बिर्तामोड । कोरोना भाइरस संक्रमण समुदायमा देखिएपछि विर्तामोड नगरपालिकाले साप्ताहिक हाडबजार बन्द गर्ने भएको छ । आज बसेको नगर कार्यपालिकका बैठकले संक्रमण रोकथाम र नियन्त्रणका लागि नगर क्षेत्रभित्र लाग्ने सबै साप्ताहिक हाटबजार अर्को सूचना प्रकाशित नहुन्जेल बन्द गर्ने निर्णय गरेको हो । अन्य बजार स्वास्थ्य माप दण्ड पुरा गरेरमा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ […]
कमल । कमल गाउँपालिकाद्वारा निर्माणाधिन अवस्थामा रहेको आईसोलेसन सहितको क्वारेन्टाईन भदौको अन्तिम सातादेखि सन्चालनमा आउने भएको छ । गाउँपालिकाले वडा नम्वर ५ स्थित शसस्त्र प्रहरीवल पाथिभरा गण छेउमा निर्माणाधिन अवस्थामा रहेको आइसोलेसन सहितको क्वारेन्टाइनको काम तिब्र गतिमा भएकाले निर्माण सम्पन्न पछि भदौको अन्तिम सातासम्ममा सम्पन्न गरी सञ्चालनमा ल्याउने गाउँपालिकाले जनाएको छ । निर्माणाधिन क्वारेन्टाईनमा ५० […]
भद्रपुर । सशस्त्र प्रहरी सीमा सुरक्षा बललाई स्थानीयबासीले ३ पोका कपडासहित ३ जना व्यक्ति जिम्मा लगाए पनि संलग्नलाई बिना कारबाही छोडिएको छ । दक्षिणी झापाको कचनकवल गाउँपालिका वडा नं. ५ स्थित पाठामारीबाट गएराति भारतबाट अवैध कपडासहित स्थानीयले पक्राउ गरी तस्करीमा संलग्न व्यक्तिहरु सशस्त्र प्रहरीलाई बुझाएका थिए । प्रहरीले सामानजति राखेर तस्करीमा संलग्न मानिसलाई बिना कारबाही […]
धेरैको भागदौडको जिन्दगी कोरोनाका कारण विश्राममा छ । पछिल्लो ६ महिनादेखि धेरै जना घरभित्रै कैद हुन बाध्य छन् । यस समयमा गृहिणीहरूको काम निश्चित रूपले बढेको छ भने घरका अरू सदस्यहरूको फुर्सद बढेको छ । घरमा दिनभरि बच्चा र परिवारका सदस्यको हेरचाह, बच्चाको पालनपोषण आदिमा ध्यान दिँदा धेरै समय खर्च हुन्छ । यस्तो अवस्थामा गृहिणीहरूलाई […]
शिवसताक्षी । झापा शिवसताक्षीमा एक साता लकडाउन थपिएको छ । शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको बैठलकले १५ गते राती १२ बजेसम्म सम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगरले भाद्र १ गतेबाट लकडाउन गरेको थियो । वैठकले अतिआवश्यक स्वास्थ्य संस्था, औषधी पसल, दुध डेरी पूर्ण रुपले सञ्चालन गर्र्ने र सैलुन, होटल र व्युटिपार्लर पूर्ण रुपमा बन्द […]
विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना जाँचका लागि मेसिन खरिद गरेको छ । सम्भावित कोरोना संक्रमितको नमुना संकलन गरेको रिपोर्ट आउन ढिलो भएपछि महानगरले छुट्टै पीसीआर मेसिन खरिद गरेको हो । यो मेसिन कोशी अस्पताल विराटनगरले सञ्चालन गर्नेछ । मेसिन सञ्चालनका लागि महानगरपालिकाले कोशी अस्पताललाई २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको मेयर भीम पराजुलीले जानकारी दिए […]
झापा । झापाको गौरादह नगरपालिका क्षेत्रमा आज विहानदेखि लकडाउन सुरु भएको छ। नगरपालिका आइतबार बसेको सर्वपक्षीय बैठकले भदौ २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो। तरकारी र खाद्यान्नका पसल हरेक दिन बिहान ९ बजेसम्म खुल्ने छन्। वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला राख्ने निर्णय भएको नगरप्रमुख रोहितकुमार साहले बताए। बाँकी समय गौरादहपूर्ण […]
कमल । झापाको कमल गाउँपालिकाले एक साताका लागि लकडाउन थप गरेको छ । गाउँपालिकाको केर्खा बजारमा आइतबार तीन कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका लकडाउन थप गर्ने निर्णयमा पुगेको हो । गाउँपालिकाले १२ गते राती १२ बजेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको गाउँपालिकाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
भद्रपुर । झापामा अबैध रूपमा नदी तथा खोला उत्खनन् गर्ने गिरोह सकृय रहेको पाइएको छ । असार १ गतेदेखि भदौ ३१ गतेसम्म नदी जन्य सामग्री उत्खनन् गैर कानुनी काम भए राजनीतिक पहुँच तथा प्रशासनिक सम्बन्ध बनाएर माफियाहरूले खोला दोहन जारी राख्ने गरेको पाइने गरेको छ । खोला बन्द भएको समयमा चर्को मूल्य असुल्न पाइने भएपछि […]
कमल । झापाको कमल गाउँपालिकामा तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । कमल गाउँपालिका वडा नं.३ स्थित केर्खाबजारको समुदायमा कोभिड १९ पोजेटिभ देखिएका हो । गाउँपालिकाको वडा नं.३ मा स्थायी बसोवास गर्ने ५७ र ४० वर्षीय दुई पुरुष र २० वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित […]