काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने तयारी गरेको छ। कोरोना संक्रमण पुनः बढेपछि विभिन्न अस्पतालमा करारमा नियुक्त भएका चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीहरुको करार अवधि थप हुने भएको हो। कोभिड नियन्त्रणका लागि करारमा नियुक्त भएका स्वास्थ्यकर्मीको करार अवधि यही पुस मसान्तमा […]
काठमाडौँ, काठमाडौँ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मङ्गलबारदेखि कोभिडविरुद्धको खोप फाइजर दिने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका सो उमेर समूहका बालबालिकालाई मङ्गलबारदेखि फाइजर खोप दिने निर्णय गरेको हो । काठमाडौं महानगरपालिकाभित्र ३२ सै वटा वडामा तोकिएका विद्यालयस्थित खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । कार्यालयले उमेर खुल्ने कागजात […]
काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप १,४४६ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा संक्रमित दुई जनाको ज्यान गएको छ। संक्रमणबाट २५५ जना मुक्त भएका छन्। आज सक्रिय संक्रमितको संख्या सात हजार ८५५ पुगेको छ। पछिल्लो सातादेखि नेपालमा कोरोना संक्रमण दर उच्च रुपमा रहेको छ। मन्त्रालयको तथ्यांकअनुसार आइतबार नेपालमा […]
काठमाडौं- शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले सीसीएमसीसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। आइतबार बसेको सीसीएमसीसीको बैठकले माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो। बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका […]
काठमाडौं। विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे आज (सोमबार) छलफल हुँदैछ। कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीसीले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो। यसबारे आज औपचारिक निर्णय आज हुने शिक्षा मन्त्रालयले जनाएको छ। केही विद्यालयमा हिउँदे बिदा शुुरु भइसकेको छ । केही विद्यालय तथा कलेजमा परीक्षा चलिरहेको छ। […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण भएको छ । २९३ जनाको पीसीआर परीक्षण गर्दा ४९ र १३३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७, झापामा ५, सुनसरीमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ […]
काठमाडौं– कोरोना विरुद्धको खोप नलगाएका नागरिकलाई माघ ३ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा रोक लगाउन सरकारलाई सिफारिस गरिएको छ। आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले कोरोना खोप कार्ड नहुनेलाई माघ ३ देखि सार्वजनिक सेवा प्रदान नगर्न सिफारिस गर्ने निर्णय गरेको हो। खोप कार्ड नहुनेलाई आन्तरिक उडानमा समेत प्रतिबन्ध लगाउन भनिएको छ। अन्तर्राष्ट्रिय उडानमा […]
काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आजको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफरिस गरेको छ । सोमबारदेखि नै लागू हुने गरी शैक्षिक संस्था बन्द गर्न सुझाब दिइएको जनाइएको छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव रोक्नका […]
काठमाडौं । नेपालमा आज पनि कोरोना भाइरस संक्रमितहरुको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैदिन १,१६७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ८,८४८ पीसीआर परीक्षण भएकोमा ८४१ र ३,७८४ एन्टीजेन परीक्षण भएकोमा ३२६ जनामा कोरोना पुष्टि भएको हो । आज २२४ जना संक्रमित निको भएर घर फर्किएका छन् । […]
काठमाडौं। आइसोलेशनमा बसेको भने पनि प्रधानमन्त्री शेरबहादुर देउवाले रजनीतिक भेटघाटलाई निरन्तरता दिएका छन्। शुक्रबार बसेको सत्ता सञ्चालक दलको उच्चस्तरीय संयन्त्रको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग सम्पर्कमा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई संक्रमण पुष्टि भएसँगै आइसोलेशनमा बसेका थिए। दाहाललाई २४ पुसमा कोभिड संक्रमण पुष्टि भएको थियो। शुक्रबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्षबीच भेटवार्ता भएका कारण प्रधानमन्त्री देउवा […]