Sajhamanch Archive

सिम्रिक साकोसका सदस्यलाई १९.३६ प्रतिशत लाभांश

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोसका सदस्यलाई १९.३६ प्रतिशत लाभांश.

बिर्तामोड । वित्तीय कारोबार तथा सदस्यले प्राप्त गरिरहेको सेवाका दृष्टिकोणले जिल्लाको चौथो ठूलो मानिएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । जिल्लाका १६ वटा स्थानमा सेवा केन्द्र सञ्चालन गरेर २० हजार ४२९ जना सदस्यलाई वित्तीय सेवा प्रवाह गरिरहेको सिम्रिक साकोसले २०७६ असार मसान्तमा ८४ करोड एक लाख […]

सुनचाँदीको मूल्य ओरालो लाग्दै

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनचाँदीको मूल्य ओरालो लाग्दै.

काठमाडौं।शुक्रबार पनि सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। त्यसैगरी, तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ। चाँदी तोलामा भने ८७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावालमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ। बिहिबार छापावाल सुन प्रतितोला ७० […]

सुनको मूल्य घट्यो, तोलामा ७० हजार ८ सय

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको मूल्य घट्यो, तोलामा ७० हजार ८ सय.

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजाबी सुन ७० हजार ५ सयमा कारोबार भइरहेको छ। चाँदी तोलामा भने ८७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुन प्रतितोला ७१ हजार र तेजाबी सुन ७० हजार ७ […]

१८ करोड कर मिनाहा गराउन परराष्ट्रको चलखेल

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on १८ करोड कर मिनाहा गराउन परराष्ट्रको चलखेल.

काठमाडौं मासिक १० हजार रुपैयाँ तलब नपाउने मजदुरबाट जबर्जस्ती एक प्रतिशत कर उठाउने सरकारले कूटनीतिक नियोगमा लाखौँ रुपैयाँ बुझ्ने कर्मचारीलाई भने कर मिनाहा दिने तयारी गरेको छ । आयकर ऐनले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई दिने वैदेशिक भत्तामा ७५ प्रतिशत छुट र बाँकी २५ प्रतिशतमा पारिश्रमिक कर लाग्ने व्यवस्था गरेको छ । तर कानुनले तोके पनि […]

एनआईसी एशिया बैंकले सुपर चमत्कारिक खाता अन्तर्गत शंकर थापालाई दियो उपचार खर्च

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एनआईसी एशिया बैंकले सुपर चमत्कारिक खाता अन्तर्गत शंकर थापालाई दियो उपचार खर्च.

शिवसताक्षी । झापा शिवसताक्षी न.पा. २ का शंकर थापालाई एनसाइसी एशिया बैंक झिलझिले शाखाले औषधी उपचार खर्च प्रदान गरेको छ । ‘एनसाइसी एसिया बैंकको सुपर चमत्कारिक बचत खाता अन्तर्गत उनले औषधी उपचारको पाएका हुन् । बैंकले औषधी उपचारमा खर्च भएको अस्पतालको कागजको आधारमा २८ हजार ७ सय रकम प्रदान गरेको हो । बैंकले ल्याएको बिविध […]

एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने सरकारको तयारी

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने सरकारको तयारी.

काठमाडौं । सरकारले एलपी ग्यास पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले सो ग्याँस छिट्टै सहुलियत दरमा पनि उपलब्ध गराउने तयारी भईरहेको जानकारी गराएका हुन् । नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा […]

सहारामा बम विस्फोटः झापा जिल्ला सहकारी संघ र नेफ्स्कूनले गरे भत्सर्ना

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सहारामा बम विस्फोटः झापा जिल्ला सहकारी संघ र नेफ्स्कूनले गरे भत्सर्ना.

बिर्तामोड । झापा जिल्ला सहकारी संघ लिमिटेडले आफ्नो सदस्य संस्था सहारा नेपालको निर्माणाधिन भवनमा आइतबार राति गराइएको बम विस्फोटनको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष गणेश ढकालले आज प्रेस विज्ञप्तीमार्फत् अब उपरान्त यस्ता घटना नगराउन र नगर्न सचेत गराउँदै सहकारीमाथिको आक्रमण तत्काल बन्द गर्न सम्बन्धित पक्षसँग जोडदार माग पनि गरेका छन् । […]

असोजदेखि सुनचाँदीलाई निक्षेपको मान्यता

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on असोजदेखि सुनचाँदीलाई निक्षेपको मान्यता.

काठमाडौं । सरकारले आगामी असोजदेखि सुनचाँदीलगायत बहुमूल्य धातुलाई निक्षेपका रूपमा बैंकमा जम्मा गर्न पाउने व्यवस्था गर्ने भएको छ। अर्थ मन्त्रालयले यस्तो व्यवस्थासहित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न कार्ययोजना तयार पारेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई मूर्तरूप दिन कार्ययोजना बनाइएको हो। यस कार्यक्रमअनुसार पहिलो चौमासिकसम्म यो व्यवस्थाका लागि निर्देशिका […]

दाहालका घरबेटीलाई मेलम्चीको ठेक्का

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on दाहालका घरबेटीलाई मेलम्चीको ठेक्का.

काठमाडौं । ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ । सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन् । उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन् । दाहालकी बुहारी […]

वडाध्यक्षकै पहलमा थाक्लेमा बन्ने भयो ७४ फिट अग्लो बुद्धको मूर्ति

Published: in अर्थतन्त्र, प्रदेश तह, समाज by . Leave a Comment on वडाध्यक्षकै पहलमा थाक्लेमा बन्ने भयो ७४ फिट अग्लो बुद्धको मूर्ति.

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ थाक्लेमा ७४ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न लागिएको छ । फिदिम ४ का वडाअध्यक्ष प्रकाश गुरुङको पहलमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको हो । नगरपालिकाले दिएको १५ लाख रुपैयाँको लागतमा अहिले निर्माणस्थल सम्याउने काम भएको छ । झण्डै ८ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको उक्त बुद्धको […]