कमल । वर्षात्का कारण हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्ने र बाढीबाट विस्थापित भएका जनतालाई तत्काल उद्धार गरी सुरक्षित स्थानका आश्रयस्थल बनाएर राख्ने विषयमा आज कमल गाउँपालिका स्तरीय विपद् व्यस्थापन समितिको पूर्व तयारी बैठक सम्पन्न भएको छ । बैठकमा बाढीबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न र बाढीबाट विस्थापित जनतालाई तुरुन्त उद्धार गरी सुरक्षित स्थानमा राख्ने विषयमा […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाका उपपप्रमुख पवित्रा महतारा प्रसाईले न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने सिधा कुरा जनतासँगले आफ्नो व्यक्तिगत प्रतिष्ठमाथि आँच पुर्याएको बताएकी छन् । कार्यक्रमका प्रस्तोता रवि लामिछाने र तिनको समूहले नितान्त भ्रामक र कपोलकल्पित सामग्री उत्पादन गरी प्रसारण गरेको उनको भनाई छ । आज नगरपालिकामा पत्रकार सम्मेलन गरी उपपप्रमुख प्रसाईले मानिसले चासो दिएर हेर्ने […]
बिर्तामोड । विर्तामोड नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रयणमा गरिएको खर्च सार्वजनिक गरेको छ । बिर्तामोड नगरपालिकाले कोरोना नियन्त्रणमा लागि १ करोड ५४ लाख २३ हजार १ सय ५५ रुपैयाँ ३२ पैसा खर्च गरेको सार्वजनिक गरेको हो । यो खर्च असार मसान्तसम्मको हो । क्वारेन्टाइन व्यवस्थापन, खाद्यन्न, २ वटा एम्बुलेन्स सञ्चालन, मर्मत खर्च, स्वास्थ्य सामग्री […]
भद्रपुर । भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमति दिने तयारी भएको छ । नगर शिक्षा समितिले विद्यालयको भौतिक पूर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि तोकिएको मापदण्ड बारे अनुगमन सुरू गरेको हो । नगर शिक्षा समितिका अध्यक्ष तथा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा शिक्षा, स्वास्थ्यसहितको प्राविधिक टोलीले तत्काल विद्यालय सञ्चालन गर्न आवश्यक […]
मेचीनगर । आइतबार साँझ मेचीनगर १ देवीगञ्जका एक स्थानीयले बिना कसुर गम्भीर घाइते हुनेगरी तस्करहरुको कुटाई खाएका छन् । साझामञ्चका नियमित पाठक अनुस किरातीले दिएको जानकारी अनुसार आइतबार साँझ ७ बजे जंगली हात्तीको डरले टर्चलाइट वरिपरी देखाउँदै तिरिङ खोला तर्दै गरेका अनिल लिम्बूमाथि हातपात भएको हो । उनले बोकेको लाइटको प्रकाशले केही मानिसहरु देखिएका थिए […]
झापा । झापाको गौरीगंज गाउँपालिका स्थित सीमावर्ती क्षेत्रमा गएराती भारतीय तस्करहरूले सशस्त्र प्रहरीमाथि आक्रमण भएको घटनालाई लिएर नेपाल र भारतका जिल्ला स्तरिय प्रहरी प्रमुखहरूबीच छलफल भएको छ । झापाका सशस्त्र प्रहरी प्रमुख रेशम कुमार थक्सु र भारत किशनगंज जिल्लाका प्रहरी प्रमुख ललित कुमारबीच आ – आफ्नो देशका नागरिकहरूलाई लकडाउन अवधि भरी सीमा नाकामा वारपार गर्न […]
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुरले सदरमुकाम भद्रपुरमा सुरू गर्न लागिएको पठनपाठन सम्बन्धमा गम्भीर ध्यानाकर्षण गराउँदै प्याब्सन, एनप्याब्सनको असार ३१ गतेको निर्णय सच्याउन माग राखी ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई गएको शैक्षिक वर्षको वक्यौता पारिश्रमिक नदिई कक्षा सञ्चालन गर्न लागिएको विरोधमा भद्रपुर नगरपालिका तथा नगर प्याब्सनलाई ध्यानाकर्षण पत्र बुझाएको […]
कमल । झापाको कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका एक जना पुरुषमा कोभिड १९ पोजेटिभ भएको पुष्टि भएको छ । साउदीबाट आएर क्वारेन्टाईनमा रहेका कमल गाउँपालिका ५ का ३४ वर्षीय पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले अहिले सम्ममा २ सय २३ जनाको पिसिआर परिक्षण […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका १० की कनकाई नदिबाट विस्तावित तारा शेर्मालाई पक्की घर बनाइदिने भएको छ । शिवसताक्षी नगरपालिकाले घर बनाउनको लागि जग्गा उपलब्ध गराउने भएपछि शेर्माको घर बन्ने पक्का भएको हो । शेर्मा परिवारलाई मेची अभियानसँग समन्वय गरेर पक्की घर निर्माण गरिने शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले जानकारी दिए । शिवसताक्षी न.पा. ११ स्थित […]
अर्जुनधारा । विपन्न परिवारका लागि सामुहिक आवाससहित अर्जुनधारा नगरपालिकाले एक सय ७७ वटा घर निर्माण गरेको छ । अर्जुनधारा नगरपालिका वडा नं.३ झेलेनीमा १५ परिवारका लागि सामुहिक आवास निर्माण गरेको नगरले नगरपालिकाभित्र एक सय ७७ वटा घर निर्माण गरेको हो । संघीय सरकार, प्रदेश र स्थानीय तह तथा सामाजिक संघ संस्थासँगको साझेदारीमा विपन्नका लागि घर […]