झापा । झापामा आज १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार झापामा तीनजना महिला र सातजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार मेचीनगर नगरपालिका वडा नं.१० र १३ का ३९,४० वर्षीय २ जना पुरुष, बिर्तामोड नगरपालिका वडा नं. ४ र ५ का २१,२३ […]
झापा । समुदायमा कोरोना संक्रमण फैलिएपछि झापाको अर्जुनधारा नगरपालिकाले थप तीन वटा वडा कार्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । समुदायमा संक्रमण फैलन त्रासका कारण नगरको ८, ९ र १० नम्बर वडा कार्यालय बन्द गरिएको हो । कन्ट्याक्ट ट्रेसिङका आधारमा संक्रमित व्यक्ति ८, ९ र १० नम्बर वडा कार्यालयसहित अन्त्रय गएको पाइएपछि कार्यालय बन्द गर्नु […]
भद्रपुर । जंगली हात्तीलाई बस्तीमा पस्न नदिन झापामा पहिलो पल्ट मेसिनको प्रयोग गरिएको छ । भद्रपुुर नगरपालिकाका विभिन्न वडाहरुको हात्तीले उपद्रो गर्न थालेपछि वडा ९ मा झट्का मेसिनको प्रयोग गरिएको हो । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको वरिपरि छ किलोमिटरसम्म विद्युतीय तारले घेराबेरा […]
बिर्तामोड । झापामा आज ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मङ्गलबार झापामा २ जना महिलासहित ९ जना स्थानीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार भद्रपुर नगरपालिका वडा नं.५ र १० का ३०, ४५ र ५० वर्षीय ३ जना पुरुष, दमक नगरपालिका वडा […]
मेचीनगर । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतका विभिन्न सरकारी स्वास्थ्य केन्द्रबाट आर्थिक वर्ष २०७६/२०७७ मा १ हजार ५ सय ९३ जना गर्भवतीले सेवा लिएका छन् । शाखा संयोजक शशीकला राईका अनुसार यी मध्ये २ सय ७२ जनाले प्रसुती सेवा लिएका हुन् । उनका अनुसार प्रोत्साहन स्वरुप चौथो गर्भजाच वापत १ सय २० जनालाई ९६ हजार, […]
बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले चाडपर्व सँगै बजारमा हुने मूल्य वृद्धि, कृतिम अभाव लगायतका कालोबजारी नियन्त्रण गर्न स्थानीय सरकार र सबै सरोकारवालासँग समन्वय गरेर तत्काल काम थाल्ने बताएका छन् । मंगलबार बिर्तामोडमा आयोजित समसामयिक विषयको छलफल कार्यक्रममा बोल्दै उनले उपभोक्ता अधिकार रक्षाका लागि जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारसहितका निकायसँग समन्वय गरेर अघि […]
कमल । कमल गाउँपालिकाले क्वारेन्टाइनका रुपमा रुपमा प्रयोग गर्दै आएको विद्यालयलाई सेनिटाइजर गरिंएको छ । गाउँपालिकाले कोभिड १९को संक्रमण समुदायमा फैलिन नदिन विदेशबाट आएका नागरिकलाई सुरक्षित राख्नका लागी कमल गाउँपालिका वडा नम्वर ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयलाई सेनिटाइजर गरिएको हो । हाल विद्यालयको क्वारेन्टाइनलाई कमल गाउँपालिका निर्माणको कोभिड अस्पतालमा सारिएको छ । सोमवारबाट गाउँपालिकाले […]
झापा । झापामा आज चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंका अनुसार दुई सुरक्षाकर्मीसहित चारजना स्थानीयमा संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा भद्रपुरमा २ जना सुरक्षाकर्मी रहेका छन् । उनीहरु मेचीनगर र खोटाङ ठेगाना भएका हुन् । त्यस्तै बिर्तामोड नगरपालिका वडा नं. ८ का ५३ […]
कमल । प्रदेश नं. एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जनताको स्वास्थ्य नै सबै भन्दा महत्वपूर्ण भएकाले जनतालाई कसरी स्वस्थ्य राख्ने भन्नेमा सरकार लागी परेको बताएका छन् । कमलगाउँपालिकाद्वारा निर्माण गरिएको अस्थायी कोभिड अस्पतालको उद्घाटनका क्रममा मन्त्री कार्कीले नागरिकको जीवन रक्षाको लागि सरकार कोरोनाबाट कसरी बनाउँने भन्नेमा कुरामा लागेको जानकारी दिए । नेपाल […]
इलाम । इलाम कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ । देशैभर कोरोना संक्रमणको दर बढिरहँदा इलाममा भने कोरोना संक्रमितको संख्या शुन्य भएको हो । कोरोनाका सक्रिय सङ्क्रमितहरू निको भएर घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो । जिल्लामा अहिलेसम्म ९३ व्यक्ति सङ्क्रमित भएकामा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लोपटक […]