Sajhamanch Archive

एमसीसी पास गर्न माओवादी–समाजवादी तयार नभए एमालेतर्फ नजर लगाउनै पर्छ : विश्वप्रकाश शर्मा (अन्तर्वार्ता)

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on एमसीसी पास गर्न माओवादी–समाजवादी तयार नभए एमालेतर्फ नजर लगाउनै पर्छ : विश्वप्रकाश शर्मा (अन्तर्वार्ता).

संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको विषय यतिबेला नेपाली राजनीतिको गाँठो बनेको छ। सत्तासाझेदार दलहरुले ६० अर्बको अनुदान सहयोग परियोजना एमसीसीको विपक्षमा मत दिने बताइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेको साथ लिने प्रयास गरिरहेका छन्। यसै सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग गरेको वार्ता : संसदमा टेबल भएको एमसीसी सम्झौता अनुमोदनका […]

‘बैगुनी बूढाहरू’ले बदमासी गरे : मीन विश्वकर्मा [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on ‘बैगुनी बूढाहरू’ले बदमासी गरे : मीन विश्वकर्मा [अन्तर्वार्ता].

आइतबार प्रतिनिधि सभामा एमसीसी सम्झौता टेबुल भएसँगै नेपाली राजनीति तरल छ। प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पनि अनुमोदन गर्ने र वर्तमान गठबन्धन पनि जोगाउने प्रयासमा छन्।  साझेदार दलहरुले एमसीसी अनुमोदनका लागि सहयोग नगरे मात्र गठबन्धनको भारी बिसाउने योजना देउवाको छ। सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौता संसदमा टेबल गर्न सहमत […]

एमसीसीमा अमेरिकाले बुँदा बुँदामा राजनीतिक शर्त राखेका कारण समस्या आएको हो : टंक कार्की

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on एमसीसीमा अमेरिकाले बुँदा बुँदामा राजनीतिक शर्त राखेका कारण समस्या आएको हो : टंक कार्की.

चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्की अहिले खुलेरै एमसीसीको विपक्षमा उभिएका छन्। अहिले विवादको चुलीमा पुगेको यो परियोजनाबारे उनी किन विपक्षी मत राख्छन् त ? यसैबारे उनीसँगगरेको कुराकानीः हाम्रो पुस्ताले कहिल्यै नदेखेको भूराजनीतिक अप्ठेरो अवस्थामा देश पुगेको छ। एउटा नेपालको सीमा जोडिएको छिमेकी र अर्को हवाई छिमेकीले स्पष्ट रूपमा नेपालले के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने […]

यही गठबन्धनले संसदबाट एमसीसी पास गर्छ, अहिले दायाँ बायाँ सोचेका छैनौँ : गगन थापा (अन्तर्वार्ता)

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on यही गठबन्धनले संसदबाट एमसीसी पास गर्छ, अहिले दायाँ बायाँ सोचेका छैनौँ : गगन थापा (अन्तर्वार्ता).

अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल गर्ने विषयमा माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएको खबरहरू आइरहेका छन्। फागुन १६ गतेभित्र एमसीसीको बारेमा निर्णय लिन अमेरिकाले तारन्तार दबाब दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णायक पहलमा अन्ततः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहमत भएका हुन्। यो सहमतिबाट दलहरू पछि […]

पाँच वर्षमा पूर्वाधार तयार भयो, अबका स्थानीय सरकार साँच्चै प्रभावकारी हुनेछन् : बालानन्द पौडेल [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on पाँच वर्षमा पूर्वाधार तयार भयो, अबका स्थानीय सरकार साँच्चै प्रभावकारी हुनेछन् : बालानन्द पौडेल [अन्तर्वार्ता].

संविधानमै महत्वपूर्ण अधिकार र शक्ति पाएका स्थानीय सरकारहरु पहिलो कार्यकाल पूरा गर्ने चरणमा छन्। सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचन घोषणा गरेपछि बितेका पाँच वर्षको लेखाजोखा सुरु भएको छ। हिजो गाविस तथा नगरपालिकाको रुपमा रहेका स्थानीय निकायलाई अधिकारसम्पन्न नयाँ संरचनामा बदल्ने (गाउँपालिका, नगरपालिका, तथा विशेष, संरक्षित क्षेत्रका संख्या तथा सिमाना निर्धारण) आयोगको अध्यक्ष थिए, […]

‘‘आर्थिक सहायता सम्बन्धी सम्झौता संसद्‌मा टेबल गर्ने कुनै वैधानिक आधार छैन’’ : देव गुरुङ

Published: (Updated: ) in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on ‘‘आर्थिक सहायता सम्बन्धी सम्झौता संसद्‌मा टेबल गर्ने कुनै वैधानिक आधार छैन’’ : देव गुरुङ.

नेकपा (माओवादी केन्द्र)मा अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताका विषयमा प्रष्ट भाषामा विरोध गरिरहेका नेता हुन्, देव गुरुङ। माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका उनी यसलाई अस्वीकार गर्नुपर्ने धारणा राखिरहेका छन् । यहीबीच उनकै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास गर्न समय बढाइमागेको पत्र सार्वजनिक भएको छ। उक्त पत्रमा अध्यक्ष प्रचण्डले हस्ताक्षर गर्नु […]

एमसीसी पार्टीका नेताहरू बसेर टुंगिने विषय होइन, संसद्‌मै लैजानुपर्छ : कानुनमन्त्री बडू [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on एमसीसी पार्टीका नेताहरू बसेर टुंगिने विषय होइन, संसद्‌मै लैजानुपर्छ : कानुनमन्त्री बडू [अन्तर्वार्ता].

अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतालाई आगामी प्रतिनिधि सभाको बैठकमा पेश गर्ने तयारीमा सरकार जुटेको छ। त्यसका लागि राजनीतिक बाटो प्रधानमन्त्री शेरबहादुर देउवाले बनाइरहेका छन् भने कानुनी प्रक्रियाको चाँजोपाँजो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले मिलाइरहेका छन्। आइतबार मात्रै उनले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर सो सम्झौतालाई छलफलका लागि संसद्‌मा पेश गर्ने वातावरण […]

ऐन–कानून बहाना हुन्, गठबन्धनलाई डर एमालेको लोकप्रियताको हो : पृथ्वी सुब्बा गुरुङ [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on ऐन–कानून बहाना हुन्, गठबन्धनलाई डर एमालेको लोकप्रियताको हो : पृथ्वी सुब्बा गुरुङ [अन्तर्वार्ता].

गतशनिबार बसेको सत्ता गठबन्धनको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्ने सहमति गर्‍यो। तर, अहिलेसम्म निर्वाचनको मिति तय गर्न सकेको छैन। सरकारले अझै निर्वाचन नचाहेकाले मिति तय नगरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बुझाइ छ। स्थानीय तहको निर्वाचन समयमै गर्न निर्वाचन आयोग, राष्ट्र पति विद्यादेवी भण्डारीले समेत दबाब बढाएका छन्। स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक दबाब […]

कांग्रेसमा ८० प्रतिशत पकड भएका देउवा पक्षमा हुँदासम्म गठबन्धनमा कुनै आँच आउँदैन : बेदुराम भुसाल

Published: (Updated: ) in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on कांग्रेसमा ८० प्रतिशत पकड भएका देउवा पक्षमा हुँदासम्म गठबन्धनमा कुनै आँच आउँदैन : बेदुराम भुसाल.

सत्तारुढ गठबन्धनको सहारा सबैभन्दा बढी नेकपा एकीकृत समाजवादीलाई चाहिएको छ। नेपाली कांग्रेसमा गठबन्धन छोड्नुपर्ने दबाब बढिरहदा देउवाले राष्ट्रिय सभा निर्वाचनसम्म गठबन्धन कायम रहने भन्दै पार्टीभित्र थामथुम पार्दै आएका छन्। राष्ट्रिय सभा निर्वाचन सकिएसंगै अब गठबन्धनको भविष्यलाई लिएर प्रश्नहरू उठ्न थालेको छ। यसै सन्दर्भमा हामीले नेकपा एसका महासचिव बेदुराम भुसाललाई गठबन्धनको भविष्य के हुन्छ भनेर सोधेका […]

अध्यादेश ल्याएर भएपनि स्थानीय तह रिक्त नहुने व्यवस्था गर्न सकिन्छ : जगन्नाथ खतिवडा [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on अध्यादेश ल्याएर भएपनि स्थानीय तह रिक्त नहुने व्यवस्था गर्न सकिन्छ : जगन्नाथ खतिवडा [अन्तर्वार्ता].

स्थानीय तह निर्वाचनलाई लिएर यतिखेर मुलुकको राजनीति तरंगित छ। निर्वाचन आयोगले जेठ ६ पछि स्थानीय तह रिक्त हुने भन्दै वैशाखभित्रमा नयाँ निर्वाचन हुनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ। आयोगले सरकारलाई पटक पटक ताकेता पनि गरिरहेको छ। तर, पाँचदलीय गठबन्धन सरकारले अहिलेसम्म प्रष्ट निर्णय गर्न सकेको छैन। गठबन्धनका नेताहरुको अभिव्यक्ति हेर्दा सरकारले वैशाखमा निर्वाचन नगर्ने संकेत देखाइसकेको छ। स्थानीय […]