Sajhamanch Archive

स्थानीय तहमा कर्मचारी अभाव

Published: in मिडियाबाट साभार, स्थानीय तह by . Leave a Comment on स्थानीय तहमा कर्मचारी अभाव.

काठमाडौं । सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा कुल बजेटको २६.५ प्रतिशत बजेट स्थानीय तहमा पठाएको छ । प्रतिस्थानीय तहमा सङ्घ र प्रदेश सरकारको वित्तीय हस्तान्तरणसँगै, विभिन्न मन्त्रालयका बजेट आफ्नै स्रोत र विकास साझेदारी निकायको संस्थाको समेत […]

झापामा थप ६४ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ६४ जनामा कोरोना.

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ३४ महिला र ३० पुरुष रहेका छन् । संक्रमित हुनेहरूमा भद्रपुरमा ६ महिला,३ पुरुष ,विर्तामोडमा ९ महिला,८ पुरुष, अर्जुनधारामा १ महिला, बुद्धशान्तिका १ पुरुष, बाह्रदशीका १ पुरुष,कमलका १ महिला, मेचीनगरका ४ महिला, दमकका १२ महिला,१४ पुरुष, कनकाईका १ […]

शिवसताक्षीको व्याङ्गडाँडा पूर्व कनकाई नदिमा झोलुङ्गे पुलको शिल्यान्यास

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीको व्याङ्गडाँडा पूर्व कनकाई नदिमा झोलुङ्गे पुलको शिल्यान्यास.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका ७ को कनकाई नदीमा झोलुङ्गेको शिल्यान्यास भएको छ । नगरको ७ वडाको लालपानी चन्द्रडाँगी जोड्ने कनकाईमा झोलुङ्गे पुलको निर्माणका लागि प्रदेश सभा २ का सदस्य हिरा थापा र शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । पुल शिलान्यासका क्रममा प्रदेश सांसद हिरा थापाले जनताका अन्य समस्याहरुलाई पनि […]

बुद्धशान्तिका अध्यक्ष भुजेललाई कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बुद्धशान्तिका अध्यक्ष भुजेललाई कोरोना.

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेललाई कोरोना संक्रमण पुष्टि भएको छ । छातीमा समस्या आएपछि उनी विराटनगरको नोवेल अस्पतालमा भर्ना भएका थिए । स्वाब परीक्षण गर्दा अध्यक्ष भुजेललाई कोरोना पोजेटिभ देखिएको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताए । अध्यक्ष भुजेलको स्वास्थ्य अवस्था अहिले सामान्य छ । अध्यक्ष भुजेलसँग सम्पर्कमा आएका र बुद्धशान्तिमा […]

झापामा स्वास्थ्यकर्मीसहित थप ४८ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा स्वास्थ्यकर्मीसहित थप ४८ जनामा कोरोना.

बिर्तामोड । झापामा थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १९ महिला र २९ पुरुष रहेका छन् । भद्रपुरमा ६ महिला, ९ पुरुष, बिर्तामोडमा ६ महिला, ५ पुरुष, गौरादहमा ३ महिला, ३ पुरुष, मेचीनगरमा ३ महिला, ७ पुरुष थपिएका छन् । त्यस्तै, अर्जुनधारा, दमक, कमल र बुद्धशान्तिमा एक-एक पुरुष र झापा […]

मेयर शेर्माद्वारा ऐतिहासिक हनुमान मन्दिरको उद्घाटन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on मेयर शेर्माद्वारा ऐतिहासिक हनुमान मन्दिरको उद्घाटन.

कमल । शिवसताक्षी नगरपालिका वडा नम्वर ६ शिवगञ्जमा रहेको ऐतिहासिक हनुमान मन्दिरका उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच पुन निर्मित मन्दिरको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले उद्घाटन गरेका हुन् । विक्रम सम्वत् २०३२ सालमा निर्माण भएको ऐतिहासिक हनुमान मन्दिर २०७२ साल बैशाख १२ गते आएको महाभुकम्पका कारण क्षतिग्रस्त भएको थियो । मन्दिरको पुनः […]

मेचीनगर १२ ले बाँड्यो वडावासीलाई बिउबिजन र एकल महिलालाई झुल

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगर १२ ले बाँड्यो वडावासीलाई बिउबिजन र एकल महिलालाई झुल.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ ले एकल महिलालाई झुल र वडावासीलाई बिउबिजन वितरण गरेको छ । वडा कार्यालयको बजेटमार्फत २०० जना एकल महिलालाई झुल तथा २ हजार कृषकलाई तरकारीका बिउबिजन वितरण गरेको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले सबै वडावासीलाई वडामा बोलाएर बाँढ्दा जोखिम हुने भएकाले टोल सुधार समितिमार्फत झुल […]

गाउँपालिका अध्यक्ष भूजेललाई बिर्तासिटीबाट नोबेल रेफर

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on गाउँपालिका अध्यक्ष भूजेललाई बिर्तासिटीबाट नोबेल रेफर.

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भूजेललाई छातीको संक्रमणका कारण बिर्तासिटी हस्पिटलबाट नोबेल हस्पिटल रेफर गरिएको छ । बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले विगत ४ दिनदेखि बिरामी रहेका उनलाई बिर्तासिटी अस्पताल भर्न गरिएको र त्यहाँ एक्सरेमार्फत छातीमा संक्रमण देखिएपछि नोबेल हस्पिटल विराटनगर रेफर गरिएको बताए । गाउँपालिका अध्यक्ष भूजेललाई कोरोना संक्रमण भएको भनेर […]

जनस्वास्थ्यका कर्मचारीसहित झापामा ४६ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on जनस्वास्थ्यका कर्मचारीसहित झापामा ४६ जनामा कोरोना.

बिर्तामोड । झापामा आज ४६ जनामा कोरोना पुष्टि भएको छ । ९ स्थानीय तहका १५ महिला र ३१ जना पुरुषमा कोरोना प्ष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार आज भद्रपुरमा १७, बिर्तामोडमा ७, अर्जुनधारामा २, बाह्रदशी, कमल र झापा गाउँपालिकामा १–१, दमकमा ६, गौरादहमा २ र मेचीनगरमा ९ जना रहेका छन् । संक्रमितमध्ये ३ […]

खुदुनाबारीमा एनएमसी कोपसप सञ्चालनमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी, स्थानीय तह by . Leave a Comment on खुदुनाबारीमा एनएमसी कोपसप सञ्चालनमा.

अर्जुनधारा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको चौथो व्यवसाय एनएमसी कोपसपको सातौं पसल आजदेखि अर्जुनधारा नगरपालिका वडा नं. ३ खुदुनाबारी बजारमा सुरु गरिएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले कोपसप मार्टको मुख्यद्वारमा टाँगिएको रिवन काटेर पसलको उद्घाटन गरिदिएका हुन् । कोपसपको उद्घाटन गर्दै नगरप्रमुख रानाले डेढ वर्षको अन्तरालमा एनएमसीले अर्जुनधारालाई दुईवटा अमूल्य रत्न […]