शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले वडा कार्यालय भवनको शिल्यान्यास गरेको छ । बर्षौ देखि भवन अभावका कारण भाडामा बसेर वडाबासीलाई सेवा प्रदान गर्दै आईरहेको कार्यालयले आफ्नै भवन निर्माणकालागि शिल्यान्यास गरिएको हो । विहीबार शिवसताक्षी नगरपालिकाका नगर प्रमुख चन्द्र कुमार शेर्मा, उप प्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीता राई, वडा अध्यक्ष […]
झापा । झापामा आज थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार २० महिला र २४ पुरुषमा कोरोना पुष्टि भएको हो । झापाका संक्रमितहरुमा दमकमा १७, गौरादहमा ११, भद्रपुर र कमल गाउँपालिकामा ४-४ जना, बिर्तामोड र झापा गाउँपालिकामा २-२ जना रहेका छन्। त्यस्तै अर्जुनधारा, […]
दमक । दमक नगरपालिकाले नगरका कोरोना संक्रमितको उपचारका लागि कोभिड उपचार केन्द्र् सञ्चालनमा ल्याएको छ । पछिल्लो समय दमकमा कोरोना भाइरस संक्रमण अत्यधिक रुपमा बढेको र केही मानिसको मृत्यु समेत भएको हुँदा बेलगाँडीमा दमक अस्पताल मातहतको कोभिड उपचार केन्द्र स्थापना गरेको हो । लामो समयको तयारी पछि दमक २ स्थित भुटानी शरणार्थीहरुको रेखदेख तथा समन्वय […]
भद्रपुर । कोरोना भाइरस संक्रमण न्युनिकरणका लागि भद्रपुर नगरपालिकाले विभिन्न निर्णय गरेको छ । चाडबार्डको समयमा कोरोना भाइरस संक्रमण अत्यधिक बढेकाले सबैलाई सम्यम अपनाउन आग्रह गर्दै नगरपालिकाले संक्रमण न्युनिकरणका लागि २२ बुँदे निर्णय गरेको छ । कोभिड–१९ संक्रमण , रोकथाम सम्बन्धी जन चेतना वडा वडामा वडा समिति तथा टोल विकास संस्था मार्फत व्यापक प्रचार गर्ने […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेशनमा बसेका कोभिड–१९ संक्रमितलाई आपतकालीन अवस्थामा घरमै अक्सिजन र खाद्यान्न पुर्याउने निर्णय गरेको छ । नगरपालिकाकी कार्यवाहक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा बुधबार सम्पन्न कार्यपालिकाको बैठकले अति विपन्न नगरवासीका लागि संक्रमित भएर घरमाम बसेका बेला कुनै संकट नहोस् भनेर नगरपालिकाले न्यूनतम् १४ दिनका लागि पुग्ने खाद्य सामग्री राहतमा उपलब्ध […]
मेचीनगर । जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगर नगरपालिकाबाट अबैधरुपमा भारतबाट नेपाल तर्फ ल्याइदैँ गरेको काँच तथा तामाको भाडा, सुर्ती, र कुर्ता बरामद गरेको छ । प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चार लाख सत्तरी हजार रुपैयाँ बराबरको तामाको भाडा, सुर्ती, र कुर्ताहरु बरामद गरेको हो । बुधबार बरामद गरीएका उक्त समानहरु आवश्यक कारवाहीको लागि भद्रपुर […]
दमक । दमकको डाँफे मुनाल चोक परिसरको फुलको बगैचा भरि रहेको दिसासहितको फोहोर मैला सरसफाई गरेको छ । फुलको बगैचा भित्रको खाली स्थानमा जतासुकै रहेको दिसा, अन्य फोहोरको सरसफाई हेप्पी नेपाल र सानो प्रयास युवा समाज दमकले गरेको हो । हेप्पी नेपाल दमकका महासचिव सुरेन्द्र कुमार श्रेष्ठले डाँफे मुनाल चोकको फूलको बगैचामा सरसफाई गर्दै नगरपालिकाको […]
कमल । कमल गाउँपालिकामा रहेका वालबालिकाको वालअधिकार सम्वन्धि कार्यविधि तथा रणनीतिक योजना निर्माण सम्बन्धी सरोकारवालासँग सोमबार छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा बालबालिका को हुन् ? यिनिहरुको हेरचाह कसरी गर्ने ? स्थानीय तह र बालवालिका बीचको सम्बन्ध कस्तो रहने भन्ने विषयमा छलफल तथा अन्तरक्रिया भएको हो । त्यसैगरी कार्यक्रममा स्थानिय शासन कार्यान्वयन कार्यविधि […]
मेचीनगर । दुई महिनामा मेचीनगरमा दुईजना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । एक महिनाअघि इलामको माइ नगरपालिकाबाट आएका दिनानाथ लम्सालको सरुवा भएपछि आजदेखि मेचीनगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खेमराज ओझाले सम्हालेका छन् । आज नगर कार्यपालिकाको कार्यालय पुगेर ओझाले हाजिरी गरेका हुन् । ओझा यसअघि मोरङको रतुवामाइ नगरपालिकामा कार्यरत थिए । लम्सालको भने मोरङको रतुवामाइ […]
दमक । दमक नगरपालिका वडा नं.२ स्थित बेलडाँगीमा आइतबारदेखि कोरोना संक्रमितहरुको उपचारका लागि स्थापना गरिएको कोभिड उपचार केन्द्र सञ्चालनमा आएको छ । लामो समयको तयारीपछि दमक नगरपालिका वडा नं.२ स्थित भुटानी शरणार्थीहरुको रेखदेख तथा समन्वय गर्ने निकायको रुपमा रहेको शरणार्थी समन्वय इकाईको कार्यालय भवन पुनर्निर्माण गरी कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याईएको नगरपालिकाले जनाएको छ । […]