Sajhamanch Archive

डिजेल र पेट्रोलको मूल्य घट्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डिजेल र पेट्रोलको मूल्य घट्यो.

काठमाडौँ। नेपाल आयल निगमले डिजेल÷मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल÷मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । मूल्य घटेसँगै प्रतिलिटर डिजेल÷मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाएकाृ छ ।पाइपलाइनाबाट इन्धन भित्रयाउन […]

सुनको मूल्य घट्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुनको मूल्य घट्यो.

काठमाडौ।  मंगलबार सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदीको बजारमा मंगलबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेकोछ। त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी तोलामा ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८८० […]

भद्रपुरमा दशैं मिनी बजार

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on भद्रपुरमा दशैं मिनी बजार.

भद्रपुर ।आउँदै गरेको दशैं पर्वलाई लक्षितगर्दै भद्रपुरका मारवाडी महिलाले दशैं मिनीबजार सञ्चालनमा ल्याएका छन् । मारवाडी महिला मञ्च भद्रपुरको आयोजनामा भद्रपुर ६ को सिटी गार्डनमा दशैं मिनीबजार सञ्चालनमा ल्याइएको हो । मंगलबारसम्म सञ्चालन हुने मिनीबजारको सोमबार एक समारोहकाबीच राष्ट्रिय मारवाडी महिला संगठनकी केन्द्रीय अध्यक्ष निर्मला जोशी, प्रदेश नं १ का प्रदेश सभा सदस्य ओमप्रकाश सरावगी […]

नायब महालेखापरीक्षक काफ्लेलाई निजामती सेवा सम्मान

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नायब महालेखापरीक्षक काफ्लेलाई निजामती सेवा सम्मान.

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक महेश्वर काफ्ले निजामती सेवा सम्मान २०७६ बाट सम्मानित भएका छन् । निजामती सेवाको माध्यमबाट देशको विकास र नागरिकप्रति समर्पित रही गरेको पवित्र र उत्कृष्ट कार्यको मूल्याङ्कन गर्दै १६औँ निजामती सेवा दिवसका अवसरमा काफ्लेलाई सो सम्मान दिइएको हो । महालेखापरीक्षकको कार्यालयमा पूर्ण इमान्दारी, लगाव, परिश्रम र समर्पणका साथ आफ्नो जिम्मेवारी […]

ओम बिमलीको काँधमा झापा चेम्बर

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ओम बिमलीको काँधमा झापा चेम्बर.

झापा । ‘राष्ट्रिय पूँजी र व्यवसायीहरुको आधार, समृद्धि र विकासको पूर्वाधार’ भन्ने मुख्य नारा बनाएको चेम्बर अफ कमर्शको झापा जिल्ला च्याप्टरले आज प्रथम साधारणसभा सम्पन्न गरेको छ । प्रतिनिधिसभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले ओमकृष्ण बिमलीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व पनि चयन गरेको छ । बिर्तामोडमा भएको […]

विमानस्थलबाट एक किलो चारसय ग्राम अवैध सुन बरामद, तीनजना पक्राउ

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विमानस्थलबाट एक किलो चारसय ग्राम अवैध सुन बरामद, तीनजना पक्राउ.

काठमाडौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो चारसय ग्राम अवैध सुन बरामद भएको छ । सुनसहित तीनजना पक्राउ परेका छन् । त्रिभूवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले कतारबाट आएका व्यक्तिको साथबाट १४ सय ग्राम सुन बरामद गरेको हो। ‘कतारबाट आएको हिमालयन एयरलाइन्सको विमानमा आएका व्यक्तिलाई शंका लागेर कर्मचारीले खानतलासी गर्दा मसला कुट्ने खलमा लुकाएर ल्याएको १४ […]

आज यस्तो छ सुनको मुल्य

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on आज यस्तो छ सुनको मुल्य.

काठमाडौं । पछिल्ला दिनहरुमा लगातार घट्दै गएको सुन आच अचानक बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य बढेको हो । आइतबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य रु २०० बढेर ७१ हजार ७०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ७१ हजार ४०० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले […]

हाम्रो नेपालले कमायो ५६,८६,७७७ रुपैयाँ, अझ उत्कृष्ट बन्न वक्ताको शुभकामना

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on हाम्रो नेपालले कमायो ५६,८६,७७७ रुपैयाँ, अझ उत्कृष्ट बन्न वक्ताको शुभकामना.

बिर्तामोड । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीले सहकारीमा लिइने ब्याजमा १६ प्रतिशतको क्यापले प्राविधिक समस्या सिर्जना गरेकाले पुनरावलोकन गरिनुपर्ने आवश्यकता औंल्याएका छन् । देशैभरका सहकारी अभियन्ताहरु र विशेषगरी जिल्ला सहकारी संघहरुले संगठित भएर नै सरकारले तोकेको सन्दर्भ ब्याजको कुरा उठाउनु स्वाभाविक भएको पनि उनको भनाई छ । हाम्रो नेपाल बचत तथा ऋण सहकारी […]

सप्तकोशीले दियो सर्वसाधारणलाई वित्तीय साक्षरता तालिम

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on सप्तकोशीले दियो सर्वसाधारणलाई वित्तीय साक्षरता तालिम.

बिर्तामोड । सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड बिर्तामोड शाखाले बिर्तामोड ६ बुट्टाबारी क्षेत्रका किसानलाई लक्षित गरी शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिका वडा नंम्बर ६ को समन्वयमा सरस्वती मावि बुट्टाबारीमा आयोजित कार्यक्रममा सो वडामा सञ्चालित १७ वटा टोल विकास संस्थाका ९० जना कृषकहरुको सहभागिता रहेको थियो । बैंकका शाखा प्रबन्धक जीवनकुमार बुढाथोकीले […]

भदौ ३० देखि पूर्वाञ्चल इक्यान महोत्सव

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भदौ ३० देखि पूर्वाञ्चल इक्यान महोत्सव.

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चलले विराटनगर र बिर्तामोडमा २–२ दिनको शैक्षिक महोत्सव आयोजना गर्ने भएको छ । आज बिर्तामोडमा इक्यान पूर्वाञ्चलले पत्रकार सम्मेलन गरी आगामी भदौ ३० र ३१ गते विराटनगरको सेन्ट्रल मलमा तथा असोज १ र २ गते बिर्तामोडस्थित सिटी पार्टी प्यालेसमा महोत्सव आयोजना गरिने जानकारी दिएको हो । नेपाली विद्यार्थीहरुलाई […]