दमक । झापाको दमकमा आज दुई स्वास्थ्यकर्मीसहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमक नगरपालिका वडा नं ५ का एकै परिवारका ५ जनामा संक्रमण देखिएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित हुने त्यस परिवारमा ८ वर्षका बालक पनि रहेका छन् । त्यस्तै दमक ४ , ७ र ८ वडाका ८ […]
मोरङ । कोरोना भाइरसको प्रकोपका बीच मोरङमा सामुदायिक विद्यालयहरु खुल्न थालेका छन् । मोरङमा सामाजिक दूरी कायम गरी विद्यालय खुल्न थालेका हुन्। केराबारीमा बुद्ध माध्यमिक विद्यालयले सामाजिक दूरी कायम गरी पठनपाठन सुरु गरेको हो। न्यूनतम संख्यामा विद्यार्थी सहभागी गराइ विद्यालय सञ्चालन गरिएको छ। कक्षाका विद्यार्थीलाई दुई वटा कोठामा राखी पढाउन थालिएको बुद्ध माध्यमिक विद्यालयका व्यवस्थापन […]
बिर्तामोड । बिर्तामोडका एकजना पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका वडा नं.१० का ५० वर्षिय एकजना पुरुषलाई कोरोना संक्रमण भएको हो । योसँगै झापामा कोरोना संक्रमितको संख्या ७९१ पुगेको छ । निको हुनेको संख्या ६७८ छ ।
झापा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झापाका स्थानीय तहलाई तीन दिन भित्र कोरोना महामारी रोकथामका नाममा खर्च गरेको हिसाव सार्बजनिक गर्न माग गरेको छ । कोरोनाका नाममा स्थानीय तहले चरम भष्ट्रचार गरेको तथा करोडौं रुपैयाँ हिसाव किताव अनियमितता गरेको ठहर गर्दै विप्लव नेतृत्वको माओवादीले स्थानीय तहलाई हिसाव सार्वजनिक गर्न तीन दिने […]
मेचीनगर । मेचीनगर र दमक नगरपालिकाबीच पारस्परिक सहयोग र सहकार्यका लागि अनुभाव आदान प्रदान भएको छ । असल अभ्यास तथा अनुभवहरु दुवै नगरपालिकाबीच साटासाट गर्न समेत छलफलका क्रममा दुवै नगरपालिका सकरात्मक देखिएका छन् । आइतबार मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीसहित दमक नगरपालिका पुगेको प्रतिनिधि मण्डल र दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीबीच […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई छाडेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार अस्पतालहरुमा लक्षण भएका कोरोना संक्रमितहरुलाई मात्र राखिनेछ । लक्षण नभएकाहरु संस्थागत वा होम आइसोलेसनमा राख्नुपर्छ । आइसोलेसन व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने प्रवक्ता गौतमले बताए । संस्थागत आइसोलेसनमा बसेकाहरुलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्नुपर्ने छ ।
झापा । झापामा आज तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । झापामा थपिने दुई जना मलेसियाबाट आएका र एकजना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा नं.५ का ७६ वर्षका एकजना र मलेसियाबाट फर्केका अर्जुनधारा नगरपालिका वडा नं. १ का ३२ र ४२ वर्षका दुई पुरुषमा […]
धरान । धरान उपमहानगरपालिका २० स्थित विष्णुपादुकामा जमिन भासिँदा ७ घर विस्थापित भएका छन् । लगातारको गयराती करिब १२ बजे एक्कासी जमिन भासिँदा विष्णुपादुका स्थित आँपटारका ७ घर विस्थापीत भएको वडाध्यक्ष मणीराम राईले बताएका छन् । उनका अनुसार ९ घर परिवार रहेको उक्त स्थानका ७ घर परिवार पूर्ण रूपमा विस्थापित भएका छन् । लगातारको वर्षासंगै […]
फिक्कल । शनिबार विहान संविधान दिवसको अवसरमा सूर्योदय नगरपालिकाको पर्यटकीय गन्तव्य कन्याममा म्याराथनको लागि सयौको संख्यामा मानिसहरु भेला भएका थिए । म्याराथनको सुरु गनुपूर्व तयारीको लागि १० मिनेट जति समय लाग्दा झापाबाट आएका गाडीहरु र झापातर्फ जाने गाडीको ताँती कन्याममा थियो । गाडीहरुको हुलमा एम्बुलेन्स समेत थियो । कोही बिरामी उपचारको लागि लग्दै थिए त […]
मेचीनगर । मेचिनगरस्थित डाइनामिक युथ क्लबले संविधान दिवसको अवसर पारेर मेचिनगर नगरपालिका वडा नं.१२ पाथिभरा चोकमा दिप प्रज्लवन तथा झण्डातोलन कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष दुशान्त कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा चारआली ट्राफिक इन्चार्ज राजकुमार बस्नेत,पाउँ पाथीभरा धाम सेवा समितिका सचिव यामनाथ बराल,मनकामना कलेज बिर्तामोडका क्याम्पस प्रमुख प्रेम भट्टराई, विचार चौतारी युवा क्लबका अध्यक्ष […]