म बाहुनडाँगीबाट आएको केटो । अनारमनीको बिर्तामोडमा बिहान–बेलुकाको सिफ्टमा सानो नोकरी गर्थें र यहीँबाट दिउँसो मेची बहुमुखी क्याम्पस, भद्रपुर धाउँथें । २०४७ सालमा मेची क्याम्पसमा आइए पढ्दा साथी युवराज काफ्लेसँग चिनाजाना भयो । कालान्तरमा उनले मलाई परिवारको सदस्यजस्तै बनाए । शुरुमा युवराज र मेरो क्याम्पस जाने बाटो अनि कक्षा पनि एउटै भएकोले हामीलाई घनिष्टता दिलायो […]
पवित्रा निरौला खरेल झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेर संघीय संसदमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति हुनुहुन्छ । मिनी पार्लियामेन्ट भनिने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको कार्यक्षेत्र परराष्ट्र मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ । सरकारलाई परराष्ट्र सम्बन्धका विषयमा आवश्यक निर्देशन दिन सक्ने यस्तो महत्वपूर्ण संसदीय समितिको सभापति पवित्रा निरौला […]
झापाको मेचीनगर नगरपालिका वडा नं. १२ माथिल्लो धाइजनका चिमरिया परिवार सुरुका दिनमा साइकलमा दूध संकलन गरेरे गाउँघर सहर बजार डुलाउँदै बिक्री गर्थे । वि. सं. २०६३ सालदेखि ऋतिका डेरी सुरु गरेर व्यवसायिक रुपमा डेरी उद्योगी बनेको चिमरिया परिवार अहिले सफल डेरी व्यवसायीका रुपमा परिचित छ । केही वर्ष पहिले बिर्तामोडको पञ्चामृत डेरी पनि ऋतिकामा गाभिएपछि […]
वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्की हालै कोरोना संक्रमित भए । कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचारपछि उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शय्यामा आराम गरिरहेका छन्। मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजका अध्यक्ष डा. कार्कीसँग प्लाज्मा थेरापी विधिबाट कोरोना उपचार भइरहेको बारे गरिएको संवाद प्लाज्मा थेरापी विधिबाट कोरोना उपचारपछि तपाईंको स्वास्थ्य अवस्था अहिले […]
।। चेतनाथ न्यौपाने, उपमहासचिव ।। नेपाल निजामती कर्मचारी संगठन ।। लामो समयदेखि संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सेवा ऐनको विधेयक २०७७ असार १५ गते समितिको बैठकले बहुमतको निर्णयले पारित गरेको छ । योसँगै निजामती कर्मचारीहरु अहिले आन्दोलनमा छन् । आन्दोलका विभिन्न चरणहरु लिएर उनीहरु अहिले आफ्नो अधिकार प्रप्तिको लडाइँमा छन् […]
नेपालको निसान छापमा नयाँ नक्सा समावेश गर्ने गरी संविधान संशोधन गर्न बुधबार संसद्मा तपाईंले प्रस्ताव प्रस्तुत गर्ने भनिएको थियो, तर यो विषय कार्यसूचीबाट अचानक गायब कसरी भयो ? गायब भएको होइन, हटाइएको हो । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले लिम्पियाधुरासम्मको भूमिलाई हाम्रो नक्सामा समेट्न हामी सबै सहमत छौँ, सरकारले प्रस्ताव गरेको संविधान संशोधनकै पक्षमा छौँ, […]
टेलरिङ्ग व्यवसायमा पछिल्लो अवस्था कस्तो छ ? टेलरिङ्ग क्षेत्रमा फागुन महिनासम्म अत्याधिक बिजनेस हुने समय हो । चैत सुरु भएदेखि १५ गतेसम्म आराम गर्ने समय मानिन्छ । हामी चैत १५ बाट विद्यालय तथा विवाहका पोशाकका लागि काम गर्दै गरेको अवस्थामा हुन्थ्यो । तर पछिल्लो समय कोरोना सन्त्रासका कारण देशभर लकडाउन गरिएपछि विद्यालय बन्द हुनुका साथै […]
घाेडाघाेडी । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका–१ लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर बिहीबार घर फर्किएकी छिन्। विश्वमा महामारीका रूपमा रहेको कोरोनाको सङ्क्रमण नेपालमा अहिलेसम्म ४८ जनामा देखिएको छ भने १० जना कोरोनालाई जितेर घर फर्किसकेको तथ्याङ्क रहेको छ । प्रदेश नम्बर २ को वीरगञ्जमा श्रीमान्ले सञ्चालन गरेको चिया पसलमा सघाउँदै […]
पुष महिनाभित्रै सम्पन्न गर्नुपर्ने जिल्ला सहकारी संघको साधारणसभा माघमा गर्नुका पछाडिको चित्तबुझ्दो कारण के हो ? कि संघहरुलाई चाहिँ छुट हुन्छ ? वास्तवमा जिल्ला सहकारी संघको साधारणसभा पुष भित्रै सम्पन्न गर्नुपर्ने हो । तर, यसैवर्ष राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय संघ लगायतको साधारणसभा र तत् निकायमा झापाको प्रतिनिधित्वको सवालका कारण केही समय ढिला […]
मुलुक संघात्मक राज्य व्यवस्थामा परिणत भएसँगै जिल्ला केन्द्रित महत्वपूर्ण निकायहरु स्थानीय तहमा आएका छन । तीन तहको सरकारले आ–आफ्नो कार्यक्षेत्र भित्र पर्ने गरी कामको वर्गिकरण गरिएको छ । २०७४ असारमा स्थानीय तहको निर्वाचन भएपछि शिक्षा, स्वास्थ्यजस्ता जनतासँग प्रत्यक्ष चासो र सरोकार राख्ने निकायहरु पालिकाको जिम्मेवारीमा आएका छन् । विकास निर्माणका क्षेत्र सडक निर्माण तथा स्तरोन्नति, […]