Sajhamanch Archive

इटहरी उपमहानगरपालिकाः दुई हप्तामा तीनवटा वडा कार्यालय शिलान्यास

Published: in स्थानीय तह by . Leave a Comment on इटहरी उपमहानगरपालिकाः दुई हप्तामा तीनवटा वडा कार्यालय शिलान्यास.

इटहरी । इटहरी उपमहानगरपालिकाले वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिएको छ । यहि आर्थिक वर्षमा आठ वटा वडामा वडा कार्यालय निर्माण गर्ने योजना छ । यसैक्रममा दुई हप्ताका बीचमा तीनवटा वडा कार्यालय भवन शिलान्यास गरिएको छ । वडा नम्वर ५,९ र ८ मा भवन शिलान्यास गरिएको हो । आज विहान उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले वडा […]

स्नातक तह अध्ययनका लागि गाउँपालिकाको ध्यानाकर्षण

Published: in समाज, स्थानीय तह by . Leave a Comment on स्नातक तह अध्ययनका लागि गाउँपालिकाको ध्यानाकर्षण.

विर्तामोड । स्नातक तह अध्ययनका लागि क्याम्पस स्थापना गर्न नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति झापा र बाह्रदशी गाउँ इकाई समितिले गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । नेबिसंंघ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीको नेतृत्वमा गाउँपालिका पुगेको टोलीले गाउँपालिकाका योजना अधिकृत तेजप्रसाद रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । जिल्ला अध्यक्ष उप्रेती र गाउँपालिका कार्यबाहक अध्यक्ष सञ्जय साहद्वारा हस्ताक्षर […]

कमल गाउँपालिकाको आयोजनामा लोक सेवाको तयारी कक्षा सुरु

Published: in समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाको आयोजनामा लोक सेवाको तयारी कक्षा सुरु.

कमल । झापाको कमल गाउँपालिकाले नगरका युवा युवतीहरुलाई लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको युवा लक्षित कार्यक्रम अन्तरगत साईवर स्पेस इन्स्चिउट सि.एस.सि.आई एजुकेशन फाउण्डेसन दमकको सहकार्यमा ४५ दिने निःशुल्क तयारी कक्षा दिन सुरु गरेको हो । गत वर्ष नै लोकसेवाको तयारी कक्षा सन्चालनका लागी बजेट विनियोजन गरेपनि विद्यार्थीको माग […]

भद्रपुरमा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरू

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरू.

भद्रपुर । भद्रपुरमा आजदेखि प्रथम मेयर कप वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरू भएको छ । भद्रपुर नगरपालिकाको आयोजनामा सुरू भएको प्रतियोगिताको उद्घाटन प्रदेशसभाका सदस्य वसन्त बानियाँले ब्याटिङ गरेर तथा नगरप्रमुख जीवनकुमार श्रेष्ठले बलिङ गरेर गरेका हुन् । श्याम राउतको अध्यक्षतामा आयोजित प्रतियोगिता उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठ र प्रमुख अतिथि बानियाँले शुभकामना प्रदान गरेका थिए । […]

दमक नगर विकास पत्रकारिता पुरस्कारद्वारा पत्रकार पोख्रेल पुरस्कृत

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on दमक नगर विकास पत्रकारिता पुरस्कारद्वारा पत्रकार पोख्रेल पुरस्कृत.

दमक । दमकका क्रियाशील पत्रकार विष्णुप्रसाद पोखरेललाई दमक नगर विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । आठौ नगरसभाको अवसर पारेर दमक नगरपालिकाले उनलाई नगद रु २१ हजारसहित पुरस्कृत गरेको हो ।करिव दुई दशकदेखि दमकलाई कार्यथलो वनाएर काम गरिआएका उनी प्रभावकारी अनलाईन न्यूज पोर्टलका सम्पादक हुन् । पुरस्कार राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहाल, प्रदेश सभा सदस्य […]

शिवसताक्षीमा तेस्रो मेयर कप फागुन १७ गतेबाट सुरु हुने

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा तेस्रो मेयर कप फागुन १७ गतेबाट सुरु हुने.

शिवतसाक्षी । झापाको शिवसताक्षीमा तेस्रो शिबसताक्षी मेयर कप आगामी फागुन १७ गतेबाट संचालन हुने भएको छ । बिहीकार नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गरी नगर खेलकुद विकास समितिले आगामी १७ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको हो । प्रतियोगिता विभिन्न ८ बिधामा १७ वटा खेल संचालन हुने नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङले जानकारी […]

भद्रपुरमा फागुन ७ गतेबाट क्रिकेट प्रतियोगिता हुने

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा फागुन ७ गतेबाट क्रिकेट प्रतियोगिता हुने.

भद्रपुर । भद्रपुर नगरपालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरिने भएको छ । प्रथम मेयर कप नाम दिइएको प्रतियोगितामा भद्रपुरका १० वटै वडा बीच प्रतिष्पर्धा हुने गरी क्रिकेट प्रतियोगिता हुन लागेको हो । चन्द्रगढी स्थित मेची रङ्गशालामा हुने प्रतियोगिताको मुल उद्देश्य स्थानीय खेलाडीको उत्पादन तथा क्रिकेट खेलको विकास रहेको आदर्स क्रिकेट एकेडेमीका तुलसी कार्कीले जानकारी दिए […]

कम्युनिष्ट योद्धा चौधरी घर पसे

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on कम्युनिष्ट योद्धा चौधरी घर पसे.

बिर्तामोड । २०२८ सालका कम्युनिस्ट योद्धा टंकप्रसाद चौधरीका लागि निर्माण गरिएको घर आज सरस्वती पूजाको दिन एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ। बिर्तामोडका ४ बिदुर तिवारीले योद्धा चौधरीलाई ५ दशमलव ५ धुर जग्गा निशुल्क उपलब्ध गराएका थिए । बिर्तामोडका नगरप्रमुख ध्रुबकुमार शिवाकोटी र उपप्रमुख पबित्रा महतरा प्रसाईले चौधरीलाई घर हस्तान्तरण गरेका हुन् । चौधरी २०२८ […]

म कुनै गुटमा सामेल हुन्नः नगरप्रमुख चौधरी

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on म कुनै गुटमा सामेल हुन्नः नगरप्रमुख चौधरी.

इटहरी । इटहरी उपमहानगर पालिकाका प्रमुख द्वारिकलाल चौधरीले दल विशेषमा हुने राजनीतिक विग्रहले इटहरीको विकासमा कुनै असर नपार्ने दावी गरेका छन् । आज वडा नं ९ को कार्यालय भवन शिलान्यास गर्दै नगरप्रमुख चौधरीले इटहरीको विकासमा कुनै असर नगर्ने बताएका हुन् । उनले आफ्नो उपस्थिति कुनै समूहको भेला र वैठकमा नभएको पनि प्रष्ट पारेका छन् । […]

देवकोटामा सरस्वतीको मन्दिर शिलान्यास

Published: (Updated: ) in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on देवकोटामा सरस्वतीको मन्दिर शिलान्यास.

बिर्तामोड । बिर्तामोड ९ स्थित देवकोटा आधारभुत विद्यालयमा सरस्वतीको मन्दिर शिलान्यास गरिएको छ। सरस्वती पुजाको अवसरमा आज एक कार्यक्रमको बिच बिर्तामोड नगरपालिकाका प्रमुख धुर्व कुमार शिवाकोटी र उप प्रमुख पवित्रा महतरा प्रसाईले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । स्थानीय युवाहरूको अगुवाइमा मन्दिर स्थापना र विद्यालयको भौतिक संरचना व्यवस्थापन गरिने बताइएको छ। विद्यालयमा फुलबारी व्यवस्थापन ,कक्षाकोठा […]