काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । ३,३२८ वटा नमुना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । आज ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १,९८२ पुगेको छ । आज ३६ हजार ३४८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या […]
काठमाडौँ । कोरोना संक्रमितको संख्या निरन्तर बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ४५७ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। २ दिनमै संक्रमितको संख्या दोब्बर देखिएको छ । आइतबार संक्रमितको संख्या जम्मा १३५ रहेको थियो । साथै मृत्यु संख्या पनि थपिन थालेको छ । ४ महिनापछि आइतबार एक जनाको कोरोनाबाट मृत्यु भएको […]
विराटनगर । सरकारबाट भुक्तानी नपाएको भन्दै प्रदेश १ का तीन ठूला अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका छन् । साउन १ गते रातिबाट विराटनगरको नोबेल मेडिकल कलेज, मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज र विर्तामोडको बि एण्ड सी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगतका सेवा बन्द गरेका हुन् । तीन वटै अस्पतालले बिमा कार्यक्रम बन्द गरेको […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो । जसमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ […]
विराटनगर । जिल्ला कारागार मोरङ भित्र कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विराटनगर– ८ मा रहेको मोरङ जिल्ला कारागार भित्र रहेका ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । कारागार भित्र रहेका अन्य कैदीबन्दीमा पनि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको कारागार स्रोतले बताएको छ । कारागार भित्र संक्रमण फैलिएको […]
बुद्धशान्ति । यहाँको वडा नं. १ मा नवस्थापित आधारभूत स्वास्थ्य केन्द्रको भवनको आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष प्रसाईले बुद्धशान्ति १ का सम्पूर्ण वडाबासीलाई सो स्वास्थ्य केन्द्रमा आएर स्वास्थ्य सेवा लिन अनुरोध गरेका छन् । […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताल संघले आज स्थापनाको २५औं वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रको आयोजना गरी रजत वर्ष समापन गरेको छ । अस्पताल परिसरमा आयोजना गरिएको रजत वर्ष समापन समारोहमा चारजना संस्थापकहरु र दाता संस्थाका एकजनालाई विशेष सम्मान गरिएको छ भने दर्जनौं चिकित्सक एवम् कर्मचारीहरु पनि सम्मानित भएका छन् । मेची आँखा […]
झापा । अमेरिकामा १ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट १ हजार जनाभन्दा धेरै बिरामी भएका हुन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्क अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १ ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन् । त्यसैगरी न्युयोर्कमा १५९ र इलिनोइसमा १५२ […]
विराटनगर । विराटनगरमा पून कोरोना संक्रमण बढ्न थालेको छ । संक्रमण बढेपछि प्रदेश १ सरकार मातहत रहेको कोसी कोभिड अस्पताल पनि सुचारु गरिएको छ । कोसी कोभिड अस्पताल गत चैत १५ यता कोरोना संक्रमित नभएपछि बन्द भएको थियो । कोसी अस्पताल विराटनगरका फिजिशियन डाक्टर डेनप्रसाद आचार्यका अनुसार अस्पताल भर्ना गर्नुपर्ने विरामी आउन थालेपछि बिहीबारबाट कोसी […]
विराटनगर । जिल्ला कारागार मोरङमा कोरोना फैलिएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता कोरोना फैलिएको हो । कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेका मध्ये एक जनाको बिहीबार नै मृत्यु भएको छ । १८ जना उपचाररत छन् । अस्पताल पुर्याइएका मध्ये १६ […]