बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाका व्यवसायी महिलाहरुको भेलाले आज नेपाल महिला चेम्बर अफ कमर्श बुद्धशान्ति गठन गरिएको छ । समितिको अध्यक्षमा देवकुमारी मगर (शेर्मा) सर्वसम्मत चयन भएकी छन् । समितिको वरिष्ठ उपाध्यक्षमा कमला प्रधान, वाणिज्य उपाध्यक्षमा हिमा खतिवडा, उद्योग उपाध्यक्षमा चन्द्रा न्यौपाने चयन भएका छन् । त्यस्तै महासचिवमा नर्वदा चापागाईं बाँस्कोटा चयन भएकी छन् । उद्योग […]
बिर्तामोड । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिर्तामोड क्षेत्रीय कार्यालयले आफ्नो १२औं स्थापना दिवसको अवसरमा आज खुल्ला रक्तदान सम्पन्न गरेको छ । कम्पनीका बिर्तामोड क्षेत्रीय कार्यालय प्रमुख गिरीधर श्रेष्ठले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरिएको हो । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको एजेन्सी म्यानेजर दिपिका नेपालले जानकारी […]
काठमाडौं।सरकारले आगामी आर्थिक बर्षको बजेटमा करयोग्य सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने नीति लिएको छ । सधैजस्तै यस बर्षको बजेटमा मदिरा, चुरोट र अन्य सूर्तिजन्य पदार्थको भन्सार र अन्तःशुल्कमा वृद्धि गरिएको छ । यससँगै यी पदार्थको बजार मूल्य पनि बढ्नेछ । देश आत्मनिर्भर भएका वस्तुहरु जस्तै चिया, कफी, दुग्ध पदार्थ, घ्यू, कुखुराको मासु, केराउ, बदाम, […]
काठमाडौंँ। समाजवादउन्मुख अर्थतन्त्रको आधारशीला निर्माण गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक बर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा चालु आवको संशोधित बजेटको तुलनामा तीन खर्ब २५ अर्ब ८१ करोड रुपियाँ बढीको बजेट प्रस्तुत गरेका हुन् […]
काठमाडौं। संघीयताको मर्मविपरीत सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि ६ करोड रुपियाँ दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा पेस गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई ६ करोड दिने उल्लेख छ । आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय विकास साझेदार कार्यक्रमअन्तर्गत हरेक निर्वाचन क्षेत्र ६ करोड रुपियाँका दरले […]
काठमाडौं । बजेटले आयकरको दर वृद्धि गरेको छैन । बरु आयकर छुट हुने सीमा वृद्धि गरिएको छ । अब अविवाहितले चार लाखसम्म र विवाहिले चार लाख ५० हजारसम्मको आम्दानीमा कर तिर्नुपर्दैन । यसअघि अविवाहितले तीन लाख ५० हजार र विवाहितले चार लाखसम्मको आम्दानी कर तिर्नुपदैनथ्यो । नयाँ पत्रिका दैनिकबाट।
विर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच आज बुधबार बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र महालक्ष्मी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले आज (बुधबार) बैंकास्योरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ग्राहकहरुले एक्सेल बैंकका ५ जिल्लामा रहेको विभिन्न ३३ शाखाहरुबाट महालक्ष्मी लाइफको जीवन बिमा गर्नुका साथै […]
अर्जुनधारा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले झापाको अर्जुनधारा नगरपालिका वडा नं. ८ स्थित शनिश्चरे बजारमा आजदेखि एनएमसी सहकारी पसल औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले एनएमसी सहकारी पसलको ढोकामा लगाइएको रिबन काटेर उद्घाटन गरिदिएका हुन् । कोअप सप सञ्चालन समितिका संयोजक तथा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा आयोजित सहकारी पसल […]
काठमाडाैँ । सरकारले कर्मचारीहरुको पनि तलव बढाएको छ । आउँदो साउन १ गतेदेखि लागू हुने गरि सरकारी कर्मचारीहरुको तलब बढेको हो । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राजपत्राङ्कित कर्मचारीको १८ प्रतिशत र राजपत्र अनाङ्कित कर्मचारीको २० प्रतिशत तलब बडाएको बताएका हुन् । वृद्धि भएको तलब प्रतिशतलाई आधार […]
विराटनगर । आर्थिक वर्ष २०७६/७७को बजेट महत्वकांक्षी भएपनि उद्योग तथा व्यबसाय क्षेत्रको लागि भने सकरात्मक रहेको सरोकारवालाहरुले बताएका छन् । बजेट वक्तव्य लगत्तै मोरङ व्यापार संघमा संक्षिप्त प्रतिकृया दिदै उद्योगीहरुले यस्तो बताएका हुन् । नेपालमै उत्पादन हुने बस्तु आयातमा थप कर, कच्चा पदार्थमा भन्दा निर्मित सामाग्रीमा कर बढि लगायतका कारणले उद्योग व्यबसाय प्रर्वद्धनमा सहयोग पुग्ने […]