कमल । छिमेकी पालिकासम्म कोराना भाइरसको संक्रमण फैलिइसकेकोले लकडाउनलाई अझै कडा नबनाए संक्रमण भित्रन सक्ने निश्कर्षसहित कमल गाउँपालिकाले आवतजावतमा कडाई गर्ने निर्णय गरेको छ । प्रदेश सांसद अर्जुन राईको प्रमुख अतिथ्यतामा आज बिहान भएको बैठकले दमक नगरपालिकामा कोभिड १९ को संक्रमित फेला परेसँगै त्यसको प्रभाव कमल गाउँपालिकामा समेत पर्ने भन्दै लकडाउन लाई अझ कडा बनाउने […]
बिर्तामोड । कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन कोष बिर्तामोडलाई विभिन्न सामाजिक, शैक्षिक एवम् व्यवसायिक प्रतिष्ठानहरुबाट आर्थिक तथा जिन्सी सहयोग जुट्ने क्रम जारी रहेको छ । उक्त कोषमा नेपाल शिक्षक महासंघ बिर्तामोड नगर समितिले ८ वटा विद्यालयबाट संकलित दुई लाख ९० हजार ९५८ रुपैयाँ प्रदान गरेको छ । बिर्तामोडको देवी मावि, महेन्द्र रत्न मावि, मोहनमाया मावि, […]
काँकरभिट्टा । झापाका आठवटा नगरपालिकाका नगरप्रमुखहरुले विश्वव्यापीरुपमा महामारीको रुप लिएको कोभिड—१९ अर्थात् नोवल कोरोना भाइरसको सम्भाव्य संक्रमणको रोकथाम र नियन्त्रण गर्न तथा त्यसबाट उत्पन्न परिस्थितिका बारेमा एकताबद्घरुपमा अघि बढ्ने गरी १४ बुँदै साझा सहमति गरेका छन् । आज मेचीनगर नगरपालिकाको संयोजनमा नगरपालिकामा भएको भेलाले नेपाल सरकारबाट २०७६ साल चैत ११ गतेदेखि लकडाउनको घोषणा भई कार्यान्वयनमा […]
गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले पालिकामा कार्यरत स्वास्थ्य शाखाका कर्मचारीहरुको सेवा सुविधा डबल वनाएको छ । आफ्नो पालिकाको स्वास्थ्य शाखाका कर्मचारीको सेवा सुविधा डबल बनाएर स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्दै २४ घण्टे सेवालाई ब्यवस्थित गरेको गाउँपालिकाले जनाएको छ । नोवल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण राज्यले घोषणा गरेको लकडाउनको समयमा पनि सक्रिय भएर काम गर्नुपर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न […]
मेचीनगर ।झापाकोे मेचीनगर नगरपालिकाले आपतकालिनरुपमा राहत तथा अत्यावश्यक औषधिको व्यवस्थाापनका लागि प्रत्येक वडामा वडागतरुपममा विभिन्न प्रतिनिधिहरुलाई फोकल पर्सन तोकेको छ । नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण खाद्यन्न तथा औषधि सेवन गरिरहेकाहरुले समस्या झेल्नु नपरोस पनेर समन्यकारी भूमिकाका लागि फोकल पर्सन तोकेको हो । […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७मा पर्ने रेखा खोलाको पूल निर्माण कार्य अलपत्र परेको छ। पूल निर्माण गर्ने उद्देश्यले जेनतेन सञ्चालमा रहेको कल्भर्ट भकाएको अवस्थामा लकडाउन सुरु भएपछि पूल निर्माण हुन नसककेको हो । गएको फागुनबाटै पूल निर्माण गर्ने तयारी गरिएको तथा निर्माण कम्पनी र ठेकेदारले आवश्यक निर्माण सामग्री स्पटमा झारिसकेको स्थानीय अविरलकृष्ण खरेल […]
बिर्तामोड नगरबासी आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु, हार्दिक अभिवादन तथा नमस्कार । हामीहरु अहिले कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम, नियन्त्रण र नागरिकहरुको जीवन रक्षाको लागि अहोरात्र खटिरहेका छौं । देशमा लकडाउन गरी सामाजिक दुरी कायम गरिएको १ महिना पुग्न लागेको छ । सरकारको लकडाउनको निर्णयलाई बिर्तामोड नगरबासीले धिरताका साथ कार्यान्वयन गरिराख्नु भएकोमा हार्दिक धन्यवाद प्रकट […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले अब केही समयका लागि सामाजिक सुरक्षा भत्ता घर घरमै पुर्याउने भएको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको बैंक खातामा नगद जम्मा गरि दिएर बैंक मार्फत भुक्तानी लिँदै आएका उनीहरुले अब केही समयसम्म घरमा नै सेवा पाउने भएका हुन् । सरकारले जारी गरेको ‘लकडाउन’ अवधिमा बैंकको सञ्चालन समय थोरै भएकोले सेवाग्राहीहरु […]
बुद्धशान्ति । यहाँस्थित नागवेली सुपारी उत्पादन सहकारी संस्थाले गाउँ पालिकाको बिपत ब्यवस्थापन कोषमा २५ हजार रुपैयाँ सहयोग गरेको छ । बुद्धशान्ती गाउँपालिका वडा नं. ५ मा रहेको सो संस्थाका पदाधिकारीहरुले गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मिरा भुर्तेल, प्रमुख प्रशासकीय अधिकृत इन्द्र चापागाईंलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । गाउँपालिका पुगेर सो सहकारी संस्थाका अध्यक्ष गङ्गाराम […]
मेचीनगर । नेपालका विभिन्न जिल्लामा नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै र धमाधम संक्रमित फेलापर्न थालेपछि झापाको मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षणलाई तीब्रता दिइएकोे छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमित तथा मृतकको संख्या बढ्न थालेपछि भारतको पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको मेचीनगर नगरपालिकाले स्वास्थ्यकर्मीसहितको टोेली परिचालन गरेर घरदैलो अभियान शुरु गरेको थियोे […]