Sajhamanch Archive

‘डिजिटलाइज’ बन्दै ‘एनएमसी को–अप’

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ‘डिजिटलाइज’ बन्दै ‘एनएमसी को–अप’.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले आजदेखि ‘एनएमसी स्मार्ट’ नामको ‘मोवाइल एप्लीकेसन’ प्रयोगमा ल्याएको छ । एनएमसीका ६२ हजारभन्दा बढी सदस्यहरुलाई विद्युतीय भुक्तानीका साथै आधारभूत बैंकिङ सुविधा जुनसुकै समयमा देशैभरबाट प्राप्त गर्न मिल्ने विशेषताका साथ ‘एनएमसी स्मार्ट’ कार्यान्वयनमा ल्याइएको अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए । बिर्तामोडमा आयोजित ‘मोवाइल एप्लीकेसन लञ्चिङ’ तथा अन्तरक्रिया […]

अर्जुनधारा नगरपालिका र पूर्वार्ध डेरीबीच दूध उत्पादन तथा खरिद बिक्री सम्बन्धी सम्झौता

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, स्थानीय तह by . Leave a Comment on अर्जुनधारा नगरपालिका र पूर्वार्ध डेरीबीच दूध उत्पादन तथा खरिद बिक्री सम्बन्धी सम्झौता.

अर्जुनधारा । पूर्वार्ध कृषि सहकारी संस्था र अर्जुनधारा नगरपालिकाका बीच दूध उत्पादन तथा खरिद बिक्री सम्बन्धी आज ९ बुँदे सम्झौता भएको छ । अर्जुनधारा नगरपालिकाको पशु पकेट प्याकेज कार्यक्रम समूहमा उत्पादित दूध खरिद गर्ने कार्यका लागि पूर्वार्ध कृषि सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगसँग शुक्रबार सम्झौता गरिएको हो । उक्त सम्झौतामा अर्जुनधारा नगरपालिकाद्वारा सञ्चालित पशु […]

झापाका अधिकांश नाका तस्करी मैत्री, राजश्व संकलनमा कमी

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापाका अधिकांश नाका तस्करी मैत्री, राजश्व संकलनमा कमी.

भद्रपुर । झापा सदरमुकाम दक्षिणका अधिकांश नाका तस्करमैत्री बन्दै जाँदा भन्सार राजश्व संकलन कमजोर बन्दै गइरहेको छ । सीमामा हुने चोरी तस्करी नियन्त्रण गर्ने प्रहरी प्रशासनकै मिलेमतोमा तस्करीको वातावरण बन्दा भद्रपुर भन्सारको राजश्व संकलन गिरावट हुँने क्रम बढ्दै गइरहेको छ । यस भन्सारबाट लत्ताकपडा, मेसिनरी पार्टपूर्जा, किटनासक औषधी लगायतका सामग्री आउने भए पनि प्रहरी प्रशासनले […]

आदिवासी महोत्सवको आकर्षणमा जातीय पहिचानका खाद्यवस्तु तथा भेषभुषा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आदिवासी महोत्सवको आकर्षणमा जातीय पहिचानका खाद्यवस्तु तथा भेषभुषा.

भद्रपुर । आदिवासी जनजाति महासंघ भद्रपुरले जातीय संस्कृतिको संरक्षण गर्दै ऐतिहासिक नगर भद्रपुरको व्यापारिक चहलपहलको वातावरण निर्माण गर्ने लक्ष्यसहित महोत्सव सुरू गरेको छ । प्रथम भद्रपुर आदिवासी साँस्कृतिक महोत्सव २०७५ नाम दिएर आयोजना गरेको महोत्सव वैशाख ५ गतेसम्म सञ्चालन हुनेगरी सुरू गरेको हो । महोत्सवको अवसरमा विविध जातीय पहिचानसहित साँस्कृतिक कार्यक्रम तथा मिस एण्ड मिस्टर […]

झापामा ६२औं सहकारी दिवस सभ्य र भब्य

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on झापामा ६२औं सहकारी दिवस सभ्य र भब्य.

शिवसताक्षी । झापाको सहकारी अभियानका १०औं हजार अभियन्ताको उपस्थितिका बीच आज ६२औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । शिवसताक्षीको दूधेमा विभिन्न सहकारी संस्थाहरुले निकालेको र्याली पछि भएको सहकारी दिवस समारोहको समुद्घाटन १ नम्बर प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेलले गरेकी थिइन् । समारोहको समुद्घाटन पछि मन्तब्य राख्दै प्रदेश १ का उपसभामुख पोखरेलले महिला सशक्तिकरणको लागि सहकारी अभियान […]

निर्माण व्यवसायी संघ झापाद्वारा व्यवसायीहरु सम्मानित

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निर्माण व्यवसायी संघ झापाद्वारा व्यवसायीहरु सम्मानित.

बिर्तामोड । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धिरेन्द्रकुमार दाहालले सरकारले निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताएका छन् । निर्माण व्यवसायी महासंघको बैठकले ५ करोड रुपैयाँसम्मको ठेक्काको बोलपत्र अर्को जिल्लामा नदिने र त्यही जिल्लाकै निर्माण व्यवसायीहरुले मात्र ठेक्का हाल्न पाउने निर्णय गरिएको बताउँदै उक्त निर्णय कार्यान्वयन गर्न सम्पूर्ण निर्माण व्यवसायीलाई आग्रहसमेत गरे […]

‘भर्जिन ल्याण्ड’ हो, मौका छोप्नुस्, लगानी गर्नुस् : प्रधानमन्त्री ओली

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘भर्जिन ल्याण्ड’ हो, मौका छोप्नुस्, लगानी गर्नुस् : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौंमा नेपाल लगानी सम्मेलनको समुद्घाटन गरेका छन् । नेपाल सरकारले लगानी सम्मेलनमार्फत विश्वलाई नयाँ नेपाल निर्माणको सन्देश दिन चाहेको छ । यहाँको प्राकृतिक स्रोत साधन र उद्योग धन्दाका लागि अहिले उपयुक्त वातावरण रहेकाले नेपालमा विदेशी लगानीकर्ता आकर्षित हुने अपेक्षाका साथ लगानी सम्मेलन आयोजना गरिएको हो। लगानी सम्मेलनमा उद्घाटन […]

नेपाल महिला चेम्बर झापा शाखा गठन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाल महिला चेम्बर झापा शाखा गठन.

बिर्तामोड । नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल महिला चेम्बरको झापा शाखा आज गठन भएको छ । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा आयोजित अन्तरक्रियासहितको भेलाले प्रेमा भट्टराइको अध्यक्षतामा नेपाल महिला चेम्बर झापा जिल्ला तदर्थ समिति गठन गरेको हो । नेपाल महिला चेम्बर झापाको वरिष्ठ उपाध्यक्षमा रेनुका डाँगी, वाणिज्य उपाध्यक्षमा निरु उप्रेती, […]

बाह्रदशी उद्योग वाणिज्य संघको गठन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on बाह्रदशी उद्योग वाणिज्य संघको गठन.

बाह्रदशी । झापाको बाह्रदशीस्थित राजगढ बजारका ब्यवसायीहरुले बाह्रदशी उद्योग वाणिज्य संघको स्थापना गरेका छन् । संघको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्र खड्काले गाउँ–गाउँमा ब्यवसायीको हक हितका लागि यस्ता वाणिज्य संघ खोलिनु व्यवसायीका लागि सुखद कुरा भएको बताए । बाह्रदशीका व्यवसायीहरु एक भएर अघि बढ्नुले देशभरका ब्यवसायीहरुलाई पनि एक भएर […]

मेचीनगरका व्यवसायी संगठित

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on मेचीनगरका व्यवसायी संगठित.

मेचीनगर । मेचीनगरमा देखिएका विभिन्न विकृतिविसंगति नियन्त्रण र नगरलाई सुन्दर सफा हराभरा उदाहरणीय र स्वच्छ बनाउन नगरका सवै व्यवसायीहरु संगठित भएका छन् । नगरका होटल, यातायात, ट्राभललगयात अन्य व्यवसायीहरुको काँकरभिट्टामा सम्पन्न भेलाले आफ्नो पेशालाई मर्यादित अनुशासीत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेश थापा तथा […]