Sajhamanch Archive

कोरोना नियन्त्रणका लागि प्रदेश १ सरकारले थप रकम उपलब्ध गरायो

Published: in प्रदेश तह, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कोरोना नियन्त्रणका लागि प्रदेश १ सरकारले थप रकम उपलब्ध गरायो.

विराटनगर । प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउन स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनका लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासनलगायतलाई आवश्यक रकम पठाएको हो । विभिन्‍न पालिका तथा अस्पतालहरुलाई प्रदेश सरकारले एक करोड १० लाख रकम पठाएको […]

शिवसताक्षीमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण 

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको ६ नं. वडामा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ९ वर्षीय, ३८ वर्षीय,३९ वर्षीय पुरुष र ६ वर्षीय र २८ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको सतासी प्रा.वि. क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जनाकारी दिए । उनीहरु सबैलाई होम आइसोलसनमा राखिएको नगरपालिकाले जनाएको छ । बुधबार दुई […]

झापामा समुदायका थपिए पाँच संक्रमित

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा समुदायका थपिए पाँच संक्रमित.

बिर्तामोड । झापामा आज पाँचजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा नं. ६ का २६ र ३२ वर्षीया दुईजना महिला, कनकाई नगरपालिका वडा नं. २ र ३ का १४ र २० वर्षीय दुईजना पुरुष र मेचीनगर नगरपालिका वडा नं. ६ का ४७ वर्षीय पुरुषमा कोरोना […]

शिवसताक्षीका थप दुई जना महिलामा कोरोना संक्रमण पुष्टि

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीका थप दुई जना महिलामा कोरोना संक्रमण पुष्टि.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगञ्जका दुई महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । गएको २२ गते कन्ट्रयाक्ट ट्रेसिङ क्रममा स्वाव संकलन गरिएका ४३ जना मध्ये आज २६ वर्षीय र ३२ वर्षीय गरी २ जना महिलामा कोरोना भाइरस संक्रमण देखिएको सतासी […]

एउटा पुलका कारण फेरिएको पूर्वीद्वारको मुहार

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह, by . Leave a Comment on एउटा पुलका कारण फेरिएको पूर्वीद्वारको मुहार.

भद्रपुर । समृद्ध नेपाल सुखी नेपाली नारा सुन्ने मात्र होइन एउटा सानो समृद्धिले कति परिवर्तन गर्दो रहेछ भन्ने कुरा काँकरभिट्टा स्थित मेची पुल र एसियन हाइवेको एप्रोच सडकलाई हेर्दा प्रष्ट हुन्छ । सामान्यतया नेपाल सरकारबाट निर्माण सुरू भएका कुनै पनि संरचना १० वर्ष अगाडि पूरा भएको तथ्य भेटिदैन तर ३ वर्ष अगाडि भारतीय पक्षले निर्माण […]

स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण देखिएपछि शिवसताक्षी नगरपालिका कार्यालय शिल

Published: (Updated: ) in मुख्य समाचार, विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण देखिएपछि शिवसताक्षी नगरपालिका कार्यालय शिल.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय शिल गरिएको छ । नगरपालिकामा बुधबार बिहान बसेको बोर्ड बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै एक साता नगरपालिका कार्यालय शिल गर्ने निर्णय गरेको  वडा नं. ९का वडाध्यक्ष छविलाल पाठकले जानकारी दिए ।  उनका अनुसार नगरका अन्य ११ वटैवडाहरु भने खुल्ला रहने छन् […]

चाँदनी सडकमा खोलो बग्दै, स्थानीय दुखित

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on चाँदनी सडकमा खोलो बग्दै, स्थानीय दुखित.

भद्रपुर । दुई वर्षयता स्तरीकरणको काम अलपत्र परेपछि भद्रपुर १० चाँदनी टोलको सडक हिड्न नसकिने भएको छ । पटक पटक नगर सरकारसँग गिटी बालुवा लगाइदिन गरिएको अनुरोध नसुनिएपछि पानी पर्दा खोलाजस्तै सडकमा पानी बग्ने गर्दा सास्ती सहनु परेको पीडितहरूको गुनासो आएको हो । स्थानीय किशोर पौडेलका अनुसार सो सडक स्तरीकरणका लागि दुई वर्षयता गरिएको प्रयास […]

शिवसताक्षीका एक स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीका एक स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना संक्रमण पुष्टि.

शिवसताक्षी । शिवसताक्षीका एक स्वास्थ्य कर्मीसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिवसताक्षी नगरपालिकाका स्वास्थ्य कर्मी एकजना र वडा नं. ६ शिवगञ्जका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शिवसताक्षी नगरपालिका वडा नं. ६ का ४८ र ६५ वर्षीय महिला र ६ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको नगरका स्वास्थ्य कर्मी  संजय […]

विर्तामोडका दुई र मेचीनगरका एक जनामा कोरोना संक्रमण पुष्टि

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on विर्तामोडका दुई र मेचीनगरका एक जनामा कोरोना संक्रमण पुष्टि.

मेचीनगर । बिर्तामोडमा नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विर्तामोड नगरपालिका वडा नं. ४ र ९ का एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । उनीहरु ५२ र ३० वर्ष उमेरका एक महिला र एक जना पुरुष हुन् । संक्रमित […]

निजामती दिवसमा गाउँपालिकामा सय थान विरुवा रोपियो

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on निजामती दिवसमा गाउँपालिकामा सय थान विरुवा रोपियो.

कमल । झापाको कमल गाउँपालिकाले फलफुलका विरुवा रोपेर १७ औं निजामती सेवा दिवस मनाएको छ । देशभर १७ औं निजामती सेवा दिवस विभिन्न कार्यक्रमगरी मनाइरहँदा कमल गाउँपालिकाले भने विभिन्न जातका फलफुलका विरुवा रोपेर निजामती सेवा दिवस मनाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कार्यलय परिसरमा आप, लिच्ची, अम्बा र मेवा गरी एक सय थान विरूवा रोपिएको […]