Sajhamanch Archive

इलाममा पहिलोपटक कोरोना संक्रमितको मृत्यु

Published: in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on इलाममा पहिलोपटक कोरोना संक्रमितको मृत्यु.

इलाम । कोरोना भाइरसको संक्रमणबाट इलाममा पहिलोपटक १ जनाको मृत्यु भएको छ । मृगौलासम्बन्धी बिरामी भई नोवेल अस्पतालमा उपचाररत सूर्योदय नगरपालिकाका–८ की ८ वर्षीया बालिकाको शनिबार राति मृत्यु भएको हो । उनलाई गत मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालबाट घर ल्याउँदै गरेको अवस्थामा बालिकाको बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बालिकाको […]

बिर्ताबजारको दुर्गा मन्दिरको स्थानान्तरण

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on बिर्ताबजारको दुर्गा मन्दिरको स्थानान्तरण.

बिर्तामोड । निर्माणाधिन बिर्तामोड चन्द्रगढी सडकको क्षेत्रभित्र परेको बिर्ताबजारको ऐतिहासिक दुर्गा मन्दिरलाई आज स्थानान्तरण गरिएको छ । घटस्थापनाको अवसर पारेर धार्मिक विधि अनुसार दुर्गा भगवतीको मूर्तिलाई नयाँ मन्दिरमा स्थानान्तरण गरिएको हो । ६ जना पण्डितहरुद्वारा यज्ञ गराई शंखघण्टी ध्वनीसहित पञ्चे बाजा र स्थानीय बाजागाजा बजाएर मूर्तिलाई धार्मिक विधिबिधान बमोजिम नयाँ मन्दिरमा व्यवस्थित रुपमा स्थानान्तरण गरिएको […]

हलुवागढ कालिखोला पर्यापर्यटन क्षेत्र सर्वसाधारणका लागि खुला

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on हलुवागढ कालिखोला पर्यापर्यटन क्षेत्र सर्वसाधारणका लागि खुला.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.१स्थित हलुवागढ कालिखोला पर्यापर्यटन क्षेत्र सर्वसाधारणका लागि खुला गरिएको छ । शनिबार एक अनौपचारिक कार्यक्रममा उपस्थित सहभागीहरुमध्ये ज्येष्ठ नागरिक पदमबहादुर आचार्यलाई टिकट प्रदान गर्दै सो क्षेत्र सर्वसाधारणका लागि खुला गरिएको संकेत गरियो । स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले २०७५ साल भदौदेखि निर्माण कार्य सुरु गरेको उक्त क्षेत्रमा प्रवेशका […]

अर्जुनधारामा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारामा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.१० मा सात दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । वडा स्तरीय युवा परिषद् अर्जुनधारा नगरपालिका वडा नं.१० को आयोजना तथा अर्जुनधारा नगरपालिका वडा नं.१० को आर्थिक सहयोगमा असोज २५ गतेबाट सुरु भएको तालिम आज सम्पन्न भएको हो । पञ्चकन्या धाम सेवा समिति अर्जुनधारा नगरपालिका वडा […]

जयपुरमा खुल्यो पारिजात डिपार्टमेन्ट स्टोर

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, सहकारी, स्थानीय तह by . Leave a Comment on जयपुरमा खुल्यो पारिजात डिपार्टमेन्ट स्टोर.

बुद्धशान्ति । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर बुद्धशान्ति गाउँपालिकालाई समेत कार्यक्षेत्र बनाएको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले आजदेखि जयपुरमा सहकारी पसल सञ्चालनमा ल्याएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं. २ जयपुर चोकमा स्थापित पारिजात डिपार्टमेन्ट स्टोरको वडाध्यक्ष दिलिप श्रेष्ठले समुद्घाटन गरिदिएका हुन् । पसलको मुख्यद्वारमा टाँगिएको रिवन प्रमुख अतिथि श्रेष्ठ र संस्थाका अध्यक्ष कृष्ण पौडेलले […]

कोरोना संक्रमणबाट शिवसताक्षीका एक पुरुषको मृत्यु

Published: in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट शिवसताक्षीका एक पुरुषको मृत्यु.

शिवसताक्षी । झापाको शिवसताक्षीका एक पुरुष कोरोना संक्रमणबाट मृत्यु भएको छ । शिवसताक्षी ११ निवासी ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक क्यान्सरपीडित हुन् । क्यान्सरको उपचार गराइरहेका उनको शुक्रबार साँझ मात्र पीसीआरको रिपोर्ट पोजिटिभ आएको थियो । शिवसताक्षी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी संजय ठकुरीका […]

राजगढमा केमिकल तथा प्याकेजिङ उद्योग सञ्चालनमा

Published: in अर्थतन्त्र, स्थानीय तह by . Leave a Comment on राजगढमा केमिकल तथा प्याकेजिङ उद्योग सञ्चालनमा.

बाह्रदशी । दक्षिणी झापाको बाह्रदशीलाई स्मार्ट सिटीको रुपमा विकास गर्न त्यहाँका स्थानीयहरु नै लागिपरेका छन् । बाह्रदशी गाउँपालिका वडा नं. २ र ३ मा पर्ने राजगढ बजारलाई स्मार्ट सिटीको रुपमा विकास गर्र्ने गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजेट नै विनियोजन गरेको छ । गाउँपालिकाले समेत बजेट बिनियोजन गर्दै राजगढलाई स्मार्ट सिटीको रुपमा विकास गर्न […]

झापामा थप ३० जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ३० जनामा कोरोना.

झापा । झापामा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज जिल्लाका ९ पालिकामा संक्रमित थपिएका हुन् । सबैभन्दा बढी बिर्तामोडमा एकजना स्वास्थ्यकर्मीसहित ९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितको उमेर समूह २० देखि ५८ वर्षका छन् । त्यस्तै, भद्रपुरमा २ महिला र ५ पुरुष, दमकमा १ […]

नगरबासीलाई बिर्तामोड नगरपालिकाको अनुरोध

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on नगरबासीलाई बिर्तामोड नगरपालिकाको अनुरोध.

बिर्तामोड । कोरोना भाइरस संक्रमण दर उच्च गतिमा बढ्नु र नेपालीहरुले मनाउने मुख्य चाडपर्वहरु संघारमा आइपुग्दा झापाको बिर्तामोड नगरपालिकाले आज ८ बुँदे निर्णय गर्दै अत्यावश्यक सेवा बाहेक सबै सेवा कात्तिक ६ गतेसम्मका लागि बन्द गरेको छ । नगरपालिकाको आज बसेको बैठकले कात्तिक २ गतेदेखि ६ गतेसम्मका लागि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । […]

आदर्श चौकमा सार्वजनिक धारा जडान

Published: in समाज, स्थानीय तह by . Leave a Comment on आदर्श चौकमा सार्वजनिक धारा जडान.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको वडा नं.३ स्थित आदर्श चौकमा सार्वजनिक धारा जडान गरिएको छ । शहीद चन्द्र मार्ग हुँदै हल्दीबारी, जलथल जाने यात्रीहरुको सुविधाका लागि आदर्श चौकमा सार्वजनिक खानेपानीको व्यवस्था गरिएको हो । कुल ५५ हजार ७ सय रुपैयाँको लागतमा सो सावैजनिक धारा निर्माण गरिएको आदर्श चौक सार्वजनिक धारा निर्माण समितिका अध्यक्ष युवराज रोक्काले […]