Sajhamanch Archive

शिवसताक्षी नगरपालिकाको सातौं नगरसभा सुरु

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकाको सातौं नगरसभा सुरु.

 शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको साँतौ हिउँदे नगरसभा सुरु भएको छ । आइतबारबाट नगरकार्यपालिकाको कार्यालय ब्याङ्गडाँडामा नगरपालिकाको साँतौ हिउँदे नगरसभा सुरु भएको हो । नगरसभाको उद्घाटन गर्दै मेयर चन्द्रकुमार सेर्माले नगर सभामा नगरपालिका भित्र गरिएका आवश्यक पूर्वाधार विकासका कामहरु, पर्यटन क्षेत्रका कामहरु समिक्षा गरिने बताए । कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरण स्थानीय बासीको रोगबाट संक्रमण […]

कमल गाउँपालिकामा कृषि प्रदर्शनीः कृषकलाई प्रविधिसँग जोड्न मन्त्री रानाको सुझाब

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा कृषि प्रदर्शनीः कृषकलाई प्रविधिसँग जोड्न मन्त्री रानाको सुझाब.

कमल । नम्वर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले किसानहरुले परम्परागत रुपमा खेती गर्दै आएकाले उनीहरुलाई आधुनिक प्रविधिबाट खेती सुझाएका छन् । कमल गाउँपालिकाको आयोजना तथा कृषि ज्ञान केन्द्र झापा र आई.पि.एम. आलु ब्लक सन्चालन समितीको व्यवस्थापनमा कमल गाउँपालिकामा सम्पन्न कृषि मेला प्रदर्शनी तथा आलु महोत्सव २०७७ को अवलोकन पछि आफ्नो मन्तव्यका […]

४० वर्षमुनिका महिलाले विदेश भ्रमणमा जानुअघि वडाको सिफारिस लिनुपर्ने

Published: in परदेश (प्रवास), स्थानीय तह by . Leave a Comment on ४० वर्षमुनिका महिलाले विदेश भ्रमणमा जानुअघि वडाको सिफारिस लिनुपर्ने.

काठमाडौं । विदेश भ्रमण जाने ४० वर्ष मुनिका महिलाले अबदेखि वडा कार्यालयबाट सिफारिस लिनुपर्ने भएको छ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको हो । विभागले अध्यागमन कार्यविधि, २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको विभागका प्रवक्ता टेकनारायण पौडेलले जानकारी दिए । ‘मानव तस्करी बढेको, […]

भद्रपुरमा निर्माणको दशकमा पनि शीत भण्डार सञ्चालनमा आएन

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on भद्रपुरमा निर्माणको दशकमा पनि शीत भण्डार सञ्चालनमा आएन.

भद्रपुर । भद्रपुर नगरको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संरचनाका रूपमा रहेको निर्माणाधीन शीत भण्डार दशकयता अलपत्र परेको छ । भद्रपुरको उन्नतिमा एउटा इटा बन्न सक्ने कोल्ड स्टोरेज (शीतभण्डार) निर्माणको दशक बितिसक्दा पनि सञ्चालनमा आउन नसकेर अलपत्र परेको हो । नेपालस्थित भारतीय दुतावासमार्फत नेपालकै पूरानो तथा झापाको पहिलो नगर भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका लागि २०६७ […]

पोखरा महानगरपालिकाको आठौं नगरसभा, पाँचवटा नयाँ ऐन टेबुल

Published: in स्थानीय तह by . Leave a Comment on पोखरा महानगरपालिकाको आठौं नगरसभा, पाँचवटा नयाँ ऐन टेबुल.

पोखरा । पोखरा महानगरपालिकाको आठौं नगरसभामाविधान सभाले पाँचवटा नयाँ विधेयक टेबुल गरेको छ । आईतबार शुरु भएको नगरसभामा पाँच नयाँसहित १७ वटा विधेयक संशोधनको लागि प्रस्ताव गरिएको छ । नयाँ विधेयकमा कृषि ऐन २०७७, पूर्वाधार विकास निगम ऐन २०७७, बातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, पर्यटन विकास ऐन २०७७, गैरसरकारी संस्था परिचालन निर्देशिका २०७७, […]

ग्लोबल आइएमइ बैंकद्वारा १०० परिवारलाई न्यानो कपडा वितरण

Published: (Updated: ) in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on ग्लोबल आइएमइ बैंकद्वारा १०० परिवारलाई न्यानो कपडा वितरण.

मेचीनगर । ग्लोबल आइएमइ बैंकले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सवको अवसर पारेर असाहाय तथा न्यून आर्थिक अवस्था भएका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमइ बैंक चारआली शाखाको आयोजनामा आज मेचिनगर नगरपालिका वडा नं.१२,१३ र १४ का १०० परिवारलाई ब्ल्यान्केट वितरण गरेको हो । बैंकका चारआली शाखा प्रबन्धक […]

हेटौडा बस टर्मिनल निर्माणका लागि उपमहानगरपालिका र नगर विकास कोषबीच २० करोड ६९ लाख ऋण सम्झौता

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on हेटौडा बस टर्मिनल निर्माणका लागि उपमहानगरपालिका र नगर विकास कोषबीच २० करोड ६९ लाख ऋण सम्झौता.

हेटौडा । व्यावसायिक क्रियाकलापलाई विस्तार तथा व्यापारिक केन्द्रको रुपमा विकास गराउने उद्देश्यले हेटौडामा २०७७ माघ २१ गते हेटौडा उपमहानगरपालिका र नगर विकास कोष बीच हेटौडा बस टर्मिनल भवन निर्माणका लागि ऋण सम्झौता सम्पन्न गरिएको छ । हेटौडा बस टर्मिनल भवन निर्माणका लागि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतबीच २० करोड […]

कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

Published: in समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु.

कमल । झापाको कमल गाउँपालिकामा सोमवारबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले कार्यक्रममा सुचिकृत श्रमिकलाई प्रदान गरिने अभिमुखिकरण तालिमको शुभारम्भ गरेकी छिन् । कार्यक्रममा सुचिकृत बेरोजगार व्याक्तिहरु मध्ये बेरोजगारको सुचि निर्धारण तथा प्राथमिकिकरणमा परेका बेरोजगार व्याक्तिलाई प्राथमिकताका आधारमा पहिलो पटक श्रममा खटाएको कमल गाउँपालिकाका रोजगार संयोजक भरत तिवारीले जानकारी दिए […]

शहीद धर्मभक्त माविमा अवरुद्ध पठनपाठन सुचारु

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on शहीद धर्मभक्त माविमा अवरुद्ध पठनपाठन सुचारु.

कमल । झापाको कमल गाउँपालिका ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयमा शिक्षकले छात्रामाथि गरेको अनैतिक व्यवहार विरुद्ध विद्यार्थीले गरेको आन्दोलका कारण अवरुद्ध पठनपाठन आजबाट नियमितरुपमा सञ्चालन भएको छ । छात्रामाथि अनैतिक व्यवहार गर्ने दुईजना शिक्षकलाई हदैसम्मको कानूनी कार्वाहीको माग गर्दै विद्यार्थीले गरेको आन्दोलनका कारण तीन दिनदेखि पठनपाठन हुन सकेको थिएन । पिडीत छात्रालाई न्याय दिलाउन […]

बसाइँसराइ राेक्न गाउँपालिकाकाे याेजना : ‘जानेलाई बाईबाई, आउनेलाई एक दुहुना गाई’

Published: in समाज, स्थानीय तह by . Leave a Comment on बसाइँसराइ राेक्न गाउँपालिकाकाे याेजना : ‘जानेलाई बाईबाई, आउनेलाई एक दुहुना गाई’.

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा मानिसहरु सहरबाट गाउँतर्फ बसाइँ सर्न थालेका छन् । बसाइँसराइ रोक्नका लागि गाउँपालिकाले सञ्चालन गरेको दुहुना गाई उपहार कार्यक्रममा आर्कषित भएपछि मानिसहरु गाउँमा कृषि खेती गर्न बसाइँ सर्न थालेका हुन् । गएको आर्थिक वर्ष २०७६/०७७ बाट गाउँपालिकाले बसाइँ सरेर जानेलाई ‘जानेलाई बाई–बाई, आउनेलाई एक दुहुना गाई अनुदान’ कार्यक्रम सुरु गरेको […]