काँकरभिट्टा । मेचीनगरका विभिन्न संघ संस्थालगायत व्यक्तिहरुले मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापनको खातामा धमाधम राहत रकम र सामाग्री जम्मा गरीरहेका बखत नगरपालिकाका जनप्रतिनिधिले समेत आफुले पाउदैं आएको एक महिनाको सेवा सुविधा बापतको रकम सोहि खातामा जम्मा गर्ने भएका छन् । झापाका १५ वटा स्थानीय तहमध्ये जनसंख्या र भौगोलिक दृष्टिकोणले सवैभन्दा ठुलो मानिएको मेचीनगर नगरपालिकामा १५ वटा […]
बुद्धशान्ति । चैत ११ गतेदेखि कोराना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशव्यापी गरेको लकडाउनको घोषणा पछि यतिबेला अतिविपन्न नागरिकलाई खाद्यान्न सहयोग भइरहेको छ । विभिन्न स्थानीय तहहरुले अतिविपन्न नागरिकलाई खाद्य सामग्री प्रदान गरिरहँदा कोही भोकै बस्नु नपरोस् भनेर राज्यकोषमा स्थानीय नागरिक तथा संघ–संस्थाहरुले स्वतःस्फूर्त रकम तथा जिन्सी सामान सहयोग प्रदान गरिरहेका छन् । झापाको बुद्धशान्तिमा […]
मेचीनगर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा व्यवस्थापन राहत र उद्घार सञ्चालन तथा कार्यान्वयन समितिको सचिवालय मेचीनगरको शुक्रबार सम्पन्न बैठकले सवै वडा समितिको कार्यालयलाई नेपाल सरकार र नगरपालिकाको सूचना विपरित वडाभित्र वडा समितिको स्वीकृति नलिई राहत वितरण गर्ने कुनै पनि संघ–संस्था, समूह र व्यक्तिलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन इलाका प्रहरी कार्यालय, नगर कार्यपालिकाको […]
मेचीनगर । झापा निर्वाचन क्षेत्र १ अन्तरगत प्रदेश सभा सदस्य श्री प्रसाद मैनालीले आफ्नो क्षेत्रका जनताको अवस्थाको जानकारी तथा राहत वितरण प्रक्रियाको अनुगमन गरेका छन् । विहीवार र शुक्रबार दुई दिन फरक फरक समयमा प्रदेश सभा सदस्य मैनालीले आफ्नो क्षेत्रमा पर्ने दुई स्तानीय तहका ११ बटा वडामा पुगेर अवस्थाका बारेमा जानकारी लिएका हुन् । चैत्र […]
बुद्धशान्ति । विश्वभर फैलिरहेको नोवल कोरोना भाइरसका कारण नेपालमा पनि चैत्र ११ देखि लकडाउन जारी छ । लकडाउनका कारण विपन्न वर्गका मानिसहरुलाई दैनिक गुजारा गर्न निक्कै कठिन भइरहेको अवस्थालाई दृष्टिगत गरी नेपाली कांग्रेसबाट विजयी भएका बुद्धशान्ति गाउँपालिकाका सबै जनप्रतिनिधिहरुले चैत्र महिनाको सेवा सुविधा बुद्धशान्ति प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् । ७ वटा वडा […]
झापा । विश्वब्यापी महामारीको रुप लिएको नोवल कोरोना भइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको ‘लकडाउन’का कारण दैनिक ज्यालादारीमा काम गर्ने एवम् विपन्न वर्गको चुल्हो बल्न छाडेको निश्कर्ष निकाल्दै अहिले राहत बाँड्नेको ताँती छ । लकडाउनले घरबाहिर गएर काम गर्न नपाउँदा सबै वर्ग, तह र समुदायका मानिस लगभग बेरोजगार बन्नु परेको यथार्थका अघिल्तिर ‘कस्तो […]
मेचीनगर । निर्वाचनका बेला प्रतिस्पर्धी बन्ने मेचीनगरका चारवटा राजनीतिक दलले विपद्का समयमा एकै भावनाका साथ नगरपालिकालाई सहयोग गरेका छन् । ती दलहरुले आज मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा एक लाख ३२ हजार १५ रुपैयाँ रकम जम्मा गरेका छन् । देशमा संकट पर्दा दलीय विचारभन्दा माथि उठेर एकैठाउँमा उभिनुपर्छ भन्ने मेचीनगरका राजनीतिक दलले राम्रो सन्देश दिएका […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले पहिलो चरणमा यहाँका ६ हजार ९६० घर परिवारलाई राहत सामग्री वितरण गरेको जनाएको छ । नगरपालिकाले १० वटै वडाका २८ हजार ५८६ व्यक्तिलाइ पहिलो चरणमा राहत सामग्री निकासा गरेको नगरप्रमुख ध्रुवकुमार सिवाकोटीले जानकारी दिएका हुन् । १० वटै वडामा गठन गरिएका टोल विकास संस्थाहरुको सिफारिस पछि वडा कार्यालयले पहिचान गरेका विपन्न […]
कमल गाउँपालिकाको राहत कोषमा ४० लाख ८१ हजार जम्मा कमल । विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा विपन्न वर्गको राहतका लागि कमल गाउँपालिकाले स्थापना गरेको राहत कोषमा सहयोगी दाताहरु थपिनेक्रम जारी छ । हिजो बुधबारमात्र लखनपुर खानेपानी उपभोक्ता संस्था, एनएमसी झापा, र कर्मणी साकोसले नगद तथा जिन्सी सामान प्रदान गरेका […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाले अतिविपन्न ज्याला मजदुरी गर्ने नागरिकलाई राहत स्वरुप २१ लाख ७७ हजार २ सय ५२ रुपैँयाको खाद्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाका सबै ७ वटै वडाबाट अतिविपन्न नागरिकलाई खाद्यान्य वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताए । वडागत तथ्याङ्कको आधारमा गाउँपालिकाका अतिविपन्न १७ सय ३५ घरसंख्याको ६ हजार […]