Sajhamanch Archive

लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित

Published: in राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित.

काठमाडौं, लोक सेवा आयोगले लिखित परीक्षा स्थगित गरेको छ । बिहीबार बसेको आयोगको बैठकले माघ ११ देखि माघ मसान्तसम्मका लागि लिखित परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । आयोगका उपसचिव एकनारायण शर्माद्वारा जारी सूचनामा आगामी फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम समेत कम्तिमा सात दिनको पूर्व सूचाना दिई पुनः तालिकिकरण गरी यथाशिघ्र परीक्षा […]

त्रिविका सबै परीक्षा अनिश्चितकाललाई स्थगित

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on त्रिविका सबै परीक्षा अनिश्चितकाललाई स्थगित.

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले जारी परीक्षाहरु अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ। कोरोनाको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिरहेको र विद्यार्थी, त्रिविका कर्मचारी तथा प्राध्यापकसेमत संक्रमित भइरहेको भन्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले त्रिविबाट सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षा ९ माघ (आइतबार) देखि स्थगित गरिएको जनाएको हो।  

सिटामोल अभाव, आजबाट केही सहज हुने विभागको आश्वासन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on सिटामोल अभाव, आजबाट केही सहज हुने विभागको आश्वासन.

काठमाडौं। कोभिड महामारी दिन दुगुना, रात चौगुनाको दरले बढ्दो छ। कोरोना संक्रमणको प्रमुख लक्षणमध्ये एक हो, ज्वरो। र, ज्वरो घटाउन सामान्यतः प्रयोग गरिने औषधी हो, सिटामोल। विडम्बना अहिले बजारमा त्यही सिटामोलको अभाव छ। कपनको सरस्वतीनगरस्थित गीता फार्मेसिमा एक हप्तादेखि सिटामोलको अभाव भएको त्यहाँ कार्यरत एक कर्मचारीले बताइन्। उनले आफ्नो फार्मेसीमा मात्रै नभई बजारमा नै अभाव […]

प्रदेश १ मा ८९१ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ८९१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, संखुवासभा र […]

स्वास्थ्य मन्त्रालयले भन्यो : अवैधरूपमा खोप बेचबिखन गरिए कारबाही

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on स्वास्थ्य मन्त्रालयले भन्यो : अवैधरूपमा खोप बेचबिखन गरिए कारबाही.

काठमाडौं- सरकारले कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखनको पाइएमा कारबाही गर्ने जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएका कारबाही गर्ने जनाए। अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने छ, उनले जारी गरेको सूचनामा भनिएको […]

राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने.

काठमाडौं, राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यही माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सङ्क्रमित मतदाताबाट अर्को व्यक्तिलाई नसर्ने गरी छुट्टै बाकसको व्यवस्था […]

कोराना संक्रमण दर बढ्योे,बुधबार एकैदिन थपिए ११ हजार ३५२ संक्रमित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on कोराना संक्रमण दर बढ्योे,बुधबार एकैदिन थपिए ११ हजार ३५२ संक्रमित.

काठमाडौ, नेपालमा बुधबार एकैदिन थपिए ११ हजार ३५२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भिडियो लाइभ अपडेटमा यसबारेमा जानकारी दिएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता ​१८ हजार ७८ पीसीआर परीक्षण भएको थियो। जसमा ९५०२ जनामा कोरोना पुष्टि भएको छ। उता ५३३१ एन्टिजेन परीक्षण हुँदा १८५० जनामा कोरोना देखिएको छ। मन्त्रालयका अनुसार […]

पीसीआर परीक्षण शुल्क सरकारीमा आठ सय र निजीमा १२ सय बनाइँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पीसीआर परीक्षण शुल्क सरकारीमा आठ सय र निजीमा १२ सय बनाइँदै.

काठमाडौं– सरकारले कोरोना परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाउने तयारी गरेको छ। यसका लागि स्वास्थ्य मन्त्रालयले डा. गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरेको छ। हालसम्म १ हजार रुपैयाँ सरकारी अस्पतालमा र २ हजार रुपैयाँ निजी अस्पतालमा पीसीआर शुल्क लिइँदै आएको छ। अब सरकारीमा ८ सय र निजी अस्पतालमा १२ सयसम्म बनाउन सकिने मन्त्रालय स्रोतले जनाएको […]

काठमाडौं प्रशासनका २० कर्मचारीलाई कोरोना, उपत्यकाका तीनवटै सीडीओ कार्यालय सेवा घटाउने तयारीमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on काठमाडौं प्रशासनका २० कर्मचारीलाई कोरोना, उपत्यकाका तीनवटै सीडीओ कार्यालय सेवा घटाउने तयारीमा.

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अग्रपंतिमा खटिरहेको काठमाडौं उपत्यका तीन वटै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि नियमित कार्यसम्पादनमै असर पर्न थालेको छ । कोरोना संक्रमण बढिरहेको अवस्थामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्नुपर्ने पक्षमा तीन वटै […]

माघ दोस्रो साता दैनिक १९ हजारभन्दा बढीमा संक्रमण हुने स्वास्थ्य मन्त्रालयको आकलन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on माघ दोस्रो साता दैनिक १९ हजारभन्दा बढीमा संक्रमण हुने स्वास्थ्य मन्त्रालयको आकलन.

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो साता कोरोना संक्रमण निकै भयाभह हुने आँकलन गरेको छ। नेपालमा कोरोना संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता (जनवरी २४ देखि ३० तारिखसम्म) उत्कर्षमा पुग्ने मन्त्रालयको आँकलन छ। माघको दोस्रो साताको मध्यतिर संक्रमितको संख्या १९ हजारभन्दा बढी हुनसक्ने आकलन मन्त्रालयले गरेको छ। संसद्को‍ शिक्षा तथा स्वास्थ्य समितिमा नेपालमा […]