कमल । झापाको कमल गाउँपालिकाले पूर्ण सरसफाई कार्यक्रमलाई तीब्रता दिएको छ । गत वर्षदेखि सरसफाई कार्यक्रम सञ्चालनमा ल्याइए पनि गाउँपालिकाका केही वडामा कार्यक्रम पुग्न सकेको थिएन । सो कार्यलाई निरन्तता दिँदै बिर्तामोडस्थित विराट सामुदायिक अध्ययन केन्द्रको साझेदारीमा पूर्ण सरसफाई कार्यक्रमलाई तीब्रता दिइएको हो । कार्यक्रमा भान्सा घरदेखि शौचालयसम्म पूर्णरुपमा सरसफाई हुनुपर्ने, प्रत्येक नागरिकले खानेपानी प्रणालीबाट […]
इटहरी । इटहरी उपमहानगरको आठौं नगरसभा सम्पन्न भएको छ । फागुन १४ गते सुरु भएको सभा चैत २ र ३ गरि तीन दिन वसेर सम्पन्न भएका हो । सभाले १ अर्व ९५ करोड ४० लाखको संसोधित पूरक आय ब्यय अनुमान पारित गरेको छ । यसैगरि विनियोजन ऐन संसोधन विधेयक र आर्थिक ऐन संसोधन विधेयक पारित […]
झापा । बिर्तामोडमा पहिलो पटक एनिमेसन सेन्टर संञ्चालनमा आएको छ । क्यामेराले खिच्न नसक्ने कुराहरु अब कम्प्युटरको माध्यमबाट स्क्रिनमा उतार्न सकिनेछ । कम्प्युटर एनिमेसनद्वारा भिडियो प्रोडक्सनको काम स्तरीय र प्रभावकारी हुनेछ । भिडियो विज्ञापनमा खासगरी यस्ता स्पेसल ईफेक्ट्सहरुको प्रयोग हुने गरेको छ । स्मार्ट प्रोडक्सनका सञ्चालक आशिष पौडेलले भिडियो खिचेर विज्ञापन बनाउन भन्दा एनिमेसन प्रयोग […]
कमल । दोस्रो चरणको खोप अभियान अन्तरगत चैत १ गतदेखि ५ गतेसम्म ६५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । नेपाल सरकारले ज्येष्ठ नागरिकलाई खोप लाउन सहज होस भन्ने उद्देश्यले पालिका स्तरमा नै खोप लगाउने व्यवस्था मिलाएको हो । आइतबारबाट सुरु गरिएको खोप अभियान अन्तरगत कमल गाउँपालिकामा ३ […]
झापा । शिवसताक्षी नगरपालिका झापामा जारी अन्तर पालिका स्तरिय कर्मचारी फुटबल नकआउट प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले हात पारेको छ । डोमालाल राजवंशी रंगशालामा दमक नगरपालिकालाई २–१ गोल अन्तरले हराउदै शिवसताक्षी नगरपालिका प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोगिताको उपविजेता दमक नगपालिकाका बनेको छ । उपाधि बिजेता शिवसताक्षी ले ५१ हजार मेडल ट्रफी र प्रमाणपत्र पाएको […]
भद्रपुर । संघीय शासन कार्यान्वयनमा आएपछि पहिलो पटक भद्रपुर नगर सरकार मातहतको खेलकुद विकास समितिले नगरपालिका भित्रका वडा स्तरीय नकाउट फुटवल प्रतियोगिता गर्ने भएको छ । “खेलकुद हाम्रो शान स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मुल नारा लिएर नगर खेलकुद विकास समिति भद्रपुरले २०७७ फागुन २७ गते देखि चैत ७ सम्म मेची रङगशाला भद्रपुरमा प्रथम […]
बिर्तामोड । बिर्तामोड नगरपालिकामा दोस्रो पटक वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा वडा न.७ स्थित शहीद नेत्र पार्क खेलमैदानमा फागुन २८ गते शुक्रबारदेखि प्रतियोगिता हुने अध्यक्ष टिका संग्रौलाले जानकारी दिएका छन् । प्रत्येक वडाका एक–एक गरी १० वटा टिमले सहभागिता जनाउने प्रतियोगिताका विजयी टिमले ७० हजार रुपैयाँ नगद पाउने […]
कमल । देशैभरी १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । यसैक्रममा “महिलाको सुरक्षा सम्मान र रोजगार संवृद्ध नेपालको आधार” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रममा झापाको कमल गाउँपालिकाले भने गत वर्षको भन्दा फरक तरिकाले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोवास गर्ने व्यवसायी […]
बिर्तामोड । झापाको बिर्तामोड -१ देवी पञ्चकन्या टोलमा ३६ फुट अग्लो कैलाशेश्वर महादेवको प्रतिमा स्थापना गरिएको छ । कलात्मक तथा सौन्दर्यताको हिसाबले प्रदेश १ कै ठूलो मानिएको उक्त मुर्ति महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २७ गते अनावरण गरिने सोमबार पत्रकार भेटघाट आयोजना गरेर जानकारी गराइएको हो । गुरु योजना बनाएर नमुना सडक, धार्मिक, पर्यटकिय स्थलको […]
बुद्धशान्ति । बुधबारे जेसीजले १ सय ११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर अति विपन्न परिवारकी सुत्केरी महिलालाई खाद्यान्य तथा पौष्टिक आहार सहयोग गरेको छ । सोमबार बुद्धशान्ति–३ की आर्थिक रुपमा विपन्न सुत्केरी महिला पूजा लोहार विक र उनका नवजात शिशुलाई खाद्यान्न तथा पौष्टिक आहार सहयोग गरेको हो । मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो […]