कमल । कमल गाउँपालिकाको वडा नम्वर ३ स्थित केर्खा बजारमा पहिलो पटक समुदायमा कोभिड १९ पोजेटिभ देखिए पछि गाउँपालिकाले बजार बन्द गरी आवत जावतमा रोक लगाएको छ । वडा नम्वर ३ का ८३ वर्षीय पुरुषमा कोभिड १९ पोजेटिभ पुष्टि भएकोले कन्ट्रयाक्ट ट्रेसिङ गर्न आज राती १२ बजेदेखि ९ गतेसम्म केर्खा लकडाउन गर्ने गाउँपालिकाले जनाएको छ […]
सुर्खैत । जाजरकोटमा अविरल वर्षासँगै आएको बाढीले वडा कार्यालय बगाएको छ । गएराति आएको बाढीले शिवालय गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन बगाएको हो । जाँत खोलामा आएको बाढीले वडा कार्यालय भवनका साथै नजिकै रहेको ट्रस पुल पनि बगाएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी राजेशनाथ वास्तोलाले जानकारी दिए । वडा नम्बर ६ […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कोरोना संक्रमितको कन्ट्रयाक टे«सिङ सुरु गरेको छ । शिवसताक्षीको ब्लुचोकमा कार्यरत विद्युत प्राधिकरणका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले उनीहरुको सम्पर्कमा रहेको व्यक्तिहरुको स्वाब संकलन गर्न थालेको छ । शिवसताक्षी नगरको ४ र ७ वडाको ५ वटा गाउँलाई सिल गरेर कन्ट्रयाक्ट ट्रेसिंङ गरिएको नगरपालिकाका प्रवक्ता नविन इजमले जानकारी दिए […]
शिवसताक्षी । शिवसताक्षीमा समुदायमा कोरोना देखिएपछि नगरपालिकाले आरडिटी टेष्ट सुरु गरेको छ । नगरपालिका क्षेत्रका बढी भीडभाड हुने क्षेत्रका स्थानीयलाई आरडिटी टेष्ट गर्न सुरु गरेको हो । शिवसताक्षी नगरपालिकाको वडा नं. १० स्थित धार्मिक तथा पर्यटकीय स्थल दोमुखामा पर्यटन समितिका अध्यक्ष तथा होटल व्यवसायी तथा जनसम्पर्कमा प्रत्यक्ष जोडिएका १५ जनाको आरडिटी टेष्ट गरिएको छ । […]
बुद्धशान्ति । बुद्धशान्तिमा स्वाव संकलन गरिएका एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । बुद्धशान्तिमा रहेको लघुवित्त संस्थामा कार्यरत २३ बर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनी बुद्धशान्ति बाहिरको रहेको बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिए । साउन २७ गते बुद्धशान्तिबाट ८१ जनाको पिसिआर टेष्टका लागि स्वाव संकलन गरिएको थियो । जसमध्ये ८० […]
दमक । दमकमा आज फेरी ७ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा एकजना समुदायका रहेका छन भने अन्य होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरु रहेको बताइएको छ । ट्राभल हिष्ट्री नभएका दमक ५ का पुरुषमा संक्रमण देखिएको हो । उनी केर्खाका एक ब्यक्तिको मलामी गएको र त्यहीबाट संक्रमण सरेको हुनसक्ने आशंका गरिएको छ । त्यस्तै […]
शिवसताक्षी । शिवसताक्षीमा कोरोना भाइरस समुदायमा फैलिएको आशंका सहित नगरको वडा नं. ७ को केही भाग सिल गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित ब्लुचोक स्थित ३३ हजार केभी लाइनको सवस्टेसनका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि पछि वडाको कही भाग सिल गरिएको हो । शिवसताक्षी नगरको बुलुचोक स्थीत बिद्युत वितरण केन्द्रकका दुई कर्मचारीलाई […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा पहिलो पटक सहकारी दर्ता भएको छ । सरकारले २०७५ श्रावण २४ गते स्थानीयतहलाई सहकारी दर्ताको अनुमति दिएपछि शिवसताक्षीमा पहिलो पटक सहकारी दर्ता भएको हो । शिवसताक्षी नगरपालिका १ को जनता बचत तथा ऋण सहकारी संस्थाले सोमबार नगरपालिकामा दर्ता गरेको नगरपालिकका सहकारी प्रमुख बद्री दाहालले बताए । दर्ता पछि शिवसताक्षी नगरपालिकाकी […]
मेचीनगर । भारत तथा तेस्रो मुलुकबाट पीसीआर गरेर आएका व्यक्तिलाई मेचीनगरपालिकाले होम क्वारेन्टाइनमा बस्न दिने निर्णय गरेको छ । भारत तथा तेस्रो मुलुकबाट पीसीआर गरेर आएका नगरबासीलाई मेचीनगरले टोल समिति र वडा कार्यालयको सिफारिसमा होम क्वारेन्टाइनमा बस्न दिने निर्णय गरेको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यदलको सोमबार बसेको बैठकले होम क्वारेन्टाइन ब्यवस्थापन मापदण्ड–२०७७ […]
शिवसताक्षी । झापाका कोरोना भाइरस समुदायमा फैलन थालेपछि शिवसताक्षी नगरपालिकामा पनि लकडाउन हुने भएको छ । अन्य पालिकाहरुमा लकडाउन भइरहदा शिवसताक्षीमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेकाले नगरपालिकाले आज राति १२ बजेदेखि ८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगर कार्यापालिकाको बैठकले होटल बाहेका पसलहरु विहान ८ बजेबाट दिउँसो १२ बजेसम्म खोल्न पाउने निर्णय गरेको […]