Sajhamanch Archive

आइपुग्यो आठ लाख ६२ हजार एस्ट्राजेनिका खोप

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on आइपुग्यो आठ लाख ६२ हजार एस्ट्राजेनिका खोप.

काठमाडौं, सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आइपुगेको छ । बेलायत सरकारको सहयोगमा कोभ्याक्सअन्तर्गत २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये सोमबार आठ लाख ६२ हजार ८० मात्रा खोप आज बिहान काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा.सुरेन्द्रले चौरसियाले जानकारी दिए । बाँकी १३ लाख १२ हजार ८० […]

काठमाडौं महानगरमा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई फाइजर खोपको दोस्रो मात्रा

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on काठमाडौं महानगरमा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई फाइजर खोपको दोस्रो मात्रा.

काठमाडौं– काठमाडौं महानगरपालिकाले आजदेखि विद्यार्थीलाई कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा दिने भएको छ। महानगरपालिकाले ३२ वटै वडाको विद्यालयमा खोप केन्द्र तोकिएको जनाएको छ। १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ। तोकिएको मितिमा शनिबारबाहेक अरु सबै दिन […]

प्रदेश १ मा १३५ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १३५ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १०५ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३५, मोरङमा ३३, सुनसरीमा १३, इलाममा ४, उदयपुर र धनकुटामा ३–३, पाँचथरमा […]

जोरबिजोर सोमबारबाट हट्ने, बिद्यालय भने फागुन एक गतेदेखि खुल्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on जोरबिजोर सोमबारबाट हट्ने, बिद्यालय भने फागुन एक गतेदेखि खुल्ने.

काठमाडौं– कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सवारीसाधन सञ्चालनमा लगाइएको जोरबिजोर प्रणाली हटाउनुका साथै फागुन १ गतेदेखि विद्यालय खोल्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। सीसीएमसीको आइतबार बसेको बैठकले सवारीसाधनमा लागू भएको जोरबिजोर प्रणाली तत्काल हटाउन सिफारिस गरेको छ। पछिल्लो समय सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटे पनि निजीमा यथावत् छ। सीसीएमसीले आगामी फागुन १ […]

थपिए १ हजार ३८६ संक्रमित, ११ जनाको मृत्यु, आठ हजार ७०४ जना संक्रमणमुक्त

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थपिए १ हजार ३८६ संक्रमित, ११ जनाको मृत्यु, आठ हजार ७०४ जना संक्रमणमुक्त.

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार देशभर ९ हजार २५१ नमूना परीक्षण गरिएको थियो। ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको […]

काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोर-बिजोर हटेपनि तत्काल विद्यालय भने नखुल्ने

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्वास्थ्य, by . Leave a Comment on काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोर-बिजोर हटेपनि तत्काल विद्यालय भने नखुल्ने.

काठमाडौं, काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोरबिजोर हटाउने तयारी भएको छ। कोरोना संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै केही सहज बनाउन सिफारिस गरेको हो। उपत्यकामा अहिले पनि ट्याक्सी र निजी सवारीमा जोर बिजोर कायम छ। सार्वजनिक यातायातमा भने गत साताबाट जोर बिजोर हटाइएको छ। सीसीएमसीको सिफारिस अनुसार निर्णय गर्न […]

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा.

काठमाडौँ , काठमाडौँ महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो। कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेको सूचनाअनुसार तोकिएको मितिमा […]

प्रदेश १ मा १४४ जनामा कोरोना संक्रमण

Published: in परदेश (प्रवास), विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १४४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण भएको छ । २२२ जनाको पीसीआर परीक्षण गर्दा ६२ र ३७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा २१, धनकुटामा ७, झापामा ६, उदयपुरमा २, तेहृथुममा १ […]

२४ घण्टामा १ हजार ७१४ जनामा संक्रमण, ९ जनाको मृत्यु, चार हजार ७७१ जना संक्रमणमुक्त

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २४ घण्टामा १ हजार ७१४ जनामा संक्रमण, ९ जनाको मृत्यु, चार हजार ७७१ जना संक्रमणमुक्त.

काठमाडौं,  पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पाँच हजार २२५ जनाको पीसीआर र तीन हजार २८८ जनाको एन्टिजेन गरी आठ हजार ५१३ जनाको नमूना परीक्षण गर्दा एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो। उक्त अवधिमा कोरोना संक्रमणका कारण नौ […]

प्रदेश १ मा थपिएका कोरोना संक्रमितभन्दा निको हुने तेब्बरले बढे

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिएका कोरोना संक्रमितभन्दा निको हुने तेब्बरले बढे.

विराटनगर । प्रदेश १ मा आज ८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण भएको छ । धेरै दिनपछि थपिएका संक्रमितभन्दा निको हुनेको संख्या तेब्बरले बढेको हो । पछिल्लो २४ घण्टामा ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ जना र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको सामाजिक […]