भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले अपराध रहित झापा निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा भर्खरै झापा आइपुगेका प्रजिअ तिमिल्सिनाले गैरकानुनी गतिविधी नियन्त्रण गरी जिल्लामा शान्ति सु–व्यवस्थाका लागि आफू प्रतिबद्ध रहेको बताएका हुन् । आफ्नै कार्यकक्षमा झापाली सञ्चारकर्मीहरूसित कुराकानी गर्दै प्रजिअ तिमिल्सिनाले चोरी, तस्करी, सीमा अपराध, नदी दोहन, […]
झापा । झापामा आज १५ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार थपिने संक्रमितमा १४ जना स्थानीय र १ जना भारतबाट आएका हुन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बाह्रदशी गाउँपालिका वडा नंं.५ का १ जना पुरुष, बिर्तामोड नगरपालिका वडा नंं.६ का १ जना पुरुष र कनकाई नगरपालिका वडा नंं.३ र ७ […]
बुद्धशान्ति । बाँसबाट बन्ने विभिन्न सामग्री उत्पादन गर्न बुद्धशान्तिमा बाँस उद्योग सञ्चालनमा आएको छ । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल लगायत स्थानीय समाजसेवीको उपस्थितीमा बुद्धशान्ति गाउँपालिका वडा नं.१ स्थित होक्सेमा आज उद्योगको उद्घाटन गरिएको हो । तीनजनाको लगानीमा सञ्चालनमा ल्याइएको उद्योगबाट सुरुवाती चरणमा बाँसको पानी खाने बोतल, कप, गिलास, जग लगायतका सामग्रीहरु बनाइने र यो […]
काठमाडौं । सरकारले पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलाई तीन दिनभित्र आफ्नो कार्यस्थलमा पुगिसक्न निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृतहरु आफूखुसी बिदामा बसिरहेकाले दैनिक कामकाजको साथै कोरोना महामारी नियन्त्रण र रोकथाममा पनि असर पुगेकाले तीन दिनभित्र कार्यालयमा हाजिर हुन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको हो । निर्देशन अटेर गरेर तीन दिन भित्र पनि […]
कनकाई । कनकाई नगरपालिकामा आज थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबै स्थानीय समुदायकै रहेको कनकाई नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । गत भदौ १६ गते लिइएको ९८ जनाको स्वांवबाट १३ जनामा कोरोना फेला परेको हो । जसमा कनकाई ३ मा ९ जना र ७ मा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको […]
मोरङ । विश्व यतिबेला कारोना भाइरस (कोभिड- १९) सँग जुधी रहेको छ । चीनबाट फैलिएको सङ्क्रमणले विश्वलाई नै आतंकित बनाइरहेको छ । यसमा नेपाल पनि अछुतो रहेन । नेपालमा पनि सङ्क्रमित हुने र मृत्यु हुनेको अनुपात बढ्दो क्रममा छ । कोरोना सङ्क्रमण फैलिने क्रममा सरकारले बन्दाबन्दी निर्विकल्प ठान्यो र बन्दाबन्दी घोषणा ग¥यो । बन्दाबन्दी लागेपछि […]
कमल । कमल गाउँपालिकामा आज थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कन्ट्र्याक ट्रेसिङका आधारमा गत भाद्र १८ गते ५७ जनाको स्वाब संकलन गरि पठाइएको मध्ये ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि कमल गाउँपालिकाले जनाएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङका अनुसार कमल गाउँपालिका ३ का १० जना र विर्तामोड […]
कनकाई । कनकाई नगरपालिकाका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक कोरोना देखिएकाहरुको कन्ट्रयाक्ट टे«सिङका क्रममा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको कनकाई नगरपालिकाले जनाएको छ । यस अघि कनकाई नगरपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै विपि कोइराला अध्ययन प्रतिठान धरानमा आज कनकाईकी एक कोरोना संक्रमित महिलाको […]
कनकाई । झापा कनकाई नगरपालिकाकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कनकाई नगरपालिका वडा नं. ३ टप्पुमा निवासी ४५ वर्षीय महिलाको मृत्यु भएको हो । उपचारका क्रममा उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज मृत्यु कनकाई नगरपालिकाका कोरोना सूचना समिति सदस्य लक्ष्मी अधिकारीले बताए । उनी गत भदौ १५ गते पेट […]
बिर्तामोड । झापाको विर्तामोडको समुदायमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । यसै क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा कार्यरत १ जना चिकित्सक र ११ जना स्वास्थ्यकर्मी सहित १२ जनामा कोरोना पुष्टि भएको छ । बिएण्डसीका चिकित्सक र स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भएको अस्पतालका सुचना अधिकारी प्रमिश गिरीले जानकारी दिएका हुन् । संक्रमित सबै आइशोलेशनमा बसेको गिरीले बताएका […]