तेजाबी सुन […]
काठमाडौँ । अवैध गतिविधिमा संलग्न गिरोहले बैङ्कमार्फत नै करोडौं रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेर विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबारे छानविन गरेको हो । नक्कली कम्पनी खडा गरी २६ करोड रुपैयाँ दुईवटा बैङ्कमार्फत भारत पुर्याइएको एक घटनाको अनुसन्धान सकेर विभागले मुद्दा दायर गर्ने तयारी गरेको छ । […]
भकाठमाडौं । दुईजनाको समूहमा रहेका अज्ञात लुटेराले आइतबार दिउँसो दुई बजेतिर ओमसतिया –५ पट्खौलीका ३५ वर्षीय मेहन्द्र कुर्मीको हत्या गर्नुको साथै उनको साथमा रहेको पाँच लाख रुपैयाँ लुटी लगेका छन् । हिमालयन बैंकबाट रकम निकालेर पत्नी विजयलक्ष्मी र काखको बच्चासहित मोटरसाइकलमा घरतर्फ गइरहेका कुर्मीलाई लुटेराले रोहिणी गाउँपालिका–३ रोहिणी खोलानजिक गोली हानी हत्या गर्नुका साथै रकम […]
काठमाडौं। एउटा कायालय प्रमुखले चाह्यो भने एकाध वर्षमा नै कार्यालयको अवस्थामा सुधार ल्याउन सक्छ भन्ने उदाहरण अहिले नेपाल विद्युत प्राधिकरणलाई नियाले हुन्छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकै दृढ इच्छाशक्तिका कारण अहिले घाटामा गइरहेको विद्युत प्राधिकरण नाफा गर्न सफल भएको छ । प्राधिकरणले गत तीन वर्षमा साढे ११ अर्ब रुपैयाँ खुद आम्दानी गर्न […]
दमक । आर्थिक वर्ष २०७६/०७७ लाई सदस्य विस्तार वर्ष घोषणा गरेको दमकस्थित मेची सहकारी संस्थाले निरन्तर तीन दिनदेखि पूर्वसदस्य शिक्षा तालिम प्रदान गरिरहेको छ । सो सहकारीको शेयर सदस्य बन्न इच्छुक करिब १६ सयले आवेदन दर्ता गराएकोमा १५ सय हाराहारीले कार्यक्रमा सहभागिता जनाएका छन् । चालू आर्थिक वर्षमा पाँच हजार सदस्य पुर्याउने लक्ष लिएको सो […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चार रुपैयाँ मै विद्युतीय सवारी साधन चार्ज गर्न सकिने बताएको छ । आइतबार बिद्युत प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सिईओ) कुलमान घिसिङले यस्तो बताएका हुन् । पछिल्लो समय मुलुकमा विद्युत उत्पादन बढेको र वातावरणीय सुव्यवस्थालाई ध्यानमा राखि विद्युतीय सवारीलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गर्न लागिएको […]
काठमाडौं । लगातार सुनको भाउ घट्ने क्रम जारी छ। आइतबार पनि सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छ। त्यसैगरी, तेजाबी सुन ६९ हजार ९ सयमा कारोबार भइरहेको छ। चाँदी तोलामा भने ८४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावालमा सुनको मूल्य ४ […]
काठमाडौं । समयमा काम हुन नसकेका १ हजार ८४८ वटा ठेक्काबाट झन्डै साढे दुई अर्ब रुपैयाँ ‘घूस’ प्रवाह भएको भेटिएको छ । यस्ता ठेक्काबाट २.५ प्रतिशत अग्रिम घूस अनि मोबिलाइजेसन पेस्कीका नाममा थप त्यति नै घूस प्रवाह भएको हो । यीमध्ये ५० भन्दा बढी ठेक्का आयोजनामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । कति घुस ? ठेक्का […]