Sajhamanch Archive

बिर्तामोडमा चल्ने अटो टेम्पोको भाडा बढ्यो

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा चल्ने अटो टेम्पोको भाडा बढ्यो.

बिर्तामोड । पेट्रोलियम पदार्थको अचाक्ली मूल्य बढाएपछि बाध्य भएर बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका लागि अटो टेम्पोको भाडा वृद्धि गरिदिएको छ । बिर्तामोड नगरपालिकाभित्र सञ्चालित अटो टेम्पोको भाडा न्यूनतम १० रुपैयाँ वृद्धि गरिएको हो । अटो रिक्सा व्यवसायीहरुले भाडा वृद्धिका लागि माग गरेपछि बिर्तामोड नगरपालिकाले नयाँ भाडा दर कायम गरेको जनाइएको छ। लामो समयदेखि शुरुआती चरणकै […]

अध्यक्ष कप क्रिकेटको उपाधी मेचीनगरलाई

Published: (Updated: ) in खेलकुद, स्थानीय तह by . Leave a Comment on अध्यक्ष कप क्रिकेटको उपाधी मेचीनगरलाई.

मदरगाछ (झापा) । झापा गाउँपालिकामा सञ्चालित अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधी मेचीनगरले कब्जा गरेको छ। झापा गाउँपालिका–७ स्थित जनकल्याण माविको खेल मैदानमा आज बिहीबार सम्पन्न फाइनल खेलमा मेचीनगर नगरपालिका टीमले ९२ रनले झापा गाउँपालिका टीमलाई पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको मेचीनगरले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर २०० रन […]

काठमाडौं महानगरले ३ दिने कार्यक्रमसहित महानगर दिवस मनाउने

Published: in प्रदेश तह, स्थानीय तह, by . Leave a Comment on काठमाडौं महानगरले ३ दिने कार्यक्रमसहित महानगर दिवस मनाउने.

काठमाडौं- काठमाडौं महानगरपालिकाले मङ्सिर २७, २८ र २९ गते २७औं महानगर दिवस मनाउने भएको छ। सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित महानगर दिवस मनाउन लागेको हो। दिवसका अवसरमा ४० वटा बुथबाट सर्वेक्षण गरिने र १० वटा बुथबाट कोभिडविरुद्धको खोप सञ्चालन गरिने महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले […]

दलित महिला जनप्रतिनिधिले नै उठाउन सकेनन् विभेदका मुद्धा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, विचार/ब्लग, समाज, स्थानीय तह, by . Leave a Comment on दलित महिला जनप्रतिनिधिले नै उठाउन सकेनन् विभेदका मुद्धा.

झापा । झापाको कमल गाउँपालिकाका कार्यपालिका सदस्य तारा बोगटीले अहिलेसम्म दलित महिला सम्बन्धी विभेदका कुनै पनि मुद्धा उठाउन सकेकी छैनन् । गाउँपालिकाले हालसम्म ९ वटा गाउँसभा सम्पन्न गर्यो तर वडासदस्य बोगटीले विभेद सम्बन्धी मुद्धाको भेउ नपाउँदा यसको उठान गर्न नसकेकी हुन् । कमल गाउँपालिकाकै वडा नम्वर १ की भला विश्वकर्मालाई अहिले वडा कार्यालयमा जानु र […]

चुलाचुली गाउँपालिकाद्वारा दलिता छात्र छात्रालाई साइकल वितरण

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on चुलाचुली गाउँपालिकाद्वारा दलिता छात्र छात्रालाई साइकल वितरण.

कमल । चुलाचुली गाउँपालिका वडा नम्वर २ वडा कार्यालयले आज सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई साईकल वितरण गरेको छ । गाउँपालिका वडा नं २ ले असामुदायिक विद्यालयमा अध्ययरत दलित छात्र छात्रालाई साइकल वितरण गरेको हो । दलिलत परिवारका छोराछोरीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले वडाको बजेटबाट साईकल वितरण गरेको वडा अध्यक्ष रन बहादुर लिम्बुले जानकारी दिए […]

अध्यक्ष कप क्रिकेटः कनकाईलाई हराउँदै बाह्रदशी अन्तिम चारमा

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on अध्यक्ष कप क्रिकेटः कनकाईलाई हराउँदै बाह्रदशी अन्तिम चारमा.

मदरगाछ (झापा) । झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा बाह्रदशी गाउँपालिकाले कनकाई नगरपालिकालाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। झापा गाउँपालिका–७ स्थित जनकल्याण माविको मैदानमा आइतबार सम्पन्न खेलमा बाह्रदशीले कनकाईलाई निर्धारित लक्ष्यमा ७२ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको बाह्रदशीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै […]

हल्दिबारीमा सतासी बहुउद्देश्यीय सहकारी संस्थाको सेवा केन्द्रस्तरीय सभा

Published: in सहकारी, स्थानीय तह by . Leave a Comment on हल्दिबारीमा सतासी बहुउद्देश्यीय सहकारी संस्थाको सेवा केन्द्रस्तरीय सभा.

हल्दिबारी । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा अन्तरगत आजदेखि सेवा केन्द्रस्तरीय छलफल सुरु भएको छ । संस्थाको २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम १८औं वार्षिक साधारणसभा तथा छैटौ अधिवेशन कार्यक्रम आज हल्दिबारी सेवाकेन्द्रबाट सुरु गरिएको हो । प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले जारी गरेको साधारणसभा […]

पूर्वीद्वार सहकारीको ४ वटा सेवा कार्यालय आज एकसाथ उद्घाटन

Published: in समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on पूर्वीद्वार सहकारीको ४ वटा सेवा कार्यालय आज एकसाथ उद्घाटन.

मेचीनगर । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था मेचीनगरको आज चारवटा सेवा कार्यालय एकसाथ उद्घाटन भएको छ । धुलाबारीमा प्रधान कार्यालय रहेको संस्थाको चारवटा सेवा कार्यालयहरु मेचीनगर–२ को भृकुटी, मेचीनगर–६ को काँकरभिट्टा, मेचीनगर–८ को ईटाभट्टा र मेचीनगर–९ को खुट्टीडाँगीका सेवा कार्यालयहरुको आज एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको हो । चारवटै सेवा कार्यालयहरुको प्रत्येक वडाका […]

अध्यक्ष कप क्रिकेटः शिवसताक्षीलाई पराजित गर्दै बिर्तामोड विजयी

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on अध्यक्ष कप क्रिकेटः शिवसताक्षीलाई पराजित गर्दै बिर्तामोड विजयी.

मदरगाछ (झापा) । अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा बिर्तामोड नगरपालिकाले शिवसताक्षी नगरपालिकालाई पराजित गरेको छ। झापा गाउँपालिका ७ स्थित जनकल्याण माविको मैदानमा मंगलबार सम्पन्न खेलमा बिर्तामोडले शिवसताक्षीलाई ४९ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको बिर्तामोडले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । १४५ रनको विजयी लक्ष्य […]

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बिर्तामोडमा अभिमुखीकरण

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बिर्तामोडमा अभिमुखीकरण.

बिर्तामोड । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बिर्तामोडमा एक दिनको अभिमुखिकरण कार्यक्रम गरिएको छ । बिर्तामोड नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा आर्थिक वर्ष २०७८–७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत वडागत रुपमा छनोट भएका आयोजनाहरु सञ्चालन सम्बन्धी अभिमुखीकरण गरिएको हो । सो अवसरमा बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले नगरभित्रका उद्योग […]