Sajhamanch Archive

कोरोनाको कहरः विर्तामोडमा अतिआवश्यक बाहेकका कामकाज बन्द

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कोरोनाको कहरः विर्तामोडमा अतिआवश्यक बाहेकका कामकाज बन्द.

विर्तामोड । कोरोना संक्रमण तिब्र रुपमा बढ्न थालेपछि विर्तामोड नगरपालकाले अतिआश्यक बाहेकका कामहरु बन्द गर्ने निर्णय गरेको छ । विर्तामोड नगरकार्यापालिकाले आज बसेको बैठकले कार्तिक ६ गतेसम्मका लागि नगर तथा सम्पूर्ण वडाकार्यालयबाट प्रदान गरिने अतिआवश्यक काम बाहेक अन्य कामकाज बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले नगर क्षेत्र भित्रका बैंक वित्तिय संस्था तथा सहकारीहरुले प्रदान […]

कोरोना बढेपछि कार्तिक ६ सम्म नगर र वडा बन्द

Published: in स्थानीय तह by . Leave a Comment on कोरोना बढेपछि कार्तिक ६ सम्म नगर र वडा बन्द.

पथरीशनिश्चरे । जनप्रतिनिधि, स्वास्थ्य सहितका नगरका कर्मचारीमा समेत कोरोना संक्रमण बढदै गएपछि मोरङको पथरी शनिश्चरे नगरपालिका र वडा कार्यालयहरु आज शुक्रबारबाट कार्तिक ६ गतेसम्मका लागि बन्द गरिने भएको छ । कोरोना भाइरस जोखिम न्यूनीकरण नगरस्तरीय समन्वय समिति र पथरी शनिश्चरे नगर कार्यपालिकाको विहीवारको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको नगर प्रबक्ता यामप्रसाद गुरागाइले जनाए । उनले […]

सुनसरीमा निषेधाज्ञा जारी

Published: in स्थानीय तह by . Leave a Comment on सुनसरीमा निषेधाज्ञा जारी.

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जिल्लामा लागु हुने गरी विभिन्न क्षेत्र तोकी निषेधाज्ञा जारी गरेको हो । प्रशासनको निर्णय सँगै अब सुनसरीमा दलीय कार्यक्रम गर्न पाइने छैन् । प्रशासनका अनुसार जिल्लामा सभा, सम्मेलन, शुभकामना आदान प्रदानका साथै सामूहिक रुपमा भेलाजम्मा भई कुनै पनि कार्य […]

ज्यामिरगढीमा सशस्त्र प्रहरीकोे वोडर आउट पोस्ट स्थापना

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on ज्यामिरगढीमा सशस्त्र प्रहरीकोे वोडर आउट पोस्ट स्थापना.

मेचीनगर । सीमामा सुरक्षा तैनाथी बलियो बनाउँदै लगेको सशस्त्र प्रहरी बलले बिहीवार ज्यामिरगढीको कालिकाझारमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । बीओपीका लागि नगरपालिकाले जग्गा खोज्ने प्रक्रिया चलिरहेको छ । तर जग्गाको प्रक्रिया पूरा गर्न निकै समय लाग्ने भएकोले सीमा सुरक्षाको आवश्यकतालाई दृष्टिगत गरी हाललाई सुरक्षा चौकीको स्थापनालाई प्राथमिकता दिइएको सशस्त्र प्रहरी वलको प्रदेश […]

अर्जुनधारा नगरपालिकाद्धारा अत्यावश्यक सेवाबाहेकका सेवा बन्द

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारा नगरपालिकाद्धारा अत्यावश्यक सेवाबाहेकका सेवा बन्द.

अर्जुनधारा । समुदायमा कोरोना भाइरसको संक्रमण दैनिक बढ्न थालेपछि संकट निम्तिन सक्ने भन्दै अत्यावश्यक सेवाबाहेक अर्जुनधारा नगरपालिकाले अनिश्चितकालका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको छ । आजमात्र अर्जुनधारा नगरपालिका वडा नं.७ स्थित शंकर अस्पतालमा स्वास्थ्यकर्मी, बिरामी र कुरुवा गरी ९ जनामा संक्रमण पुष्टि भएपछि कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को बैठकले अनिश्चितकालका लागि अत्यावश्यक सेवाबाहेक कार्यालय […]

झापामा तीन स्वास्थ्यकर्मीसहित ५४ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा तीन स्वास्थ्यकर्मीसहित ५४ जनामा कोरोना.

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १९ महिला र ३५ पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरका ४ महिला, ३ पुरुष, बिर्तामोडका ७ महिला, २३ पुरुष, अर्जुनधाराका ६ महिला, ४ पुरुष, कन्काईका एक पुरुष, बुद्धशान्ति १ महिला, दमकका १ महिला, २ पुरुष, कमल […]

बुद्धशान्तिमा यात्रु सहायता कक्ष स्थापना

Published: in समाज, स्थानीय तह by . Leave a Comment on बुद्धशान्तिमा यात्रु सहायता कक्ष स्थापना.

बुद्धशान्ति । नजिकिँदै गरेका चाडपर्व दशैँ, तिहार, छठलाई लक्षित गर्दै झापाको बुद्धशान्तिमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। ट्राफिक प्रहरी पोस्ट बुधबारे कार्यालयले बुधबार यात्रु सहायता कक्ष स्थापना गरेको हो। दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय […]

मेचीनगरमा नगरप्रमख आचार्यसहित चारजनामा कोरोना संक्रमण पुष्टि

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा नगरप्रमख आचार्यसहित चारजनामा कोरोना संक्रमण पुष्टि.

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोराना संक्रमण भएको छ । कनकाई प्रयोगशालामा मङ्गलबार उनको पीसीआर गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको मेचीनगरका कोभिड फोकल पर्सन नविन बरालले जानकारी दिएका छन् । नगरप्रमुख आचार्यको परिवारका अरु दुई जना र काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडामा पनि कोराना पोजेटिभ देखिएको छ । नगरप्रमुख आचार्य […]

बुधबार झापामा थपिए ४१ कोरोना संक्रमित

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बुधबार झापामा थपिए ४१ कोरोना संक्रमित.

बिर्तामोड । पछिल्लो समय झापा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढ्न थालेको छ । बुधबार जिल्ला ४१ जना संक्रमित थपिएका छन् । जसमा १० महिला र ३१ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय फोकल पर्सन जीवन चौलागाईले बताए । भद्रपुर नगरपालिकामा मात्रै ९ कैदीबन्दीसहित १४ जना संक्रमित थपिएका छन् । मेचीनगरमा नगरप्रमुख विमल आचार्यसहित सात जनामा […]

मेचीनगर १३ का विपन्न परिवारलाई वडा कार्यालयबाट खाद्यान्न राहत

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगर १३ का विपन्न परिवारलाई वडा कार्यालयबाट खाद्यान्न राहत.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१३ ले गरिब, विपन्न तथा मजदूरलाई खाद्यान्न वितरण गर्न थालेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरको कारणले रोजगार विहीन भएर बिहान बेलुका हातमुख जोड्न गाह्रो भएका विपन्न नागरिकहरुलाई खाद्यान्न वितरण थालिएको हो । संघारमा रहेको दशैं, तिहारजस्ता मुख्य चाडपर्वलाई लक्षित गरेर खाद्यान्न वितरण गरेको वडा अध्यक्ष कृष्णराज […]