Sajhamanch Archive

रातभरि मोवाइल खेल्ने, दिनभरि स्कूलमा सुत्ने, शिक्षकलाई तनाव

Published: in मुख्य समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, शिक्षा, समाज, स्वास्थ्य, by . Leave a Comment on रातभरि मोवाइल खेल्ने, दिनभरि स्कूलमा सुत्ने, शिक्षकलाई तनाव.

झापाका १५० वटा विद्यालयका बालकक्षामा अध्ययनरत बालबालिकाका अभिभावकहरुलाई केही समय अगाडि अभिभावक शिक्षा दिइएको थियो । कचनकबल गाउँपालिकाको एउटा विद्यालयमा केही समय अघि म यसैको अनुगमनमा पुगेकी थिएँ । सो विद्यालयका अभिभावक शिक्षा के कस्तो हुँदैछ भनेर अनुगमन गर्नु मेरो जिम्मेवारी थियो । त्यतिखेर अर्को विद्यालय जानुपर्ने थियो तर बाटोमा पर्ने सुशिला म्यामले पढाउने विद्यालय […]

ठूला अस्पतालका स्वास्थ्यकर्मीमा बढ्न थाल्यो कोरोना संक्रमण

Published: (Updated: ) in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on ठूला अस्पतालका स्वास्थ्यकर्मीमा बढ्न थाल्यो कोरोना संक्रमण.

काठमाडौं । काठमाडौंका ठूला अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित हुन थालेका छन् । मीनभवनस्थित निजामती अस्पतालमा पछिल्लो १० दिनमा २५ जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा। विधाननिधि पौडेलका अनुसार स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ । ‘चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मी संक्रमित हुँदा इन्डोस्कपी, ईसीजी लगायतका […]

सहारा हाफ म्याराथनमा अन्तर्राष्ट्रिय पदकधारी पुष्पा र बिन्द्रा दौडिने

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on सहारा हाफ म्याराथनमा अन्तर्राष्ट्रिय पदकधारी पुष्पा र बिन्द्रा दौडिने.

बिर्तामोड । सहारा हाफ म्याराथनको महिलातर्फ झापामा दौडिन १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक विजेता पुष्पा भण्डारी आउने भएकी छन् । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद पोखराको महिलातर्फ म्याराथनका स्वर्णधारी बिन्द्रा श्रेष्ठले पनि सहारा हाफ म्याराथनमा भाग लिने भएकी छन् । सहारा हाफ म्याराथन भोलि चैत २१ गते बिर्तामोडको चारपानेमा हुँदैछ । सहारा नेपाल साकोसले […]

सन्थाल समुदायका २,५२२ जनाको स्वास्थ्य बीमा भद्रपुर नगरपालिकाले गर्यो

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on सन्थाल समुदायका २,५२२ जनाको स्वास्थ्य बीमा भद्रपुर नगरपालिकाले गर्यो.

भद्रपुर । भद्रपुर नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायको स्वास्थ्य उपचारका लागि निःशुल्क बीमाको व्यवस्था गरिदिएको छ । नगरपालिकामा कार्यक्रमको आयोजना गरी नगर कार्यपालिकाले नगर क्षेत्रमा रहेका ६३४ सन्थाल परिवारका लागि २२ लाख १९ हजार रुपैयाँको चेक स्वास्थ्य बीमा महसुल कार्यालयलाई प्रदान गर्दै निःशुल्क उपचारको प्रबन्ध गरिदिएको हो । नगरप्रमुख गणेश पोखरेलको नेतृत्वमा नगर […]

आराध्य साकोसको स्वास्थ्य शिविरमा ३०० ले आँखा जँचाए

Published: in लोकप्रिय, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on आराध्य साकोसको स्वास्थ्य शिविरमा ३०० ले आँखा जँचाए.

मेचीनगर । झापाको मेचीनगरमा आयोजित एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा ३०० जनाले आँखा परीक्षण गराएका छन् । मेचीनगर–७ स्थित मदनबस्तीमा प्रधान कार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको एकदिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा ३०० जनाले आँखा जाँच गराएका हुन् । मेची नेत्रालय काँकरभिट्टाको दृश्य विशेषज्ञसहितको प्राविधिक सहयोग रहेको आँखा शिविरमा […]

बालबालिकामा पोषण बृद्धि सम्बन्धी नगरपालिकामा छलफल

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बालबालिकामा पोषण बृद्धि सम्बन्धी नगरपालिकामा छलफल.

बिर्तामोड । नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक संजीव लामा घिसिङले नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरुमा कुपोषण धेरै भएको बताए […]

कमलमा औलो तथा कालाजार रोगथामका लागि विषादी छर्किन थालियो

Published: in लोकप्रिय, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमलमा औलो तथा कालाजार रोगथामका लागि विषादी छर्किन थालियो.

कमल । झापाको कमल गाउँपालिकाले औलो तथा कालाजार रोगथामका लागि विषादी छर्किने अभियान सुरु गरेको छ । वर्षा लाग्नासाथ लामखुट्टेको कारण मानिसमा औलो तथा कालाजार लगायतका विभिन्न महामारी फैलिन सक्ने भएकोले त्यसको रोगथामका लागि गाउँपालिकाले विषादी छर्किने अभियान सुरु गरेको हो । गाउँपालिका भित्र रहेका सबै बजारमा विषादी छर्किने अभियान सुरु भएको र यो अभियान […]

आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल देशभर १२३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार मात्रै १७ जना कोरोनाबाट संक्रमणमुक्त […]

शिवसताक्षीमा ६९.८ प्रतिशतले खाए हात्ती पाइलेको औषधि, औषधि खानेमा ११ नम्बरका बढी

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा ६९.८ प्रतिशतले खाए हात्ती पाइलेको औषधि, औषधि खानेमा ११ नम्बरका बढी.

शिवसताक्षी । झापा शिवसतक्षी नगरपालिकामा ६९.८ प्रतिशतले हात्ती पाइलेको औषधि सेवन गरेका छन् । शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले नगरका १ देखि ११ नम्बरका वडाहरुगरी जम्मा ५२ हजार १३७ जनाले हात्ती पाइलेको औषधि सेवन गरेको तथ्यांक सार्वजनिक गरेको हो । जसमा वडा नं. १ मा ३ हजार ७७१, वडा नं. २ मा ३ हजार ९६६, वडा […]

बिर्तामोड नगर अस्पताललाई दाताको सहयोग जुट्तै

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोड नगर अस्पताललाई दाताको सहयोग जुट्तै.

बिर्तामोड । बिर्तामोड नगर अस्पताललाई मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडले मेडिसिन ट्रली सहयोग गरेको छ । फागुन २० गतेदेखि नयाँ भवनबाट सेवा सुरु गरेको बिर्तामोड नगर अस्पतालका लागि मनमोहन अस्पतालले आज २ थान मेडिसिन ट्रली (क्रास कार्ट) सहयोग गरेको हो । मनमोहन अस्पतालका सूचना अधिकृत कमल भट्टराई र डिल्लीराम आचार्यले नगर अस्पतालमा पुगेर […]