इटहरी । सुनसरीलाई सडक मानव मुक्त बनाउन पुष १० गते इटहरीमा वृहत कार्यक्रम गरिने भएको छ । प्रदेश १ सरकारले प्रदेशलाई सडक मानवमुक्त वनाउने अभियान अन्तरगत सुनसरी जिल्लामा पुष १० गते कार्यक्रम गर्न लागिएको हो । इटहरी उपमहानगरका उपप्रमुख लक्ष्मी गौतमका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, सुनसरीका स्थानीय पालिकाहरु र मावन सेवा आश्रमको सहकार्यमा […]
भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका प्रदेश १ को पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनेको छ । आज भद्रपुरस्थित सिटी गार्डेनमा आयोजित एक समारोहका बीच प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले भद्रपुर नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका भएको घोषणा गरिदिएकी हुन् । घोषणासँगै भद्रपुर प्रदेश १ को पहिलो र देशको पाँचौं बालमैत्री […]
कमल । झापाको कमल गाउँपालिकामा डिजिटल माटो परिक्षण ल्याव सञ्चालनमा आएको छ । झापामा रहेका स्थानियतह मध्ये कमल गाउँपालिकाले पहिलो पटक डिजिटल प्रविधिद्वारा माटो परिक्षण ल्याव सञ्चालनमा ल्याएको हो । यस अधि कृषकको खेतको माटो परिक्षण गर्दा सामान्यतया नाईट्रोजन, फस्फोरस, जिंक, क्याल्सियम लगायतका तत्वमात्र परिक्षण गर्ने गरेको थियो । डिजिटल ल्याबबाट विरुवालाई आवश्यक पर्ने १४ […]
प्रदेश सरकार प्रदेश नं १ को असहाय सडक आश्रित मानव अन्त्य गर्ने नीति अनुरुप सामाजिक विकास मन्त्रालयको संयोजनमा र स्थानीय तहसँगको सहकार्यमा प्रदेश १ लाई असहाय सडक आश्रित मानव अन्त्य गर्ने अभियान अन्तर्गत झापा जिल्लालाई पौष ९ गते असहाय सडक आश्रित मानव अन्त्य घोषणा कार्यक्रम रहेकोले बिर्तामोड नगरपालिका क्षेत्रभित्र त्यस प्रकारका मानव भए सो सम्बन्धी […]
भद्रपुर । नेपालको पूरानो नगरपालिकाको इतिहास बोकेको भद्रपुर नगरपालिका प्रदेश १ को पहिलो बालमैत्री नगरका रूपमा पौष ७ गते घोषित हुने भएको छ । भद्रपुर नगरपालिकाले पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार पौष ७ गते बालमैत्री नगरका रूपमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले घोषणा गर्ने भएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले भद्रपुर नगरलाई […]
बिर्तामोड । झापामा आज थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १३ महिला र ८ जना पुरूष रहेका छन् । संक्रमित हुनेहरुमा बिर्तामोडमा ७ महिलासहित ८ जना, दमकमा २ जना महिला र २ जना पुरुष, शिवसताक्षीका १ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै […]
शिवसताक्षी । झापाको सिवसताक्षी नगरपालिका वडा नम्बर ३ मा आधारभुत स्वास्थ्य चौकी भवनको निर्माण हुने भएको छ । स्थानिय लायनबहादुर राईले ३ कठ्ठा जमिन उपलब्ध गराएपछि आधाभुत स्वास्थ्य चौकी भवनको निर्माण कार्य अघि बढेको हो । शनिबार एक कार्यक्रमका बीच आधारभुत स्वास्थ्य चौकी भवनको प्रदेश सभा सदस्य झलकसिं दर्लामी, नगर प्रमुख चन्द्रकुमार सेर्मा, उप प्रमुख […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । शिवसताक्षी नगरपालिका वडा ११ का ५० वर्षीय संक्रमितको शुक्रबार बिहान मृत्यु भएको हो । उनको नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको शिवसतासी नगरपालिका स्वास्थ्य शाखाका हेल्थ एसिस्टेन्ट संजय ठकुरीले जानकारी दिए । […]
झापा । झापामा आज थप १२ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ८ महिला र ४ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा ४ महिलासहित ८ जना, बिर्तामोड नगरपालिकामा २ जना महिला, भद्रपुर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा १-१ जना महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यसैगरी झापामा आज कोरोना […]
झापा । झापामा आज थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ८ महिला र ९ पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमकमा १३, गौरादह र कमल गाउँपालिकामा २/२ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा कोरोना संक्रमण हुनेको संख्या ४ हजार ३९१ रहँदा ३७७६ जना कोरोना संक्रमणमुक्त भएका छन् […]