Sajhamanch Archive

कनकाईका ३२ युवालाई कारितासको स्वरोजगार तालिम

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कनकाईका ३२ युवालाई कारितासको स्वरोजगार तालिम.

कनकाई । कारितास नेपालको आयोजना तथा कनकाई नगरपालिकाको समन्वयमा कनकाई नगरपालिका क्षेत्रभित्रका ३२ जना युवा युवतीका लागि स्वरोजगारमुलक तालिम सम्पन भएको छ । कारितास जापानको आर्थिक सहयोग रहेको उक्त तालिममा झापा प्राविधिक शिक्षालयले झोला बनाउने, कुक र विद्युतीय मोटर बनाउने तालिम प्रदान गरिएको हो । जसमा झोला बनाउने तालिम २ महिने रहेको छ भने बाँकी […]

वाणिज्य बैंकहरूमा साउन पहिलो सातामै घट्यो ६४ अर्ब निक्षेप

Published: in अर्थतन्त्र by . Leave a Comment on वाणिज्य बैंकहरूमा साउन पहिलो सातामै घट्यो ६४ अर्ब निक्षेप.

काठमाडौँ । चालु आर्थिक वर्ष ९आव० २०७९र०८० को साउन पहिलो सातामै वाणिज्य बैंकहरूको ६४ अर्ब रुपैयाँ निक्षेप घटेको छ । असार ३२ गते वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा साउन ६ गतेसम्म घटेर ४४ खर्ब ७८ अर्ब कायम भएको हो । नेपाल बैंकर्स संघका अनुसार एक साताको अवधिमा कर्जा प्रवाह पनि १० अर्ब […]

आज मौद्रिक नीति आउँदैः दबाबमा गभर्नर

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on आज मौद्रिक नीति आउँदैः दबाबमा गभर्नर.

काठमाडौं । राजनीतिक र आर्थिक दबाबका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति आज शुक्रबार ल्याउँदै छन् । गत आर्थिक वर्षको असार मसान्तमै मौद्रिक नीति ल्याउने तयारी गरिसकेका गभर्नरले एक साता ढिलाई गरेर शुक्रबार सार्वजनिक गर्ने तयारी गरेका हुन् । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिलाई अन्तिम रूप दिन आज बिहान सञ्चालक […]

धनी पूर्जा वितरणमा समन्वय र सहयोगका लागि पालिका सरकारसँग राष्ट्रिय भूमि आयोग झापाको आग्रह

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on धनी पूर्जा वितरणमा समन्वय र सहयोगका लागि पालिका सरकारसँग राष्ट्रिय भूमि आयोग झापाको आग्रह.

बिर्तामोड । राष्ट्रिय भूमि आयोग झापाले जिल्लाका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरणमा समन्वय र सहयोग गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ । आयोगले जग्गाधनी प्रमाण पूर्जा वितरणको कामलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन विशेषगरी स्थानीय सरकार र राजनीतिक दललाई समन्वय र सहयोगका लागि आग्रह गरेको हो । आयोगका अनुसार जिल्लामा […]

पेट्रोलियम पदार्थको मूल्य आइओसीले घटायो तर नेपालमा नघट्ने !

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्य आइओसीले घटायो तर नेपालमा नघट्ने !.

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । निगमका अनुसार शनिबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको हो । भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपाली उपभोक्तालाई भने तत्काल […]

विभिन्न १० वस्तुको आयातमा भदौ १४ सम्म पूर्ण रोक

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on विभिन्न १० वस्तुको आयातमा भदौ १४ सम्म पूर्ण रोक.

काठमाडौं । सरकारले विलासिताका वस्तुको आयातमा झनै कडाइ गरेको छ । विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा विभिन्न १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बन्देज लगाइएका वस्तुमा झनै कडाइ गर्दै त्यसलाई आगामी भदौ १४ सम्म निरन्तरता दिने निर्णय सरकारले गरेको हो । यसअघि […]

विश्व बैंकद्वारा नेपालको लागि झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत

Published: in अर्थतन्त्र by . Leave a Comment on विश्व बैंकद्वारा नेपालको लागि झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत.

काठमाण्डौ । विश्व बैंकले नेपालको लागि १ सय मिलियन डलर अर्थात झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले नेपालको हरियाली, जलवायु उत्थानशील कार्यक्रम र समावेशी विकासको लागि १२ अर्ब ७६ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो । नेपालमा कोरोना महामारीपछिको अवस्थालाई मध्यनजर गरेर विश्व बैंकले प्राथमिकताकासाथ […]

शेयर बजार झन्डै ८ अङ्कले बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on शेयर बजार झन्डै ८ अङ्कले बढ्यो.

काठमाण्डौ । शेयर बजार आज शुक्रवार झन्डै ८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ९३ अङ्कले बढेर २ हजार ९ दशमलव ४६ अङ्कमा पुगेको छ । आज बैकिङ, विकास बैंक, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर बढेको छ । २ सय ३१ कम्पनीका ४० लाख ५१ हजार कित्ता […]

डलरको मूल्यमा नयाँ रेकर्ड

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on डलरको मूल्यमा नयाँ रेकर्ड.

काठमाडौं । अमेरिकी डलरको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबार असार ३१ गते (१५ जुलाई २०२२) मा डलरको मूलय पुनः नयाँ उचाइमा पुगेको हो । शुक्रबारको लागि १ अमेरिकी डलरको १२८ रुपैयाँ ११ पैसा पुगेको नेपाल राष्ट्र बैैंकले जनाएको छ । यस्तै खरिद मूल्य १२७ रुपैयाँ ५१ पैसा रहेको छ । अमेरिकी […]

पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बैठक बस्दै

Published: in अर्थतन्त्र by . Leave a Comment on पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बैठक बस्दै.

काठमाण्डौ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज बस्दैछ । आजको बैठकमा अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने तालिका रहेको छ । सुरुमा समितिको बैठक बसेर मन्त्रालयबाट आएको कागजात तथा विवरणको अध्ययन गर्ने र १२ बजे अर्थसचिव र राजस्व सचिवसँग छलफल गर्ने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी […]