Sajhamanch Archive

अक्षर मेटाउन बालबालिकाले प्रयोग गर्ने इरेजरमा हानिकारक केमिकलको मात्रा उच्च

Published: (Updated: ) in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on अक्षर मेटाउन बालबालिकाले प्रयोग गर्ने इरेजरमा हानिकारक केमिकलको मात्रा उच्च.

झापा । बालबालिकाले सिसाकलमले लेखेको मेटाउन प्रयोग गर्ने इरेजरमा फ्थालेट्स नामक केमिकलको प्रयोग धेरै पाइएको एक अध्ययनले देखाएको छ । एसियाली देशहरूको नमुना अध्ययनका क्रममा नेपालमा प्रयोग गरिने इरेजरमा पनि फ्थालेट्स नामक केमिकलको प्रयोग अत्यन्तै धेरै प्रयोग भएको पाइएको हो । एउटा इरेजरमा शून्य दशमलव एक प्रतिशतभन्दा धेरै फ्थालेट्स प्रयोग भएमा त्यो हानिकारक मानिन्छ । […]

काठमाण्डौ बन्यो विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on काठमाण्डौ बन्यो विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर.

झापा । काठमाण्डौ विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । काठमाण्डौमा अहिले वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६२ रहेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ । विश्वका प्रदूषित सहरहरूको सूचीको दोस्रो नम्बरमा भारतको कोलकत्ता परेको छ । कोलकत्तामा वायु […]

झापामा ९९२ नयाँ क्षयरोगी पहिचान

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा ९९२ नयाँ क्षयरोगी पहिचान.

झापा । आर्थिक वर्ष ०७७/०७८ मा झापामा क्षयरोगका झण्डै एक हजार बिरामी पहिचान भएका छन् । विश्व क्षयरोग दिवसका सन्दर्भमा जिल्ला स्वास्थ्य कार्यालय झापाले आज कार्यालय परिसरमै आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा सो आंकडा प्रस्तुत गरिएको हो । कार्यालयका क्षय।रोग फोकल पर्सन विश्वनाथ श्रेष्ठले अघिल्लो वर्ष जिल्लामा ९९२ क्षयरोगी पहिचान भएको जानकारी दिएका छन् । जिल्लाको […]

क्लिन झापाद्वारा भद्रपुरमा सरसफाई सचेतना कार्यक्रमलाई निरन्तरता

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on क्लिन झापाद्वारा भद्रपुरमा सरसफाई सचेतना कार्यक्रमलाई निरन्तरता.

भद्रपुर । सरसफाई तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाले भद्रपुर नगरपालिकामा सरसफाई सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ । गतवर्ष भद्रपुरको केही वडामा कार्यक्रम गरिएपछि कोरोना भाइरसको तेस्रो लहरका कारण रोकिएको कार्यक्रमलाई आज सोमबारदेखि निरन्तरता दिइएको क्लिन झापाका सचिव तथा सरसफाई योद्धा रुद्रबहादुर न्यौपानेले जानकारी दिएका छन् । सोमबार भद्रपुर वडा नं १० अन्तर्गत […]

कोभिडविरुद्धको खोप लगाउने नेपाली ९३ प्रतिशत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on कोभिडविरुद्धको खोप लगाउने नेपाली ९३ प्रतिशत.

काठमाडौं- हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड-१९ विरुद्धको खोप लगाइसकेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो। यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ। यो कूल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत […]

थप ५१ जनामा कोरोना पुष्टि, २९२ जना संक्रमण मुक्त

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थप ५१ जनामा कोरोना पुष्टि, २९२ जना संक्रमण मुक्त.

काठमाडौं– नेपालमा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ५ हजार ९१४ नमूनाको परीक्षण हुँदा शुक्रबार ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। २४ घण्टामा २ हजार ५९२ जनाको पीसीआर र ३ हजार ३२२ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी […]

हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराउन मोरङमा स्वास्थ्यकर्मीको टोली घरघरमा

Published: (Updated: ) in शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराउन मोरङमा स्वास्थ्यकर्मीको टोली घरघरमा.

विराटनगर । हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान अन्तरगत मोरङ जिल्लामा ११औं पटक अभियान संचालन भइरहेको छ । १०औं पटकसम्म संचालन भएको अभियान सफल हुन नसकेपछि ११औं पटक अभियान संचालन गरिएको हो । यस पटकको अभियानलाई प्रभावकारी बनाउन मोरङ जिल्लाका पालिकाहरूले विशेष अभियान संचालन गरेको बताएका छन् । अभियानलाई सफल बनाउन घरघरमा स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीको […]

४ हजार ७४७ जनामा कोरोना परीक्षण गर्दा २७ जनामा संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on ४ हजार ७४७ जनामा कोरोना परीक्षण गर्दा २७ जनामा संक्रमण.

काठमाडौ, पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७४७ जनामा कोरोना परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको छ। पछिल्लो समय २२० कोरोनाबाट निको भएर घर फर्किएका छन्। यससँगै निको हुनेको संख्या ९ […]

होली खेल्ने क्रममा घरबाट खस्दा एक किशाेरी गम्भीर घाइते

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, स्वास्थ्य, by . Leave a Comment on होली खेल्ने क्रममा घरबाट खस्दा एक किशाेरी गम्भीर घाइते.

काठमाडौं, काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा घरबाट खस्दा एक जना किशोरी घाइते भएकी छन् । बौद्धको दक्षिणढोकास्थित एक घरमा होली खेल्ने क्रममा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी हुन् । महानगरीय प्रहरी परिसर टेकूका प्रवक्ता दिनेशराज मैनालीका अनुसार दिउँसो घरको छतबाट खस्दा फलामको बारमा खसेपछि उद्दार गरेर नेपाल मेडिकल कलेज, जोरपाटी उपचार […]

चैत २५ देखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on चैत २५ देखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै.

काठमाडौं, सरकारले यही चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने जानकारी दिइन्। १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकाले टाइफाइडविरुद्धको खोप पाउनेछन्। सरकारले यसपटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ।