भद्रपुर । कचनकवल नेतृत्वले वडागत वजेट विनियोजन गर्दा विभेद गर्दै न्यून रकम छुट्याएको भन्दै ४ कार्यपालिका सदस्य सहित १४ परिषद सदस्यले निर्णय सच्याउन ५ दिने अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाएका छन् । गाउँपालिका अध्यक्षले कार्यपालिकाको बैठक नै नराखी आफूखुसी ६० लाखको वजेट सिलिङ १० लाखमा झारेको बिरोध गर्दै ४ वडाध्यक्ष तथा १० वडा सदस्यहरूले निर्णय सच्याउन […]
बुद्धशान्ति । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि बुद्धशान्ति गाउँपालिकामा ७ दिनका लागि लकडाउन गरिएको छ । आज राति १२ बजेदेखि भदौ ४ गतेसम्म बुद्धशान्ति गाउँपालिकामा लकडाउन गर्ने बुद्धशान्ति गाउँपालिकाले निर्णय गरेको हो । गाउँपालिकाको निर्णय अनुसार अत्यावश्यक सेवा वाहेकका सबै प्रकारका उद्योग, व्यवसाय, कार्यालय, व्यापार, होटल, पसल र दैनिक हाट बजार वन्द गर्ने निर्णय गरेको […]
कमल । विश्व व्यापीरुपमा फैलिएको कोभिड १९ को रोगथाम र नियन्त्रणका लागी कमल गाउँपालिकाले गरेको निर्णय कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइएको छ । गाउँपालिकाले यस अघि अत्यवाश्यक बाहेकका अन्य व्यवसायलाई विहान ८ बजेदेखि ४ बजे सम्ममा सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यन्वयन फितलो देखिएपछि सर्व पक्षीय भेलाले पालिकाले गरेको निर्णय भन्दा बाहिर कोही पनि […]
बिर्तामोड । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गइरहेका बेला रोटरी क्लव अफ बिर्तामोडले संक्रमण रोकथामका लागि बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनीलाई डिसइन्फेक्टेन्ट स्प्रे मेसिन प्रदान गरेको छ । आज नगरपालिकामा आयोजित कार्यक्रमकाबीच बिर्तामोड नगरपालिकालाई दुई थान र इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान स्प्रे मेसिन प्रदान गरिएको हो । बिर्तामोड नगरपालिका […]
मेचीनगर । झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालको सवै सेवा बुधबारदेखि बन्द गरिएको छ । अस्पतालमा कार्यरत एकजना चिकित्सकमा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण फेला परेपछि उपचारका सवै सेवा बन्द गरिएको हो । हाल ती चिकित्सकलाई व्यवस्थितरुपमा अस्पतालकै अलग कोठामा राखिएको छ । नगरपालिकाले विगत १० दिनअघिदेखि आम्दा अस्पतालमा पुगेर उपचार गराउनेहरुको […]
मेचीनगर । समुदायमा कोरोना संक्रमण ह्वात्तै बढे पछि मेचीनगर नगरपालिकामा ७ दिनका लागि लकडाउन गरिएको छ । आज राति १२ बजेदेखि भदौ ३ गतेसम्म मेचीनगर नगरपालिकामा लकडाउन गर्ने मेचीनगर नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकाको निर्णय अनुसार नगर भित्रका अत्यावश्यक सेवा वाहेकका सबै प्रकारका उद्योग, व्यवसाय, सेवा, शैक्षिक संस्था, कार्यालय, व्यापार, होटल, पसल र सपिङ […]
झापा । मेचीनगर नगरपालिकामा एक चिकित्सक सहित चार जना समुदायस्तरका मानिसमा कोरोना संक्रमण पुष्टी भएको छ । केहीदिन अघि मेचीनगर नगरपालिका वडा नं.१० धुलावारी बजारका १५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको थियो । त्यस लगत्तै संक्रमित युवाका परिवार सहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकाष्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि आइसोलेशन वार्ड सञ्चालन गर्ने भएको छ । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा रहेका २ जना संक्रमित व्यक्ति आइसोलेशन वार्डमा बेड अभाव भएपछि तीन दिनसम्म क्वारेन्टाइनमै राख्नु परेको थियो । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको मंगलबार बसेको बैठकले नगरमै आइसोलेशन वार्ड सञ्चालन गर्ने निर्णय गरेको कमिटीका संयोजक तथा […]
कमल । झापाको कमल गाउँपालिकामा अत्यावश्यक सेवा बाहेकका अन्य व्यवसाय बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र गर्न पाइने भएको छ । गाउँ कार्यपालिकाको आज बसेको बैठककले व्यवसायीहरुले पनि कार्य व्यापार गर्दा अनिवार्य रुपमा स्वास्थ्य सावधानी अपनाउनु पर्ने बाध्यात्मक व्यवस्थासहित सूचना प्रकाशन गरेको हो । कार्यपालिकाको बैठकले स्थानीय उद्योग वाणिज्य संघ, बजार समिति, टोल विकास […]
विराटनगर । विराटनगर महानगरपालिकामा पछिल्लो १२ घण्टामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबारराति प्राप्त पछिल्लो पीसीआर परीक्षण रिपोर्टअनुसार सबैभन्दा बढी विराटनगर महानगरपालिका–१७ मा सात जनामा कोरोना देखिएको छ । विराटनगर–३ मा एक, ५ मा चार, ६ मा तीन, ७ मा एक, ८ मा तीन, ९ मा दुई, १५ मा एक […]