कनकाई । कनकाई नगरपालिकाले नगर भित्र लाग्ने साप्ताहिक हाट पूर्ण रुपमा बन्द गराएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि नगरले भदौ ५ गतेसम्म हाट पूर्ण रुपमा बन्द गराएको छ । त्यस्तै अन्य बजार भने विहान ९ बजेबाट दिउँसो २ बजेसम्ममा सञ्चालन गर्न पाइने भएको नगरपालिकाले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणबाट सतर्कता […]
धरान । सुनसरीको धरानमा कोरोना संक्रमण समुदाय स्तरमै देखा पर्न थालेको छ । कोरोना संक्रमण समुदाय स्तरमै देखिन थालेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको आइसुलेसन वार्ड समेत भरिएर संक्रमित राख्ने ठाउको अभाव हुन थालेको छ । धरानमा समुदायस्तरमा कोरोना संक्रमण देखा पर्न थालेपछि कोरोना संक्रमणको जोखिमलाई कम गर्न कडाई गर्न थालिएको छ । […]
शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखामा शिवसताक्षी नगरपालिकाले प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस संक्रमण समुदायमा देखिएसँगै नगरपालिकाले पर्यटीय क्षेत्रमा रोक लगाएको हो । नगरले कोरोना भाइरस रोकथाम समन्वय समितिले दुई दिन अघि मानिसको बढी जमघट हुने क्षेत्रमा आवत जावतमा रोक लगाउने निर्णय गरेको थियो । आजबाट सो निर्णयलाई कार्यान्वयन गर्दै अर्को सुचना जारी […]
उर्लाबारी । समुदायमा कोरोना संक्रमण बढ्न थालेपछि मोरङको उर्लाबारी नगरपालिकाले पनि लकडाउन गर्ने भएको छ । नगर कार्यपालिका र विपद व्यवस्थापन समितिको बैठकले आइतबार राति १२ बजेदेखि साउन ३२ गते राती १२ बजेसम्म एक सातासम्म लकडाउन गर्ने निर्णय गरेको हो । मोरङ जिल्लामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि सो निर्णयमा पुगेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको भवन निर्माण तिब्र गतिमा भइरहेको छ । भवनको पहिलो चरणमा समन्वय समिती झापाबाट ४० लाख र प्रदेश नम्बर १ सरकारको सांसद झलक सिंह दर्लामीबाट १५ लाख गरी ५५ लाखको लागतमा फण्डीसन र छत निर्माण गरिएको थियो । दोस्रो चरणको निर्माण कार्यमा संघिय सरकारबाट १० […]
मेचीनगर । मेचीनगरपालिकाले समुदायमा कोरोनाको संक्रमण फैलिएपछि नगरका दुईवटा वडामा भोलिदेखि लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाले मेचीनगर नगरपालिका वडा नं.९ र १० नम्बर वडामा भोलिदेखि अर्को सूचना नआउन्जेल सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण नियन्त्रण कार्यदलका संयोजक विमल आचार्यको अध्यक्षतामा शुक्रबार बसेको छलफलले वडा नं.९ र १० मा रहेका […]
झापा । झापाको अर्जुनधारा नगरपालिकाले थप चार दिन नगर क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेको नगरको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि लकडाउन थप गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका यस अघि साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म […]
सन्दकपुर (इलाम) । इलाम जिल्लाको सन्दकपुर गाउँपालिका स्थित पञ्चकन्या हाइड्रोपावरको मर्मत सम्भारमा खटिएका ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आज रातिदेखि एक हप्ताका लागि गाउँपालिका सिल गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले गाउँपालिका सिल गर्ने निर्णय गरेको अध्यक्ष उदयबहादुर राईले बताए । वडा नं २ र ४ को सिमानामा पर्ने माइखोलामा रहेको […]
मोरङ । समुदायमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिएपछि मोरङका स्थानीय निकायहरुले धमाधम लकडाउन गर्न थालेका छन । कोरोनाको संक्रमण र रोकथामका लागि बिहिबार बिहानबाट सुन्दरहरैचा नगरपालिका र बिहिबार मध्यरातिबाट बेलबारी नगरपालिकाले लकडाउन घोषणा गरेका छन । बिराटनगर महानगरपालिकाले चार दिनअघिदेखि नै लडकाउन गरिसकेको छ भने रतुवामाई नगरपालिकाले समेत बुधबारबाट लकडाउन गरिसकेको छ । […]
भद्रपुर । भद्रपुर नगरपालिकाको नगर युवा परिषदको कार्यकारी उपाध्यक्षमा सरोज ढकाल नियुक्त भएका छन् । भद्रपुर नगर कार्यपालिकाको निर्णयले युवा अभियन्ता, संघीय युवा संजाल सदस्य एवं प्रदेश १ इन्चार्ज तथा संघीय युवा संसद २०७६ का प्रतिपक्ष दलका नेता समेत रहेका ढकाललाई नियुक्त गरेको हो । नगर कार्यपालिकाले गतवर्षको फाल्गुन १५ गते नै नगर युवा परिषद […]