Sajhamanch Archive

मेचीनगरका क्वारेन्टाइन र हिरासतमा कोरोना परीक्षण, सबै नेगेटिभ

Published: in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरका क्वारेन्टाइन र हिरासतमा कोरोना परीक्षण, सबै नेगेटिभ.

मेचीनगर । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाद्वारा शुक्रबार यहाँ २३ जनाको कोरोना भाइरस एन्टीबडी परीक्षण गरिएको छ । शाखा संयोजक शशीकला राईको नेतृत्वको स्वास्थ्यकर्मीहरु नगरका विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरी होम क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गरिएको हो । सो समूहले स्थानीय सरकारले सञ्चालन गरेको क्वारेन्टाईन र प्रहरी हिरासतमा रहेकाहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको […]

चुलाचुलीका साढे १५ सय परिवारलाई खाद्यान्न राहत

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on चुलाचुलीका साढे १५ सय परिवारलाई खाद्यान्न राहत.

चुलाचुली (इलाम) । दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा रहेका ज्याला मजदुरी गरी गुजारा चलाउने वर्गका साढे १५ सय परिवारलाई दोस्रो चरणको राहत वितरण सुरु गरिएको छ । कोभिड–१९को सन्त्रासले लकडाउन गरिँदा अतिविपन्न र ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई समस्या भएको निश्कर्षसहित त्यस्ता परिवारलाई गाउँपालिकाले पुनः राहत वितरण सुरु गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान […]

बिर्तामोडमा खाद्यान्नका पसल ३ घण्टा खुल्ने, स्थानीय सब्जी घुमाएर बेच्न पाइने

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा खाद्यान्नका पसल ३ घण्टा खुल्ने, स्थानीय सब्जी घुमाएर बेच्न पाइने.

बिर्तामोड । बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष नगरपालिका स्तरीय समितिले आजदेखि खाद्यान्न पसल दिउँसो १२ देखि ३ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ । नगरबासीको दैनिकीमामा सहजता ल्याउन एवम् अत्यावश्यक वस्तुको अभाव हुन नदिन समितिले खाधान्नका पसल दिनको ३ घण्टा खोल्ने व्यवस्था मिलाइएको नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले बताएका छन् । उनका अनुसार […]

दमक नगरपालिकाको राहत कोषमा सहारा नेपाल र हाम्रो टोल विकासको सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on दमक नगरपालिकाको राहत कोषमा सहारा नेपाल र हाम्रो टोल विकासको सहयोग.

कमल । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागी दमक नगरपालिकाले स्थापना गरेको राहत कोषमा विभिन्न संघ संस्थाबाट सहयोग प्राप्त छ । बुधबार सहारा नेपाल साकोस चारपाने झापा र हाम्रो टोल विकास संस्था दमक ५ ले राहात कोषमा सहयोग प्रदान गरेका छन् । सहारा नेपालले १ लाख ११ हजार […]

कमल गाउँपालिकाले स्थापना गरेको कोषमा कारितास र सहाराको सहयोग 

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाले स्थापना गरेको कोषमा कारितास र सहाराको सहयोग .

कमल । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी कमल गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण कोष मा मंगलवार समेत सहयोग प्राप्त भएको छ । मंगलबार कारितास नेपाल दमक शाखाले १ लाख रुपैयाको चेक एक औपचारिक कार्यक्रमका बीच कारितास नेपाल दमक शाखाका प्रमुख देबेन्द्र पोख्रेलले कमल गाउँपालिकाका अध्यक्ष […]

बर्ने चिया कमानका मजदूरलाई गाउँपालिकाको खाद्यान्न सहयोग

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बर्ने चिया कमानका मजदूरलाई गाउँपालिकाको खाद्यान्न सहयोग.

बुद्धशान्ति । यहाँस्थित बर्ने चिया कमानका श्रमिकहरुले लकडाउन भएको २१औं दिनका दिन राहतस्वरुप खाद्यान्न पाएका छन् । बुद्धशान्ति गाउँपालिकाले उनीहरुलाई आज खाद्यान्न उपलब्ध गराएको हो । कमानमा चिया टिप्ने २९५ परिवारका एक हजार १९१ जनालाई खाद्यान्न उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् । कमानमा दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई प्रति सदस्य ५ केजी […]

भद्रपुर ९ र १०मा पहिलो चरणको राहत वितरण सकियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on भद्रपुर ९ र १०मा पहिलो चरणको राहत वितरण सकियो.

भद्रपुर । जन उत्तरदायी स्थानीय सरकार अभियान अन्र्तगत भद्रपुर ९ र १० नम्वर वडा कार्यालयले अतिविपन्न वर्गका लागि पहिलो चरणमा ११ सय घरधुरीलाई खाद्यान्न राहत स्वरूप वितरण गरेका छन् । देश कोरोना संक्रमण त्रासका कारण लकडाउनमा रहेको अवस्थामा श्रमजीवि अतिविपन्न परिवारले वडा भित्र खाद्यान्न अभावले भोकै मर्ने अवस्था आउन नदिन नगर सरकारको विपत व्यवस्थापन कोष […]

सहुलियत मूल्य पसलमा गएनन् ग्राहक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on सहुलियत मूल्य पसलमा गएनन् ग्राहक.

काठमाडौँ। अत्यावश्यकीय खाद्य सामानमा उपभोक्तालाई राहत दिन खोलिएका सहुलियत मूल्य पसलमा कारोबार निकै कम छ । थोरै ठाउँमा भए पनि सञ्चालन गरिएका त्यस्ता पसलमा बन्दाबन्दीका कारण ग्राहक आउनै पाउँदैनन् । बन्दाबन्दी पहिले ग्राहकको भीड थेग्न नसकेको साल्ट ट्रेडिङ कर्पाेरेसनमा उपभोक्ता छिर्न सकेका छैनन् । कर्पाेरेसनको सतुङ्गल बिक्री केन्द्रका प्रमुख प्रेम ढकालको अनुभवमा बन्दाबन्दीपूर्व ग्यास, चिनी […]

बिर्तामोड नगरपालिकाको कोरोना कोषमा सहकारीको साढे २० लाख योगदान, सहारा नेपालबाट एक लाख ७१ हजार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाको कोरोना कोषमा सहकारीको साढे २० लाख योगदान, सहारा नेपालबाट एक लाख ७१ हजार.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा सहारा नेपा बचत तथा ऋण सहकारी संस्थाले एक लाख ७१ हजार रुपैयाँ जम्मा गरेको छ । प्रदेश १ का ६ वटा जिल्लामा कार्यक्षेत्र रहेको सहारा नेपाल साकोस सदस्य संख्या र वित्तीय कारोबारका दृष्टिकोणले नेपाल कै अग्रणी तथा सामाजिक क्रियाशीलताका लागि विश्वकै नमूना […]

बुद्धशान्तिका जनप्रतिनिधिले ३ लाख बढी रकम प्रकोेप व्यवस्थापन कोषमा जम्मा गर्ने

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on बुद्धशान्तिका जनप्रतिनिधिले ३ लाख बढी रकम प्रकोेप व्यवस्थापन कोषमा जम्मा गर्ने.

बुुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकामा नेकपाबाट विजयी उम्मेद्वारले एक महिनाको सेवा सुविधा वापतको ३ लाख ११ हजार ३ सय रुपैँया अतिविपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराउने गरी बुद्धशान्ति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् । राज्यले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत्र ११ गतेदेखि लक डाउन गरेपछि कोहि पनि नागरिक […]