Sajhamanch Archive

झापामा थप ७६ जनामा कोरोना, तीनजना संक्रमितको निधन

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ७६ जनामा कोरोना, तीनजना संक्रमितको निधन.

झापा । झापामा आज थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने तीनजना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागार्ईंका अनुसार झापामा आज २८ महिला र ४८ जना पुरुषमा संक्रमण भएको छ । झापाका संक्रमितहरुमा बिर्तामोडमा ७, कमल र गौरादहमा १५/१५, दमकमा १३, मेचीनगर र शिवसाताक्षीमा ३/३ […]

बिर्तामोडमा देउसी भैलो पूर्णतया बन्द, राष्ट्रिय परिचयपत्रको फोटो खिचाउने कार्य स्थगन हुनसक्ने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा देउसी भैलो पूर्णतया बन्द, राष्ट्रिय परिचयपत्रको फोटो खिचाउने कार्य स्थगन हुनसक्ने.

झापा । बिर्तामोड नगरपालिकाले कोरोना संक्रमणको बढ्दो दर अनि दिन प्रतिदिन भइरहेको मानवीय क्षतिको विश्लेषण गर्दै आसन्न तिहारमा नगरक्षेत्रमा देउसी भैलो पूर्णतया बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिका संयोजक नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले योसहित ११ बुँदे निर्णय गरेको हो । दीपावली, छठ, […]

झापामा २३ महिलासहित थप ७५ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा २३ महिलासहित थप ७५ जनामा कोरोना.

झापा । झापामा शनिबार एकैदिन ७५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा २३ महिला र ५२ जना पुरुष रहेका छन् । दमकमा ६ महिला र २१ पुरुष गरी २७ जना, बिर्तामोडका ४ महिला र १० पुरुष गरी १४ जना संक्रमित थपिएका छन् ।  कोरोना संक्रमणबाट बिर्तामोडमा एक बृद्ध र एक महिलाको शुक्रबार राति मृत्यु […]

शिवसताक्षीकी युवतीको कोरोनाका कारण मृत्यु, मृतकको संख्या ४ पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीकी युवतीको कोरोनाका कारण मृत्यु, मृतकको संख्या ४ पुग्यो.

शिवसताक्षी । झापा शिवसताक्षीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ६ की २५ वर्षीय सृजना काफ्लेको कोरोनाका कारण मृत्यु भएको हो । उनको शुक्रबार राती नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको शिवसताक्षी नगरप्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए । उनको स्वास्थ्यमा समस्या आएपछि नोवेल अस्पताल विराटनगर लगिएको थियो […]

झापामा थप ७२ जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ७२ जनामा कोरोना.

झापा । आज झापामा थप ७२ जना कोरोना संक्रमित थपिएका छन् ।जसमा ३३ महिला र ३९ पुरुष रहेका छन । संक्रमितहरुमा दमकका ११ महिला र १२ पुरुषसहित २३ जना, बिर्तामोडका १४ महिला र ५ पुरुषसहित १९ जना छन् । संक्रमितमध्ये दमकमा २ जना र बिर्तामोडमा ३ जना स्वास्थ्यकर्मी रहेका छन् । यस्तै, मेचीनगरमा ३ जना […]

धाइजनमा कोभिड अस्पताल बनाउन कार्यदलको सिफारिस

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on धाइजनमा कोभिड अस्पताल बनाउन कार्यदलको सिफारिस.

मेचीनगर । मेचीनगरको कोभिड-१९ संक्रमण नियन्त्रण कार्यदलको बैठकले मेचीनगर नगरपालिका वडा नं.११ मा रहेको धाइजन स्वास्थ्य चौकीलाई नै अक्सिजन सुविधा र चिकित्सक सेवासहितको कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । यसअघि मेचीनगर नगरपालिका वडा नं.१० स्थित धुलावारीको मेची आम्दा अस्पताललाई सुविधा सम्पन्न कोरोना अस्पतालको रुपमा स्तरोन्नति गर्न माग गर्दै मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाइएको थियो […]

कोरोना संक्रमणका कारण वडाध्यक्षको निधन

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणका कारण वडाध्यक्षको निधन.

काठमाडौंः कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो। कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता समेत थिए। ६३ वर्षीय शाहको शुक्रबार विहान ६ बजेर २५ बजे मृत्यु भएको सेती […]

मेचीनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु.

मेचीनगर । झापाको मेचीनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.१० की ४२ वर्षिया महिला रहेकी छन् । उनको आज बिहान ५:५० बजे नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासको समस्या भएर ती महिलालाई कात्तिक ८ गते विराटनगर लगिएको थियो । मेचीनगरमा कोरोना संक्रमणबाट हिजो मात्र […]

दमकमा कोरोना संक्रमित युवतीद्वारा आत्महत्या, अर्का एकजना संक्रमित उपचारको क्रममा मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दमकमा कोरोना संक्रमित युवतीद्वारा आत्महत्या, अर्का एकजना संक्रमित उपचारको क्रममा मृत्यु.

झापा । झापा दमकमा कोरोना संक्रमित युवतीले आत्महत्या गरेकी छिन् । कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि दमक ५ की एक युवती आफै सुत्ने कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन् । २२ वर्षिया दीक्षा लिम्बुले गएराति झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। लिम्बु संक्रमण पुष्टि भएपछि दुई दिनदेखि होम आइसोलेसनमा रहेकी थिईन […]

झापामा थप ६६ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ६६ जनामा कोरोना.

बिर्तामोड । झापामा पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २८ जना महिला र ३८ जना पुरुष रहेका छन् । दमकमा १४ महिला र १६ पुरुष गरी ३० जनामा, बिर्तामोड नगरपालिकामा ४ महिला र ८ पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । भद्रपुर […]