Sajhamanch Archive

भन्सार छुट दिएका वस्तुको निर्यात बढ्दै

Published: in अर्थतन्त्र by . Leave a Comment on भन्सार छुट दिएका वस्तुको निर्यात बढ्दै.

झापा । अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो ३ वर्षदेखि भन्सार छुट पाएका वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ । सुरुमा निर्यात बढेर बीचमा कमी आए पनि पछिल्लो ३ […]

बीगमार्टमा स्मार्ट क्यूआरमार्फत स्क्यान गर्दा २५०० सम्मको छुट

Published: in अर्थतन्त्र by . Leave a Comment on बीगमार्टमा स्मार्ट क्यूआरमार्फत स्क्यान गर्दा २५०० सम्मको छुट.

काठमाडौं । आइएमई पे र एससीटीद्वारा संचालित स्मार्ट क्यूआरवीच साझेदारी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट (अधिकतम रू. ३०० सम्म) पाउन सकिनेछ । डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे […]

काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तु निर्यातभन्दा बढी आयात

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तु निर्यातभन्दा बढी आयात.

झापा । पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात बढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु ८ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने रु ७ अर्ब ४१ करोड ८९ लाख ३ हजार बराबरको वस्तुको निर्यात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ […]

मौद्रिक नीतिमा ब्याजदर बढ्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on मौद्रिक नीतिमा ब्याजदर बढ्ने.

झापा । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको दबाबलाई निकास दिने तथा ब्याजदर बढ्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ। सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेका कारण यसको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरू प्रयोग गरेर […]

पेट्रोलियम पदार्थमा आज रातिदेखि फेरि मूल्यवृद्धि

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on पेट्रोलियम पदार्थमा आज रातिदेखि फेरि मूल्यवृद्धि.

झापा । नेपाल आयल निगमले भरे रातिदेखि लागूहुने गरी फेरि मूल्यवृद्धि गरेको छ । पेट्रोलियम पदार्थ अन्तरगत पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक तर्फको हवाइ इन्धनको निगमले मूल्यवृद्धि गरेको हो । आज सोमबार साँझ आयल निगमले विज्ञप्ति प्रकाशन गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिक तर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ […]

डाँफे सामुदायिक साकोस १६ वर्षमाः स्थापना दिवसमा ३८ सेयर सदस्य पुरस्कृत

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on डाँफे सामुदायिक साकोस १६ वर्षमाः स्थापना दिवसमा ३८ सेयर सदस्य पुरस्कृत.

दमक । यहाँस्थित डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं स्थापना दिवस आज असार २० गते सोमबार विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यमा भएको स्थापना दिवस समारोहमा संस्थाले विभिन्न विधामा ३८ जना सेयर सदस्यहरुलाई पुरस्कार प्रदान गरेको छ । संस्था स्थापना […]

वनस्पति घ्यू र तेलको निकासी अत्यधिक घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on वनस्पति घ्यू र तेलको निकासी अत्यधिक घट्यो.

झापा । चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्यधिक घटेको छ। आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको भटमासको तेल, पाम आयल र सनफ्लावर आयलको निकासी ११ औँ महिना जेठमा भने न्यून मात्र रहेको तथ्याङ्क छ। भारतले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपश्चात् […]

शिवसताक्षीको जनता बजारमा माछापुछ्रे बैंकको शाखा रहित सेवा विस्तार

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on शिवसताक्षीको जनता बजारमा माछापुछ्रे बैंकको शाखा रहित सेवा विस्तार.

शिवसताक्षी। शिवसताक्षीको दक्षिणी भेगलाई मध्यनजर गर्दै वडा नं. ४ जनता बजारमा माछापुछ्रे बैंकले सेवा विस्तार गरेको छ । शिवसताक्षीको शिवगञ्ज भन्दा दक्षिण क्षेत्रमा कुनै पनि बैंक नभएका अवस्थामा माछापुछ्रे बैंकले शाखारहित सेवा विस्तार गरेको हो । आइतवार झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँबा लिम्बुले बैंकको १६७ औ शाखा रहित उक्त सेवा केन्द्रको उदघाटन […]

प्रदेश १ को बजेट पारित

Published: in अर्थतन्त्र by . Leave a Comment on प्रदेश १ को बजेट पारित.

बिर्तामोड । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७९–२०८० का लागि ल्याएको बजेट पारित भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकबाट बहुमतले बजेट पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको बजेट ल्याएको छ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको शनिबार मुख्यमन्त्री राजेन्द्र राईसहित […]

कर्णाली साकोसले कृषि तथा पशुपालन प्रवर्धनमा वडाहरुसँग सहकार्य गर्ने

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी, स्थानीय तह by . Leave a Comment on कर्णाली साकोसले कृषि तथा पशुपालन प्रवर्धनमा वडाहरुसँग सहकार्य गर्ने.

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका पालिका र वडा कार्यालयहरुसँग कृषि तथा पशुपालन प्रवद्र्धनमा छलफल गरी साझेदारी गर्न इच्छा ब्यक्त गरेको छ । पशुपालनका निम्ति गोठ व्यवस्थापनमा लगानी गर्दै प्राथमिक उपचार, घाँस तथा दाना उत्पादनमा तालिम दिन वडा कार्यालयहरुले चाहना ब्यक्त गरेकाले कर्णालीले पनि कृषि तथा पशुपालनमा सेवा वृद्धि गर्ने […]