Sajhamanch Archive

सोलुखुम्बुमा अक्सिजन उत्पादन सुरु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on सोलुखुम्बुमा अक्सिजन उत्पादन सुरु.

सोलुखुम्बु । सोलुखुम्बुमै अक्सिजन उत्पादन सुरु गरिएको छ । १ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि जिल्ला अस्पताल फाप्लुमै अक्सिजन उत्पादन गर्न थालिएको हो । अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिने छ । एक पटकमा ५ वटा सिलिन्डर ३ घण्टामा भरिने छ । अब अक्सिजन […]

एकै दिन २६० जनामा कोरोना संक्रमण पुष्टि

Published: in स्वास्थ्य by . Leave a Comment on एकै दिन २६० जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ । जसमध्‍ये २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा […]

इलाममा पनि भेटियो ‘नाइरोबी फ्लाइ’ का सङ्क्रमित

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on इलाममा पनि भेटियो ‘नाइरोबी फ्लाइ’ का सङ्क्रमित.

इलाम । इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबीका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क्रमण हुने जनाइएको छ । साथै यस्ता किराका मलमूत्रले समेत […]

कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्योः आज एकै दिन १७७ जनामा संक्रमण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्योः आज एकै दिन १७७ जनामा संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार २२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको […]

कोरोना संक्रमित बढ्दै, थप १६८ जनामा संक्रमण पुष्टि

Published: in स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमित बढ्दै, थप १६८ जनामा संक्रमण पुष्टि.

झापा । पछिल्लो २४ घण्टामा देशभर थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनामा गरिएको परीक्षणमा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ७७० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

खुदुनाबारीमा आँखा तथा कानको निःशुल्क परीक्षण शिविर

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on खुदुनाबारीमा आँखा तथा कानको निःशुल्क परीक्षण शिविर.

अर्जुनधारा । सनराइज बैंक लिमिटेड बिर्तामोड शाखाको आयोजनामा खुदुनाबारीमा एकदिने निःशुल्क आँखा तथा कान परीक्षण शिविर सम्पन्न भएको छ । बिर्तामोडस्थित दृष्टी आई एण्ड इयर हस्पिटलको प्राविधिक सहयोगमा अर्जुनधारा नगरपालिका वडा नं. ३ को कार्यालय परिसर खुदुनाबारीमा शिविर सम्पन्न भएको हो । सनराइज बैंक लिमिटेड बिर्तामोड शाखा प्रमुख गणेशकुमार गुरागाईंको अध्यक्षतामा सञ्चालित शिविर आयोजनाको औचित्य माथि […]

२४ घण्टामा १ सय २१ जनामा कोरोना पुष्टि

Published: in स्वास्थ्य by . Leave a Comment on २४ घण्टामा १ सय २१ जनामा कोरोना पुष्टि.

काठमाण्डौ । पछिल्लो २४ घण्टामा १ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३ हजार ४५ जनाको नमुना परीक्षण गर्दा १ सय २१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ३१ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा ६ सय ७८ जना […]

विर्तामोडका तीन स्वास्थ्य चौकी सम्मानित

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on विर्तामोडका तीन स्वास्थ्य चौकी सम्मानित.

विर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा रहेको गरामनी स्वास्थ्य चौकी स्वास्थ्य सुचाङ्कहरुको मुल्याङ्कनका आधारमा पहिलो भएको छ । स्वास्थ्य शाखाले शनिबार आयोजना गरेको आर्थिक वर्ष २०७८÷०७९को स्वास्थ्य तर्फको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरेको प्रगति तथ्याङ्कका आधारमा गरामनि स्वास्थ्य चौकी पहिलो भएको हो । मुल्याङ्कनमा वडा नम्बर १०को सैनिकबजार आधारभुत स्वास्थ्य चौकी दोस्रो र […]

‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक रोग होइन : डा.ढकाल

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक रोग होइन : डा.ढकाल.

काठमाडौं । पामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ । हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा.केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए । उनले यो समस्या भाइरल […]

झापामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित भेटिए

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित भेटिए.

झापा । झापाको मेचीनगर, अर्जुनधारा र बिर्तामोड नगरपालिका क्षेत्रमा ‘नाइरोबी फ्लाइ’का पीडितहरु औषधी किन्न आउने गरेका विभिन्न औषधी पसलका सञ्चालकले जनाएका छन् । स्वास्थ्य कार्यालय झापाले भने हालसम्म जिल्लाका कुनै पनि अस्पताल तथा स्वास्थ्य चौकीमा नाइरोवीका बिरामी नआएको जनाएको छ । कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलले औषधि व्यवसायीले सो किराबाट पीडित बनेका बिरामी आउने गरेको […]