मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ नयाँबस्तीमा गर्भवती महिलालाई निःशुल्क क्यालसियम चक्की वितरण तथा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेचीनगर नगरपालिका वडा नं.१२ तथा धाइजन स्वास्थ्य चौकीको संयुक्त आयोजना र कन्काई हस्पिटल बिर्तामोडको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १८५ जनाले स्वास्थ्य चेकजाँच गराएका थिए । उक्त शिविरमा जनरल मेडिसिन सेवा, […]
भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अब प्रत्येक वर्ष पुस ७ गतेलाई बालमैत्री घोषणा दिवसको रुपमा मनाउने निर्णय गरेको छ । बिहीबार सम्पन्न सातौं नगरसभाले पुस ७ गनेलाई बालमैत्री घोषणा दिवसको रुपमा मनाउने भनी गरिएको प्रस्तावलाई नगरसभाले पारित गरेको बताइएको छ । यही पुस ७ गते भद्रपुर नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको थियो […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १० को मंगलबारेमा शहरी स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र वडाध्यक्ष कर्णबहादुर थापाले उक्त भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भवन २७ लाख ५९हजार ७ सय १० रुपैयाको लागतमा निर्माण गरिएको शिवसताक्षी नगरपालकाले जनाएको छ । नगरको १० […]
अर्जुनधारा । बिर्तामोडस्थित धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो पाँचौं शाखा आजदेखि अर्जुनधारा १ खुदुनाबारीको सिस्नेमा सुरुवात गरेको छ । अर्जुनधारा नगरपालिका वडा नं. १ का वडाध्यक्ष गजाधर खतिवडाले कार्यालयको प्रवेशद्वारमा टाँगिएको रिवन काटेर संस्थाको सेवा केन्द्र उद्घाटन गरिदिएका हुन् । कार्यालयको उद्घाटन गर्दै वडाध्यक्ष खतिवडाले समाजको रुपान्तरणमा सहकारीको भूमिका अहम् हुने भएकाले आफ्नो वडा […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.१० मंगल चोकमा २१ दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । जनसचेत युवा समाज अर्जुनधारा नगरपालिका वडा नं.१० को आयोजनामा सुरु भएको तालिम आज सम्पन्न भएको हो । उक्त तालिमको सहजीकरण सञ्चारकर्मी हरिकृष्ण भण्डारी र विचार चौतारी युवा क्लबका कोषाध्यक्ष उत्सव भट्टराईले गरेका थिए । सो […]
बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिले शहीद दिवसको दिन भोलि माघ १६ गते खुल्ला मिनी म्याराथन दौड प्रतियोगिता गर्ने भएको छ। बिर्तामोड ८ देउनिया चोकदेखि बिर्तामोड नगरपालिकाको परिसरसम्म प्रतियोगिता गरिने समितिका अध्यक्ष टीका संग्रौलाले जानकारी दिएका छन् । महिला तथा पुरुष दौड प्रतियोगितामा १०० भन्दा बढीको सहभागिता रहने संग्रौलाले जनाएका छन् । लामो समयदेखि खेलकुदका […]
झापा । पछिल्लो समय पर्यटकहरुको आकर्षण बन्दै गरेको अर्जुनधारा १० स्थित कालीझोडा प्रबेश गर्ने मुख्य सडक खण्ड सेल्फिजोनमा सरसफाई गरिएको छ । कालिका युथ र स्थानीय संजिवनी महिला कृषि सशक्तिकरण समुहको सहभागितामा मंगलबार सरसफाई गरिएको हो । प्रत्येक १५ / १५ दिनमा सञ्चालन गरिदै आएको सरसफाई कार्यक्रममा करीव ४० जनाको सहभागीता रहेको थियो । प्रगती […]
बिर्तामोड । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा अनारमनी दुर्गा स्थान गुठीको जग्गा केशवप्रसाद विमलीले फिर्ता गरेका छन् । २०७७ माघ १२ गते भुमिसुधार तथा मालपोत कार्यालय झापामा उपस्थित भई विमलीले ‘हक छाड सनाखत’ गरी जग्गा फिर्ता गरेका हुन् । नेपाल सरकारको सहसचिव समेत रहेका विमलीले आमा टीकादेवी विमलीको नाममा मोही खरिद गरिएको जग्गा फिर्ता गरेको महान्यायाधिवक्ता […]
शिवसताक्षी । शिवसताक्षी न.पा. ११ दूधे स्थित आदर्श माग कालोपत्रे गरिएको छ । आइतबार नगरप्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीता राई, शिक्षा प्रमुख सुरेन्द्र दाहाल, इन्जिनिर कृष्ण राई, वडाध्यक्ष भैरवकुमार श्रेष्ठ लगायतको टोलीले संयुक्त रुपमा उक्त सडकको उद्घाटन गरेका छन् । शिवसताक्षी नगरपालिका र स्थानीय उपभोक्ताको साझेदारी कार्यक्रम अन्तर्गत सडक कालो पत्रे […]
कमल । झापाको कमल गाउँपालिकामा निशुल्क आयुर्वेदिक शिविर सम्पन्न भएको छ । कमल गाउँपालिकाको आयोजनामा वडा नम्वर ६ स्थित गेउरियामा बजारमा सम्पन्न शिविरमा ६३ जनाले सेवा लिएका कमल गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत ईन्द्र अर्यालले जानकारी दिए । शिविरमा नसर्ने रोग सुगर, प्रेसर, ग्याष्टिक, छालाको एलर्जी लगायतका विरामी बढीमात्रा आएका गाउँपालिकाले जनाएको छ । उनीहरुलाई स्वस्थ्य […]