काठमाडौं। पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४२४ नमुनामध्ये १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणा गर्दा १०२ गरी १३६ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संख्या ४०१ पुग्यो भने ३२ जना संस्थागत आइशोलेशनमा, […]
भद्रपुर । सिरूवा पर्वको अवसर पारेर भद्रपुरमा आदिवासी राजवंशी संग्राहालय निर्माण थालनी गरिने भएको छ । भद्रपुर ६ मा ७ कठ्ठा क्षेत्रफमा ५ करोड बढी लगानीमा पूर्वी तराइका आदिवासी राजवंशी समुदायको सम्पूर्ण पहिचान झल्कने गरी संग्रालय निर्माण गरिने भएको हो । भद्रपुर नगरपालिका भित्र क्रियाशील आदिवासी राजवंशी भाषिक साँस्कृतिक विकास प्रतिष्ठान, राजवंशी समाज विकास समिति, […]
भद्रपुर । ६ वर्षदेखि निर्माण कार्य रोकिएको झापा जिल्लाकै गौरवको आयोजना गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण कार्य अगाडि बढ्ने भएको छ । गणतन्त्र नेपालको प्रतीकका रूपमा ७ वर्ष अगाडि निर्माण थालिएको सो भवन निर्माण सम्पन्न गर्ने मितिसमेत गुज्रिएर अलपत्र परेको छ । भद्रपुर नगरप्रमुख गणेश पोखरेलले काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको सहकार्यमा संघीय मामिला मन्त्रालय मार्फत […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी बैशाख ३ गते आइतबार सिरुवा पर्वको अवसरमा स्थानीय विदा दिनेलगायत आधा दर्जन रचनात्मक काम गर्ने निर्णयहरु गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले सिरुवा पर्वको अवसरमा उक्त दिन विदा दिने निर्णय गरेको हो । बैठकले बैशाख ३ गते नियमितरुपमा सिरुवा पर्वको स्थानीय दिने […]
मेचीनगर । भारतका पर्यटन अभियन्ता सुप्रितम राजवशुले मानव जाति जतिसुकै विकसित छु भने पनि चेतनामा कमी आउँदै गएको जिकिर गरेका छन् । बुधबार ग्रिन जेनेरेशन झापाले मेचीनगर–४ स्थित हात्ती रिसोर्टमा आयोजना गरेको मानव र हात्तीबीचको सहअस्तित्व सम्बन्धी तीन दिने तालिम उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि राजवशुले यस्तो बताएका हुन् । ‘दुनियाँ मानवका लागि मात्र हो’ […]
अर्जुनधारा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन सुरु भएको छ । प्रतियोगिताको अडिसन आज बुधबारबाट सुरु भएको हो । पहिलो चरणमा अर्जुनधारा १, २ र ३ नम्बर वडाका लागि अडिसन सम्पन्न भएको हो । खुदुनाबारी बजारस्थित जनता माध्यमिक बिद्यालयको सभाहलमा भएको पहिलो चरणको अडिसनबाट २६ जना प्रतियोगी दोस्रो चरणका लागि छनोट भएका छन् । […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा बारुण यन्त्र (दमकल) आज नगरपालिपकाको कार्यालयमा आइपुगेको छ। शिवसताक्षी नगरपालिकाका नगरप्रमुखले आफु निर्वाचित भएपछि पदभार ग्रहणका क्रममा नगरबासीको जन धनको क्षतिलाई जोगाउनका लागि दमकल खरिदको पहिलो निर्णय गरेका थिए । नगर प्रमुखले गरेको निर्णय कार्यन्वयनमा आएको छ । भारतको दिल्लीमा दमकल निर्माण गरी आज नगरपालिकामा ल्याइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । […]
भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिले बहुदलीय प्रजातन्त्र पुनःस्थापन दिवशको अवसर पारेर विचार गोष्ठी गरेको छ । नगर सभापति रामबहादुर कँडेलको सभापतित्व तथा केन्द्रीय सदस्य शुशिला ढकालको प्रमुख आतिथ्यमा भद्रपुरमा विचार गोष्ठी सम्पन्न गरिएको हो । काँग्रेसमा आबद्ध नगरका अगुवा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा बहुदलीय व्यवस्थाले आमूल परिवर्त ल्याए पनि नागरिकको जीवनस्तर उकास्न सक्ने […]
भद्रपुर । चन्द्रगढी खानेपानी तथा सरसफाई उपभोक्ता समिति भद्रपुर १० को २० औ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरिएको छ । साविकको चन्द्रगढीमा रहेर भद्रपुर नगर क्षेत्रकै सर्वाधिक उपभोक्तालाई पिउने पानी वितरण गरिरहेको समितिले परिषद भेला मार्फत वार्षिक साधारणसभा सम्पन्न गरेको हो । भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा समितिका अध्यक्ष पुरुषोत्तम […]
शिवसताक्षी । झापाको विर्तामोडमा जारी अन्तर पालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले जितेको छ । मेची नगरपालिकालाई ४–३ गोल अन्तरले हराउँदै शिवसताक्षीले उपाधि जितेको हो । उपाधि जीतेसँगै शिवसताक्षीले नगद ६५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको हो । त्यस्तै उपविजेता बनेको मेची नगर नगरपालिकाले ४० हजारमा चित्त बुझाउनु पर्यो । खेलको […]