काठमाडौं- सरकारले काठमाडौंमा कोरोनाविरूद्ध बुस्टर मात्रा खोप दिन सुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ स्थानबाट बुस्टर खोप लगाउन सकिने छ। सरकारले पहिलो चरणमा अग्रपंक्तिमा काम गर्नेहरूलाई बुस्टर मात्रा उपलब्ध गराउन लागेको छ। गत पुस २८ को मन्त्रिस्तरीय निर्णयबाट माघ २ देखि बुस्टर मात्रा खोप […]
काठमाडौँ, नेपालमा कोरोना संक्रमण दर बढ्ेसँगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दैगएको छ । स्वास्थ्यकर्मी संक्रमित हुने संख्या सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा रहेको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बमकाअनुसार अस्पतालमा विभिन्न वार्डमा कार्यरत सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका […]
जनकपुर, कोरोना संक्रमण बढ्दै गएपछि सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउनेगरी आदेश जारी गरेको छ। तर, सत्तारुढ दलकै नेता, मन्त्री र मुख्यमन्त्रीहरु सरकारी निर्णयको धज्जी उडाउँदै दैनिक भीड जम्मा गरिरहेका छन्। प्रदेश २ मा पनि दैनिक कोरोना संक्रमणको उकालो लाग्दै छ। महामारीले भयावह रुप लिएको छिमेकी मुलुक भारतसँग सीमा जोडिएका कारण पनि प्रदेश […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण भएको छ । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा ५, ताप्लेजुङ र भोजपुरमा २–२, खोटाङमा […]
काठमाडौं, कोरोना महामारीको तेस्रो लहर फैलदै गएपछि सरकारले सिनेमा हल र जिम बन्द गर्ने निर्णय गरेको छ । पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ गतेसम्म सिनेमा हल र जिम बन्न हुने बताए । कोरोना संक्रमण बढ्दै गएपछि सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ […]
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस्तै थप तीन जनाको संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ। यस अवधिमा ४३५ जना संक्रमण मुक्त भएका छन्। आज सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। पछिल्लो २४ घण्टामा १५ हजार १३१ […]
काठमाडौं– सरकारले स्मार्ट लकडाउन गर्दै विभिन्न क्षेत्रमा कडाइ गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार धार्मिक कार्य र विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने, सबै प्रकारका जुलुस र भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न नदिने निर्णय भएको छ। त्यसैगरी बैठक तथा गोष्ठी भर्चुअल रुपमा गर्नुपर्नेछ। कुनै पनि कार्यक्रम नगरी नहुने अवस्था […]
काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग क्लब च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण भएको छ। आइतबार क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको हो। ए डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रका अनुसार च्यासलका खेलाडीमा कोरोना देखिएपछि आज हुने तय भएको नेपाल पुलिस क्लबसँगको खेल रद्द भएको छ। आज दिनको दोस्रो खेलमा च्यासल र […]
काठमाडौं। महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि बिरामी भर्ना नगरी फर्काउनुपर्ने अवस्था आएको छ। २ माघसम्म अस्पतालका एक सय ५० जना स्वास्थ्यकर्मी संक्रमित बनेपछि उपचार सेवामासमस्या परेको छाती रोग विशेषज्ञ तथा अस्पतालका कोभिड फोकल पर्सन डा.नीरज बमले बताए। “अहिले त्रिवि अस्पतालमा ३६ जना कोरोना संक्रमित बिरामी उपचाररत छन्,” उनले भने, “बिरामीको उपचार […]
कञ्चनपुर, पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेपछि नेपालको पश्चिमी सिमानाकाबाट स्वदेश फर्किनेको लर्को लाग्न थालेको छ। भारतमा कोरोना भाइरसको तेस्रो लहर तीब्र बन्दै गएपछि रोजगारीका लागि त्यहाँ गएका नेपालीहरु स्वदेश फर्किन थालेका हुन्। भारतमा कोरोना संक्रमण फेरि तीब्र बनेपछि लकडाउन भएर बिचल्लीमा परिने हो कि भन्ने त्रासले आफूहरु फर्किन बाध्य भएको दार्चुलाको […]