Sajhamanch Archive

प्रतिबन्धित लागुऔषध सहित दमकबाट एक महिला पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on प्रतिबन्धित लागुऔषध सहित दमकबाट एक महिला पक्राउ.

झापा । झापाको दमकबाट प्रतिबन्धित लागु औषधसहित एक महिला पक्राउ परेकी छिन् । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक नगरपालिका वडा नं. ९ बस्ने रुपा चौधरीलाई उनकै घरबाट पक्राउ गरेको छ । उनको साथबाट छुट्टा छुट्टै स्थानमा लुकाई राखेको ३५ ग्राम प्रतिबन्धित लागु औषध प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापा […]

संक्रमित पत्रकारको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी कार्य सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on संक्रमित पत्रकारको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी कार्य सुरु.

बिर्तामोड । झापा विर्तामोडका एकजना पत्रकारमा कोरोना देखिएपछि उनको सम्पर्कका व्यक्तिहरुको खोजी कार्य सुरु भएको छ । विर्तामोड नगरपालिकाले संक्रमित पत्रकारको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी कार्य सुरु गरेको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले शुक्रवार स्वाब परीक्षण गराएका थिए । आइतवार रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा रहेकाहरुको खोजी सुरु गरिएको बिर्तामोडको स्वास्थ्य शाखाले जनाएको […]

शिवसताक्षीमा सक्रिय कोरोना संक्रमित एक जना

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा सक्रिय कोरोना संक्रमित एक जना.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा हाल एक जनामा मात्र कोरोना संक्रमित रहेका छन् । नगरका ३७ संक्रमित मध्ये ३६ जनाले कोरोना जितेर घर फर्किसेका छन्। हाल शिवसताक्षी नगरपालिका वडा नं. २ की कोरोना संक्रमित एक महिला विराटनगरमा उपचारत रहेकी नगरको सतासी प्रा.वि.क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जानकारी दिए । आज शिवसताक्षी नगरपालिकाका २६ जनाको पिसिआर […]

अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत भुर्तेलको विदाइ

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत भुर्तेलको विदाइ.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल नगरपालिकाबाट बिदाइ भएका छन् । विगत दुई वर्षदेखि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका भूर्तेललाई नगरपालिका, नगरका विभिन्न शाखासहित विभिन्न संघसंस्थाले शुक्रबार बिदाइ गरेका हुन् । नगरले प्रमुख प्रशासकीय अधिकृत भूर्तेलले नगरमा रहँदा गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्रसहित बिदाइ गरेको हो । कार्यक्रममा बोल्दै […]

कमल गाउँ पालिकास्तरीय स्थानीय तह कर्मचारी हकहित मंञ्च तदर्थ समिति गठन

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कमल गाउँ पालिकास्तरीय स्थानीय तह कर्मचारी हकहित मंञ्च तदर्थ समिति गठन.

कमल । झापाको कमल गाउँ पालिका स्तरीय स्थानीय तह कर्मचारी हकहित मंञ्च तदर्थ समिति गठन भएको छ । कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपानेको अध्यक्षतामा भएको भेलाले गाउँपालिकाका कर्मचारी अमृत कुमार शाहको अध्यक्षतामा ११ सदस्य तदर्थ समिति गठन गरेको हो । समितीको उपाध्याक्षमा महेश भण्डारी, सचिव रिता कार्की (रिजाल ), सह सचिव देवीप्रसाद फुयाल, […]

रोटरी क्लब अफ मेचीनगरमा क्षेत्री

Published: in समाज, स्थानीय तह by . Leave a Comment on रोटरी क्लब अफ मेचीनगरमा क्षेत्री.

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको चार्टर प्रेसिडेन्टमा कपिल क्षेत्री चयन भएका छन् । झापाको धुलाबारीमा आयोजित कार्यक्रमका बीच रोटरी क्लब अफ मेचीनगर गठन गरिएको हो । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनद्वारा स्पोन्सर गरिएको रोटरी क्लब अफ मेचीनगरको प्रेसिडेन्ट इलेक्टमा अनन्त अवस्थी, प्रेसिडेन्ट नोमिनीमा सबिता भण्डारी, भाइस प्रेसिडेन्टमा कमल कोइराला, पब्लिक इमेज चेयरमा शर्मिला पाठक […]

कमल गाउँपालिकामा बन अतिक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा बन अतिक्रमण.

कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ५ मा सिम्लेमा रहेको जङ्गल अतिक्रमणको चपेटामा परेको छ । गाउँपालिकाको वडा नम्वर ५ सिम्लेमा रहेको सार्वजनानिक वन यतिवेला स्थानिय वासिकै कारण अतिक्रमणमा पर्न थालेकोे गाउँपालिकाले जनाएको छ । करिव डेढ दशक अगाडी रतुवा खोलामा आएको वाढीलाई रोक्नकालागी तत्कालिन जिल्ला विकास समितीले जलस्रोेत ऐन अनुसार सार्वजनिक जग्गामा रतुवा […]

कोरोनाको कहरः शिवसताक्षीमा टोल–टोल मै विद्यार्थी पढाइदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on कोरोनाको कहरः शिवसताक्षीमा टोल–टोल मै विद्यार्थी पढाइदै.

शिवसताक्षी । कोरोना भाइरस (कोभिड –१९) सङ्क्रमणका कारण गत चैत महिनादेखि शिक्षण संस्था बन्द हुँदा पठनपाठन ठप्प छ । विद्यालय बन्द भएपछि नियमित पठनपाठन र परीक्षा प्रभावित भएका छन् । शिक्षण कार्यलाई नियमित गर्न केही विद्यालयले अनलाइन कक्षा शुरु गरेका छन् । तर ग्रामिण क्षेत्रमा इन्टरनेटको पहुँच नहुँदा विद्यार्थीहरु पढ्नबाट बच्चित बनेका छन् । शिवसताक्षी […]

झापामा ५ जना महिलासहित १० जनालाई कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा ५ जना महिलासहित १० जनालाई कोरोना.

झापा । झापामा आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार झापामा ५ जना महिलासहित १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका वडा नं.१, ५ र ८ का २२, ६०, ३५ र ४८ वर्षका २ महिला र २ जना पुरुष, अर्जुनधारा […]

बिर्तामोडमा ‘मरेका माछा’ बिक्री गर्न रोक

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा ‘मरेका माछा’ बिक्री गर्न रोक.

बिर्तामोड। बिर्तामोड नगरपालिकाले नगरभित्र बिषादी प्रयोग गरिएका र बरफमा राखिएका मरेका माछा बिक्री वितरणमा रोक लगाएको छ । बिषादीमुक्त नगर बनाउने अभियानअन्तर्गत नगरपालिकाले नगरभित्र बिषादी प्रयोग गरिएका र बरफमा राखिएका मरेका माछा बिक्री बितरणमा रोक लगाएको हो । नगरपालिकाको आज बसेको बैठकले नगरमा त्यस्ता सडेगलेका माछाको बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले […]