Sajhamanch Archive

गोरु काट्ने मुख्य आरोपी ‘जमानी’मा छुटे

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on गोरु काट्ने मुख्य आरोपी ‘जमानी’मा छुटे.

भद्रपुर । नेपालको कानूनले गाई–गोरु काट्न निषेध गरेको छ । तर हिजो गोरु काटेको अभियोगमा पक्राउ गरिएका झापा गाउँपालिका कत्लामारीका अब्दुल सलाम र ताहबुल हकलाई आज बिहानै प्रहरीले छाडिदिएको छ । प्रहरीले उनीहरुलाई बुधबार साँझ नियन्त्रणमा लिएर सदुरमुकाम आउँदै थिए । मुस्लिम समुदायका ती पुरुषहरुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयतर्फ लैजाँदै गर्दा कामाटोलीमा स्थानीयबासीले अवरोध […]

कचनकवलमा वजेट र राजश्व दर सम्बन्धि असन्तुष्ट समूहको तालाबन्दी

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कचनकवलमा वजेट र राजश्व दर सम्बन्धि असन्तुष्ट समूहको तालाबन्दी.

भद्रपुर । कचनकवल गाउँपालिका नेतृत्वले वडागत वजेट विनियोजन गर्दा विभेद गर्दै न्यून रकम छुट्याएको तथा स्थानीयले तिर्न नसक्ने गरी राजश्व बढाएको विरोधमा तालाबन्दी गरिएको छ । स्थानीय स्वायत्त साशन विपरित वडा कार्यालयको अधिकार कटौती गर्ने गरी वजेट सिलिङ घटाएको, संकटको समयमा करको भार बढाएर नागरिकमाथि ज्यादती गरेको लगायत माग राखेर ४ कार्यपालिका सदस्य सहित १४ […]

आज राति १२ बजेदेखि फिदिम बजार एक साताका लागि बन्द

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on आज राति १२ बजेदेखि फिदिम बजार एक साताका लागि बन्द.

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले आज राति १२ बजेदेखि एक साताका लागि अत्यावश्यक बाहेक सबै पसल बन्द गर्ने निर्णय गरेको छ । मंगलबार तीन प्रहरीसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएपछि फिदिम नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यक बाहेक सबै बजार पसल बन्द गर्ने निर्णय गरेको नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले जानकारी दिए । कोरोनाको संक्रमण बढ्दै गएकाले […]

शिवसताक्षीका ५३ जनाको रिर्पोट नेगेटिभ, २ जनाको रिर्पोट आउन बाँकी

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीका ५३ जनाको रिर्पोट नेगेटिभ, २ जनाको रिर्पोट आउन बाँकी.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा पछिल्लो ५३ जनाको कोरोना परीक्षणको रिर्पोट नेगेटिभ आएको छ ।जसमा दुई जनाको रिर्पोट आउँन बाँकी रहेको स्वाथ्यकर्मी संजय ठकुरीले जानकारी दिए । कोरोना संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङ ३३ र सतासी प्राविको क्वारेन्टाइन्का २२ गरी ५५ जनाको स्वाव संकलन गरी पठाइएको थियो । सतासी प्राविको क्वारेन्टाइनका २ जनाको रिर्पोट आउन बाँकी रहेको जनाइएको […]

मोरङ्गमा आगलागी लाखौंको क्षति

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on मोरङ्गमा आगलागी लाखौंको क्षति.

बराहक्षेत्र । मोरङ्गको ग्रामथान गाउँपालिका वडा–५ मा बुधबार राती आगलागी हुँदा घरकै एक व्यक्ति घाइते हुनुका साथै लाखौको क्षति भएको छ । तीर्थ राज रिजालको भान्सा कोठामा राति ९ः३० बजे बिधुत सर्ट भएर आगलागी हुँदा आगो निभाउने क्रममा उनि आफै घाइते भएका हुन्। भान्साकोठा रहेको ग्यास पड्किदा स्थानियबासीहरु जुटेका आगोलाई नियन्त्रण गर्न प्रयास गरेता पनि […]

झापामा प्रहरीको गोलाबारी, एकजना घाइते

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on झापामा प्रहरीको गोलाबारी, एकजना घाइते.

झापा । झापा गाउँपालिका ३ को कामाटोलीमा आज साँझ सशस्त्र प्रहरी बलमाथि स्थानीयले आक्रमण गरेपछि गोलाबारी भएको छ। स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको गाउँपालिका अध्यक्ष जयनारायण साहाको भनाई छ गोरु काटेको निहुँमा प्रहरीले आज दिउँसो दुई जनालाई पक्राउ गरेको थियो। उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय लैजान खोजेपछि स्थानीय […]

कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न झापा टेलरिङ व्यवसायी संघको माग

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न झापा टेलरिङ व्यवसायी संघको माग.

बिर्तामोड । झापा टेलरिङ व्यवसायी संघले टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न माग गरेको छ । समुदायमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि टेलरिङ व्यवसायी संघले विर्तामोड उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण पत्र वुझाउँदै टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न माग गरेको हो । झापा टेलरिङ व्यवसायी संघका उपाध्यक्ष श्याम वस्नेत , महासचिव […]

बिर्तामोडको अन्धुवा खोलामा फलामे पूल, प्रदेश सांसद कार्कीले गरे उद्घाटन

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडको अन्धुवा खोलामा फलामे पूल, प्रदेश सांसद कार्कीले गरे उद्घाटन.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ४ र १ को सीमानामा पर्ने अन्धुवा खोलामा फलामे पूल निर्माण गरी आज उद्घाटन गरिएको छ । प्रदेश सरकारको सहयोग र स्थानीयबासीको श्रमदानमा फलामे पूल निर्माण सम्पन्न भएको हो । अन्धुवा खोला फलामे पूल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बस्नेतले प्रदेश १ सरकारको १५ लाख रुपैयाँ र स्थानीयबसीको श्रमदान […]

कनकाईका एक स्थानीयमा कोरोना संक्रमण पुष्टि

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कनकाईका एक स्थानीयमा कोरोना संक्रमण पुष्टि.

कनकाई । झापाको कनकाई नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ देखिएको छ । कनकाई नगरपालिकामा दोस्रो पटक समुदायमा कोरोना देखिएको हो । कनकाई नगरपालिका वडा नं. १ निवासी ४० वर्षीय एक व्याक्तिमा आज कोरोना संक्रमण पुष्टि भएको नगरप्रमुख राजेन्द्र पोखरेलले बताए । उनका अनुसार सक्रमित व्यक्ति कनकाई १ का स्थानीय बासी हुन् । संक्रमित व्यक्तिलाई मेची […]

७,६१५ घनमिटर ढुङ्गा हराएको होइन मेचीनगर नगरपालिकाले लिलाम गरेको

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on ७,६१५ घनमिटर ढुङ्गा हराएको होइन मेचीनगर नगरपालिकाले लिलाम गरेको.

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरपालिकासँग जोडिएर आएका विषयमा समाचार बनाउँदा एकपटक आधिकारिक व्यक्तिहरुसँग बुझेर सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । नगरपालिकाका बारेमा आएका झुठा समाचारले नगरमा क्षति पुग्ने र नगरबासीमा समेत नकारात्मक असर पर्ने भएकाले नगरपालिकासँग सम्बन्धित समाचार लेख्नु अघि नगरप्रमुख वा कसैसँग धारणा लिन उनको आग्रह छ […]