बुधबारे । कामना सेवा विकास बैंकले झापाको बुद्धशान्ति स्थित बुधबारे बजारमा बिहिवार आफ्नो ८९औं शाखा विस्तार गरेको छ । बैंकका संचालक बिश्वेश्वर सुवेदी, सीईओ प्रविन बस्नेत, बैंकका प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राई, झापा उद्योग बाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिका अध्यक्ष रुद्रप्रसाद चापागाईं, बुधबारे शाखा प्रमुख सुर्भन श्रेष्ठ लगायतको उपस्थितिमा शाखाको कारोबार शुभारम्भ गरिएको […]
इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित बिहीबार बिहान रङ्गेहात पक्राउ गरेको छ । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगका प्रमुख महेश आचार्यले जानकारी […]
मौरी किसानले ३८ लाख रुपैयाँका सामग्री अनुदानमा वितरण शिवसताक्षी । सतासी महिला मौरीपालन सहकारी संस्था, दूधेका मौरीपालक किसानले यो वर्ष ६० टन मह उत्पादन गरेका छन् । गतवर्षसम्म २० टनभन्दा धेरै मह उत्पादन नगरेका मौरी किसानले यो वर्ष तीन गुणभन्दा बढी उत्पादन गरेको संस्थाद्वारा आज आयोजित कार्यक्रममा जानकारी दिइएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा सिभिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ । प्रत्येक स्थानीय तहमा आफ्ना शाखा विस्तार गर्ने क्रममा बैंकले ७९ औं शाखा शिवसताक्षीको दूधेमा विस्तार गरेको हो । मंगलबार एक कार्यक्रमका बीच शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले बैंकको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा मेयर शेर्माले बैंकले यहाँका स्थानीयलाई सर्वसुलभ तरिकाले सेवा प्रवाह […]
कनकाई । कनकाई नगरपालिका वडा नं. ६ चम्पापुरका पशु किसान आफ्ना घरपालुवा पशु रोगी बनेपछि दिक्क थिए । गाई, भैँसी, बाख्रा, इत्यादिमा नाम्ले, जुका, किर्नाको समस्या भएपछि उनीहरु चिन्तित भएका थिए । तर, ग्रामीण क्षेत्रका पशुपालक कृषकलाई लक्षित गर्दै सहारा नेपाल साकोसले सञ्चालन गरेको पशु स्वास्थ्य शिविरबाट उनीहरुले आज लाभ पाएका छन् । स्थानीय तहको […]
कमल । कमल गाउँपालिकामा अब कोही पनि बेरोजगार बस्न नपर्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले दावी गरेकी छन् । कमल गाउँपालिकाको वित्तीय सहयोगमा नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तीन महिने मोटरसाइकल मर्मत तालिम समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिका अध्यक्ष काफ्लेले यस्तो बताएकी हुन् । ‘गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको थालनी भइसकेकोले अब आफ्नो […]
काठमाडौं ।स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु भएको छ । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ । फूको आँखामा फूरै संसार गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट करीब १८ करोड ३१ लाख ४३ हजार ३४० रुपैयाँ […]
बिर्तामोड । आजदेखि बिर्तामोडमा पूर्वका चारवटा जिल्लाका दुई दर्जनभन्दा बढी सहकारीको प्रतिनिधित्व रहेको ६ दिने आधारभूत लेखापालन तालिम सुरु गरिएको छ । सहकारी प्रशिक्षालय प्रदेश १ इनरुवाको आयोजनामा झापा, इलाम, पाँचथर र ताप्लेजुङ्गका सहकारीकर्मीलाई तालिम दिन थालिएको हो । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको छ । तालिम उद्घाटन […]
काठमाडौं । भारत सरकारले गोरखा र नुवाकोटमा भूकम्प पश्चात्को निजी आवास पुनर्निर्माणका लागि सहयोग गरेको छ । भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई १ अर्ब ६० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम भूकम्पपछि भारतले घोषणा गरेको सहयोगको एक हिस्सा हो । भारतले निजी आवास, अस्पताल, विद्यालय, ऐतिहासिक सम्पदा र अन्य […]
काठमाडौं । सरकारले आगामी आथिएक वर्षको बजेट सार्वजनिक गरेसँगै बजारमा अधिकांश सामानको मूल्य बढेको छ । बजेटमा करका दर बढेसँगै बजारमा व्यवसायीले दैनिक उपभोग्य वस्तुमा मनपरी ढंगले मूल्य बढाएका हुन् । विशेष गरी हरियो तरकारी, चामल, तेल, चिनी, दाललगायतका वस्तुमा मूल्य बढेको छ । व्यवसायीले पसलैपिच्छे फरक र मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् । […]