Sajhamanch Archive

बिर्तामोडमा राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउन सुरु

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउन सुरु.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउने कार्यक्रम सुरु भएको छ । बिर्तामोड नगरपालिका वडा नं.५ मा एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख ध्रुवकुमार सिवाकोटी र उनको परिवारका सदस्यको फोटो खिचाएर कार्यक्रमको शुरुवात गरिएको हो । सरकारी निर्णय अनुसार राष्ट्रिय परिचय पत्रका लागि बिर्तामोड नगरपालिकाले नगरबासीलाई फोटो खिचाउने आग्रह गरेको छ । […]

कोरोनाबाट मृत्यु भएकालाई जलाउन कनकाई आर्यघाटमा छुट्टै चितास्थल

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कोरोनाबाट मृत्यु भएकालाई जलाउन कनकाई आर्यघाटमा छुट्टै चितास्थल.

झापा । कनकाई नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिहरुको दाहसंस्कारका लागि छुट्टै चितास्थलको व्यवस्था मिलाइएको छ । कनकाई आर्यघाटन कोरोना संक्रमित मृत्यु भएमा दाहसंस्कारका लागि छुट्टै चितास्थलको व्यवस्था मिलाएको हो । कनकाई आर्यघाटमा ५ वटा चितास्थल छन् । जसमध्ये एउटा कोरोना सङ्क्रमितको शबका लागि छुट्याइएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए । संक्रमितको दाहसस्कारका लागि […]

झापामा आइतबार थपिए तीनजना कारोना संक्रमित

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा आइतबार थपिए तीनजना कारोना संक्रमित.

बिर्तामोड । झापामा आज तीनजनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । बिर्तामोड नगरपालिका वडा नं.१ की एकजना ९० वर्षीय बृद्धा, अर्जुनधारा नगरपालिका वडा नं.३ का एक ५१ वर्षीय पुरुष र दमक नगरपालिका वडा नं.५ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरु सबै स्थानीय हुन् । झापामा योसँगै […]

प्रेस क्लव मेचीनगरको अध्यक्षमा उप्रेती, घिमिरे र शर्मा सम्मानित

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on प्रेस क्लव मेचीनगरको अध्यक्षमा उप्रेती, घिमिरे र शर्मा सम्मानित.

मेचीनगर । प्रेस क्लव मेचीनगरको अध्यक्षमा लक्ष्मी उप्रेती चयन भएका छन् । प्रेस क्लवको काँकडभिट्टामा आज सम्पन्न अधिवेशनले उप्रेतीको नेतृत्वमा सर्वसहमत १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा शिशिर चम्लागाईं,सचिवमा जि.आर धिताल, सह सचिवमा भूमिका लिम्बू र कोषाध्यक्षमा रिता दाहाल चुनिएका हुन् । त्यस्तै सदस्यहरुमा उमेश खतिवडा,माया लामिछाने,हरिकृष्ण भण्डारी,प्रकाश पौडेल,विकास देवकोटा,युवराज आचार्य,दिलिप थापा,खगेन्द्र […]

अर्जुनधारामा गोरु काटेर खाएको आरोपमा तीनजना पक्राउ

Published: in समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारामा गोरु काटेर खाएको आरोपमा तीनजना पक्राउ.

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नं.५ स्थित बैसाबारीबाट गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल,२७ बर्षीय वीरबहादुर दनुवार र वर्ष २७ कै टिकाराम दनुवार रहेका छन । आज बिहान ८ बजे उनीहरुले गोरु काटेर खाई गोरुको टाउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको भन्ने जानकारी […]

झापामा थपिए सातजना कोरोना संक्रमित

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थपिए सातजना कोरोना संक्रमित.

झापा। झापामा आज सातजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार झापामा थपिनेमा १ जना महिला र ६ जना स्थानीय पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले कचनकवल गाउँपालिका वडा नं. ५ का ४५ वर्षीय १ जना पुरुष, बिर्तामोड नगरपालिका वडा नं.५, १ र ९ का […]

मेचीपारिका नेपालीको सकस घट्दै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on मेचीपारिका नेपालीको सकस घट्दै.

भद्रपुर । वर्षातमा नेपाल आउन सकस खपिरहेका भद्रपुर ३ मेचीपारी गाउँका बासिन्दालाई यसवर्षबाट आवत जावतमा केही सहजता हुन थालेको छ । दशकौंको प्रतिक्षापछि मेची नदीमा निर्माण सम्पन्न भएको झोलुङ्गे पूलले आफ्नै देशका गाउँ बस्ती आवत जावतमा केही सहजता भएको हो । तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्रालय मार्फत दुई करोड ८५ लाख ९८ हजार २५९ […]

शिवसताक्षीमा ३ सय २० मौरीपालक कृषकबाट ६४ टन मह उत्पादन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा ३ सय २० मौरीपालक कृषकबाट ६४ टन मह उत्पादन.

शिवसताक्षी । सतासी महिला मौरीपालन सहकारी संस्थाले एक दिवशीय अभिमुखीकरण गोष्ठी गरेको छ । शिवसताक्षी नगरपालिकाको कार्यालयमा मौरी जन्य उत्पादनबाट मानव स्वास्थ्यमा पार्ने प्रभावका विषयमा एक दिवशीय गोष्ठी सम्पन गरेको हो । कार्यक्रममा मौरी विज्ञ खगेन्द्र तिम्सिनाले पछिल्लो समयमा मौरीको महले मानिस स्वास्थ्यमा धेरै फाइदा पुगेको निष्कर्ष रहेको बताउँदै महका फाइदाका विषयमा प्रष्ट पारेका थिए […]

झापामा थपिए १४ जना कोरोना संक्रमित

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थपिए १४ जना कोरोना संक्रमित.

झापा । झापामा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार झापामा थपिनेमा भद्रपुर जिल्ला कारागारका ७ जना कैदीबन्दी, २ जना प्रहरी र १ जना कर्मचारी तथा अन्य पालिकाका १ जना महिलासहित ४ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले भद्रपुर नगरपालिका […]

संक्रमित व्यक्ति प्रवेश गरेपछि अर्जुनधारा नगरपालिकाका तीन शाखा बन्द

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on संक्रमित व्यक्ति प्रवेश गरेपछि अर्जुनधारा नगरपालिकाका तीन शाखा बन्द.

झापा । झापाको अर्जुनधारा नगरपालिकाका तीन शाखाको काम कारबाही आजदेखि बन्द गरिएको छ । । बिहीबार बिर्तामोडबाट अर्जुनधारा नगरपालिकाको कार्यालयमा प्रवेश गरेका एकजनामा व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कृषि, प्रशासन र प्राविधिक शाखाको कामकारबाही बन्द गरिएको हो ।हाल उक्त शाखाहरुलाई निःसंक्रमण गरेर बन्द गरिएको नगरप्रमुख हरिकुमार रानाले बताए । ती व्यक्तिका सम्पर्कमा आएका सबै […]