काठमाण्डौ । बिजुलीको भाउ महँगो भएपछि भारतबाट बिजुली खरिद गर्न समस्या भएको छ । प्रतिस्पर्धी मूल्यमा नेपालले इन्डियन इनर्जी एक्सचेन्ज आईईएक्स मार्फत बिजुली खरिद गर्दै आएकोमा भाउ बढेपछि हिजो मङ्गलवारदेखि आयात बन्द भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । नेपालले भारतबाट बोलकबोल गरेर बिजुली खरिद गर्दै आएकोमा हिजो कबोल गरेको मूल्यमा बिजुली […]
झापा । सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक लाख ३ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य तोलाम ९९ हजार ८ सय रुपैया कायम भएको […]
पोखरा, राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ९३ प्रतिशत पूरा भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाका प्रमुख विनेश मुनकर्मीले भने , ‘‘वैशाखमा उडान परीक्षण गर्ने लक्ष्य छ । असारमा हस्तान्तरण गर्नेगरी काम अगाडि बढेको छ ।’’ अन्तर्राष्ट्रिय उड्डयन संस्था आइकाओको मापदण्डभित्र रहेर फोरडी मोडलमा निर्माण भइरहेको यो क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो […]
सुनसरी, चार हेक्टर जमीनमा तरकारी र फलफूल खेती गर्न आवश्यक लगानी नपुगेपछि सुनसरीको गढी– ३ छिटाहाका अगुवा कृषक भुवनेश्वर यादवले कृषि कर्जा लिने योजना बनाए । सोही योजनाअनुसार उनी आफ्नै गाउँनजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकमा कर्जाका लागि गए । ‘तरकारी र फलफूल खेतीलाई आधुनिकीकरण गर्न १ करोड रुपैयाँ कर्जा लिन खोजेको थिएँ,’ उनले भने, ‘तर, […]
काठमाडौं । सरकारले दूरसञ्चार सेवालाई अत्यावश्यक सेवाको सूचीमा राखेको भएपनि यसमा लगाइने कर भने अत्यधिक भएको भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा आयोजित नेपालमा डेटा/इन्टरनेट शुल्क न्यूनीकरणका अवरोध विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले अत्यधिक कर पनि मूल्य न्यूनीकरणको लागि अवरोधक भएको विचार व्यक्त गरे । अन्तर्क्रिया कार्यक्रममा बोल्दै दूरसञ्चार सेवा […]
चितवन, चितवनको भरतपुर महानगरले ब्यावसायको प्रयोजनका लागि राखिएको बोर्डको कर नलिने भएको छ । केहि दिन अगाडी भरतपुर महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै महानगर भित्र व्यवसाय गर्ने व्यवसायी, उद्योगी तथा विज्ञापन एजेन्सीहरुलाई लक्षित गर्दै विज्ञापन कर उठाउन कुनै एक प्राइभेट कम्पनीलाई ठेक्का दिएको जनाएको थियो । उक्त विज्ञप्ति पश्चात् यस नगरका व्यवसायीहरु महानगरको यो कदम […]
काठमाडौं– ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आज (चैत ८ गते) देखि निष्कासन हुँदै छ। कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो। निष्कासन गरिएको कुल सेयरमध्ये ९३ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिनेछ।सर्वसाधारणले […]
काठमाडौ, सेयरबजारमा आज हरियाली छाए पनि कारोबार भने बढ्न सकेको छैन्। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १७.९९ अंकले र सेन्सिटिभ सूचक १.८८ अंकले बढेको हो। आज २ सय ३१ वटा सेयर कारोबारमा सामेल भए पनि ५१ लाख ८९ हजार कित्ता सेयर मात्रै बिक्री भएको छ। दिनभरिमा ३७ हजार ९ सय ३९ पटकको खरिदबिक्रीपछि […]
काठमाडौ, चालू आर्थिक वर्षको आठ महिनामा नेपालको आयात, निर्यात तथा व्यापारघाटा बढेको छ। भन्सार विभागको ताजा तथ्यांकअनुसार आयात ३८.६४ प्रतिशत, निर्यात ८२.९० प्रतिशत र व्यापार घाटा ३४.५० प्रतिशतले बढेको देखिएको हो। विभागका अनुसार आठ महिनामा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँको वस्तु आयात गरी नेपालले १ खर्ब ४७ अर्ब ७४ […]
काठमाडौ, साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचकमा १४.६७ अंकले घटेर २ हजार ६१६.५८ बिन्दूमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले गिरावट आएको छ । आइतबार कारोबारमा आएका २२४ कम्पनीको […]