Sajhamanch Archive

विवादित कम्पनीलाई ७८ करोडको ठेक्का दिइँदै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on विवादित कम्पनीलाई ७८ करोडको ठेक्का दिइँदै.

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक प्रस्तावमा उल्लेख भएको रकम घटाउन लगाई मलेसियाको विवादित कम्पनीलाई ७८ करोडभन्दा बढी (७० लाख ६६ हजार ८ सय ८८ डलर) को आयोजना जिम्मा दिने निर्णय गरेको छ । प्राधिकरणले जडान गर्न लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) स्थापनाका लागि मलेसियन न्युमेरा सेन्ड्रियन बरहादसमेतको संयुक्त लगानी (जेभी)लाई सम्झौताका लागि आउन पत्राचार […]

१०० कम्पनीको नक्कली भ्याट बिल, साढे ७ अर्ब छली

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on १०० कम्पनीको नक्कली भ्याट बिल, साढे ७ अर्ब छली.

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ । ती कम्पनीबाट नक्कली बिल खरिद गर्ने झन्डै एक हजार कम्पनीको हिसाबकिताब जोड्दा कुल कर छली १५ अर्ब रुपैयाँ पुग्छ । २०६७ सालको नक्कली भ्याट बिल प्रकरणमा झन्डै साढे ६ […]

यसरी सकियो प्रधानमन्त्री मातहतको साढे ४ अर्ब बजेटः कहाँ कति ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on यसरी सकियो प्रधानमन्त्री मातहतको साढे ४ अर्ब बजेटः कहाँ कति ?.

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो र मातहतका निकायका नाममा बिनियोजित अर्बौँमध्ये अधिकांश बजेट कार्यालयको संस्थागत सुधार, तालिम प्रशिक्षण र प्रविधि विकास शीर्षकमा छुट्याएको छ । यिनै शीर्षकमा बर्सेनि अर्बौँ रुपैयाँ सकिने गरे पनि ठोस परिणाम देखिने गरेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र मातहतका १२ निकायका लागि राज्यले ४ अर्ब ६५ करोड ६९ लाख […]

आवास निर्माण नसकिँदासम्म प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि अपार्टमेन्ट भाडामा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on आवास निर्माण नसकिँदासम्म प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि अपार्टमेन्ट भाडामा.

काठमाडौं ।  काठमाडौं–सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् । आवास निर्माण नसकिँदासम्म प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सरकारले अपार्टमेन्ट भाडामा लिने भएको छ । खुमलटारस्थित डाउनटाउन अपार्टमेन्टमा १५ वटा फ्ल्याट लिने सम्झौता गरिसकेको सहरी […]

मन्त्री अर्यालको उत्तरः सहकारी सञ्चालन र व्यवस्थापनमा सुशासन सुरुवात

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on मन्त्री अर्यालको उत्तरः सहकारी सञ्चालन र व्यवस्थापनमा सुशासन सुरुवात.

बिर्तामोड । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी क्षेत्रको सञ्चालन र व्यवस्थापनमा सुशासनको अनुभूति हुनेगरी सुधारको शुरुआत गरिएको बताएकी छन् । आज प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको उत्तर दिँदै सहकारी मन्त्री अर्यालले समान उद्देश्यका लागि स्थापना भएका र समान प्रकृतिका सहकारीहरु बीचको एकीकरण प्रक्रिया सुरु गरिसकिएको बताइन् । यस्तै निक्षेप र […]

बिर्तामोडमा सहकारी बैंकको अन्तरक्रियाः दुई संस्था सम्मानित

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on बिर्तामोडमा सहकारी बैंकको अन्तरक्रियाः दुई संस्था सम्मानित.

झापा । राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाले आफ्ना सदस्य सहकारी संस्थाहरुसँग आज बिर्तामोडमा अन्तरक्रिया गरेको छ । बैंकका सञ्चालक तथा एक नम्बर प्रदेश इन्चार्ज महेन्द्रकुमार गिरीको अध्यक्षतामा आयोजित अन्तरक्रियामा बैंकको परिचय, लक्ष्य, उद्देश्य तथा वित्तीय कारोबार बारे बिर्तामोड शाखा प्रमुख मुना घिमिरेले प्रस्तुति गरेकी थिइन् । मुलुकभरका १० हजार ९०७ वटा सहकारी संघ–संस्था शेयर सदस्य […]

आज सुनको मुल्य इतिहासकै उच्च: किन बढ्दैछ दैनिक एक हजार रुपैयाँले

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on आज सुनको मुल्य इतिहासकै उच्च: किन बढ्दैछ दैनिक एक हजार रुपैयाँले.

काठमाडौ । साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार ६४ हजार रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज पनि एक हजार रुपैयाँले बढेर ६५ हजार रुपैयाँमा कारोबार भएको छ। हिजोपनि १ हजार बढेको सुन आजपनि १ हजार रुपैयाँ नै बढेको हो । दैनिक हजार बढेपछि बजारमा […]

पशुपतिको मूल ढुकुटीमा के छ ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on पशुपतिको मूल ढुकुटीमा के छ ?.

काठमाडौं। ‘पशुपतिको मूल ढुकुटी खोल्नुपर्‍यो। यसलाई बन्द गरी राख्नुभएन’, सांसद खिमलाल भट्टराईले भने, ‘यसभित्र के छ रु भएको सम्पत्ति सबै खरानी भयो कि बाँकी छ रु हेरांै त ।’ राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा बिहीबार उनले राजनीतिक सहमति गरेर वा कानुनै बनाउनुपर्ने भए बनाएर पनि मूल ढुकुटी खोल्नुपर्ने बताए । उनी राष्ट्रियसभामा सत्तारुढ […]

दश महिनाको राजस्व नौ महिनामै पूरा, लक्ष्यको तुलनामा २३ लाख रुपैयाँ बढी राजस्व संकलन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on दश महिनाको राजस्व नौ महिनामै पूरा, लक्ष्यको तुलनामा २३ लाख रुपैयाँ बढी राजस्व संकलन.

झापा । सिमित स्रोत, साधन र जनशक्तिका बावजुत पनि भद्रपुर भन्सार कार्यालय झापाले १० महिनाको लक्षित राजस्व भन्दा बढी नौ महिनामै पुरा गरेको छ । यस अघि मेची भन्सार कार्यालय काँकरभिट्टा अन्तर्गत छोटी भन्सारको रुपमा रहेको भद्रपुर भन्सार कार्यालय ९ महिना अघिमात्र मुख्य भन्सार कार्यालयको रुपमा स्थापित भएको हो । २०७५ भदौ १९ गते अर्थमन्त्री […]

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच.

काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला पक्राउ परेका छन् । पाटन क्याम्पसमा अर्थशास्त्रमा विषयमा अध्ययनरत कोइराला र कर्माचार्यबीच गोल्ड मेडलका लागि पाँच लाख रुपैयाँ लेनदेनमा डिल भएको थियो । […]