काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका निर्देशक दिनेश काफ्लेका अनुसार पाँच दिनमा यो संख्यामा स्वास्थ्यकर्मीहरू संक्रमित भएका हुन्। विशेषगरी इन्टर्नसिप गर्दै गरेका एमबीबीएसका विद्यार्थी बढी संक्रमित भएका उनले जानकारी दिए। अपरेशन गर्नुपर्ने डाक्टरसमेत संक्रमित भएपछि उपचारमा समस्या भएको उनले बताए। उपचार गर्न आएकाहरूमा पनि संक्रमण […]
काठामाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १५ हजार ८१ को नमूना परीक्षण गरिएको थियो। जहाँ २९ सय ५२ जना पीसीआर माध्यम र ६ सय ३१ जना एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयले जनाएको छ। यस अवधिमा एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले […]
वीरेन्द्रनगर । वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ । करिब डेढ करोड लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ । दोस्रो चरणको कोरोना महामारी उत्कर्षमा पुगेका बेला वीरेन्द्रनगर नगरपालिकाले चौधरी ग्रुपसँगको सहकार्यमा प्लान्ट स्थापनाको काम थालेको थियो । “प्लान्ट नियमित सञ्चालनका […]
काठमाडौ, स्वदेशमा सोचेअनुसार रोजगारी नपाएका नेपाली नर्सले बेलायतमा रोजगारी पाउने भएका छन्। बेलायत सरकारले तत्कालै दुई हजार नेपाली नर्सलाई आफ्नो देशमा रोजगारी दिने तयारी अघि बढाएको छ। नेपाली नर्सलाई बेलायत लैजानेसम्बन्धी सम्झौता भोलि (शुक्रबार) हुँदैछ। बेलायत सरकारका प्रतिनिधि र श्रम मन्त्रालयबीच तत्कालको लागि दुई हजार नेपाली नर्सलाई बेलायत लैजाने सम्झौता हुन लागेको हो। श्रम, रोजगार […]
काठमाडौं – बुधबार मात्र देशभर ३ हजार ७५ जना कोरोना संक्रमित भेटिए। यो संख्या नेपालमा ओमिक्रोन पुष्टि भएपछिकै सबैभन्दा धेरै हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३८ हजार ३७५ पुगेको छ। कुनै बेला एक सयमा झरेको संक्रमितको संख्या हाल दैनिक उकालो लाग्दैछ। कोरोना संक्रमितको संख्या पुस २२ गतेबाट ह्वात्तै बढ्न थालेको स्वास्थ्य […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण भएको छ । ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा १–१ र प्रदेश […]
बिराटनगर । विराटनगरस्थित नोेबेल मेडिकल कलेजले नियम विपरित शुल्क असुल गरेको विरुद्धमा आन्दोलित विद्यार्थीहरुले बुधबार सीडीओ कार्यालय घेराउ गरेका छन् । चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित शिक्षण शुल्क विपरित विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुल गरेको भन्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका हुन् । बुधबार नोबेल मेडिकल कलेजमा चर्को नाराबाजी पश्चात अपरान्ह २ बजे उनीहरुले […]
भरतपुर। कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि मेला-महोत्सव बन्द गर्न आदेश दिएका चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अस्मान तामाङ आफैँ भरतपुरका मेयर रेणु दाहालसँग चितवन महोत्सव घुम्न पुगेका छन्। चितवनका सर्वदलीय बैठकले जिल्लामा सञ्चालन भएका र सञ्चालन तयारीमा रहेको सबै मेला महोत्सव बन्द गर्ने निर्णय २६ पुसमा गरेको थियो। चितवन महोत्सव शुरु भइसकेकाले दुई दिन व्यवस्थापनको […]
काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या तीन हजार कटेको हो। पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनामा कोरोना परीक्षण गर्दा पीसीआर परीक्षणबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि […]
काठमाडौ, नेपालमा कोरोना संक्रमितको ग्राफ उकालो लागेपछि सरकार देशभरका शिक्षण संस्था बन्द घोषणा गर्यो। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द निर्देशन दियो। कोरोनाको तेस्रो लहर सुरु भएको सीसीएमसीले गरेको सिफारिसलाई शिक्षा मन्त्रालयले गरेको कार्यान्वयनलाई देशका अधिकांश स्थानीय तहले नमान्ने […]