इलाम । पत्याउनै गाह्रो सरकारी कार्यालय, अझ भनौं स्थानीय सरकारको मुख्य अड्डा । अढाई वर्षअघि मात्र निर्वाचित भएको स्थानीय सरकारले सम्हाल्दै आएको स्थानीय राज्यमा अवस्थित कार्यपालिकाभित्र नै कर्मचारीको खडेरी यतिसम्म छ कि एकै कर्मचारीले आठ जनाको काम सम्हाल्दै आएका छन् । त्यो पनि एकै स्थानको कार्यालयमा कहाँ हो र ? पाँचवटा वडा कार्यालयका सचिव र […]
बिर्तामोड । यहाँस्थित शिवनगर टोल विकास संस्थाले ज्येष्ठ नागरिक एवम् एकल महिलाहरुलाई सम्मान गरेर आज नयाँ अभ्यासको थालनी गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ मा गठित ३२ वटा टोल विकास संस्थामध्ये शिवनगरले रचनात्मक कामको थालनी गरेको वडाध्यक्ष कुलप्रसाद संग्रौलाको भनाई छ । संस्थाका अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा गठित टोल विकास संस्थाले तिहारमा देउसी […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले सोमबार सार्वजनिक विदा गरेको छ । १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको १३५ औं जन्म जयन्तीको अवसरमा शिवसताक्षी नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो । नगर कार्यपालिकाको २०७६ कार्तिक २१ गते बसेको बैठकले २५ गते सोमबारका दिन शिवसताक्षी नगरभित्रका सम्पूर्ण सरकारी कार्यालय, निजी तथा सामुदायिक विद्यालय,स्वास्थ्य संस्थाहरुलाई विदा […]
अर्जुनधारा । प्रदेश १ का नवनियुक्त प्रमुख सोमनाथ अधिकारी प्यासी आज झापा आएका छन् । उनले झापाको अर्जुनधारा र इलामको माई जोगमाईको सीमानामा रहेको सुखानी शाहदतस्थलको भ्रमण गरे । प्रदेश १ को प्रमुखमा नियुक्ति पछि आज झापा आएका उनले शहीद शहादतस्थल सुखानी र सुखानी पार्कमा रहेका शहीदहरुको शालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए । सो अवसरमा […]
बिर्तामोड । रिपोर्टर्स क्लब नेपालले स्थानीय तहका प्रमुखहरुसँग बिर्तामोडमा आज साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । साक्षात्कार कार्यक्रममा बोल्दै मेचिनगर नगरपालिकाका प्रमुख विमल आचार्यले केन्द्र र प्रदेशमा आफ्नो सरकार नभएकाले आफुले सोचे अनुरुप कार्य गर्न नसकेको सुनाए । सरकारले नीति र नियम अनुसार सबै नगरलाई सम्मान दृष्टिकोणले हेर्नूपर्ने अनि मात्र समृद्ध नेपाल र सुखी नेपालीको […]
बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज सम्पन बैठकले प्रदेश १ को प्रमुखमा झापाका बिष्णु प्रसाइको नाम सिफारिस गरेको छ । प्रसाईं झापाका पुराना बामपंथी नेता हुन् । नेकपाको प्रदेश कमिटी सदस्य समेत रहेका प्रसाईं तत्कालीन जिल्ला बिकास समिती झापाका उपसभापती हुन् । बामपंथी आन्दोलनमा लामो समय योगदान गर्दै आएका उनी प्रधानमन्त्री केपी ओलीका […]
इटहरी । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीमा चालु आर्थिक बर्षमा ३० किलोमिटर सडक कालोपत्रे हुने बताएका छन् । उनले इटहरी १६ कान्छीचौक देखि वडहरा, डकाहा, पटेरुवा हँुदै जनसहयोग स्कुल जोड्ने वाटोको कालोपत्रे सडक निर्माण शिल्यान्यास समेत गरे । इटहरीको गौरवका योजनाका रुपमा संचालित वहुबर्षे योजना अन्र्तगत यहि आर्थिक बर्षमा कालोपत्रे भइसक्ने ११ सडक मध्ये […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले गठन गरेको चार वटा बिषयगत बिभिन्न समितिलाई वडामा समेत बिस्तार गरिने भएको छ । नगरपालिकामा आइतबार भएको छलफलमा नगरद्वारा गठित खेलकुद, युवा, कला तथा साहित्य बिभागलाई वडामा लाने निर्णय गरेको हो । छलफलमा नगरप्रमुख हरिकुमार राना, उप–प्रमुख कमला खतिवडा आर्चाय, प्रशासकिय अधिकृत पंकज भुर्तेल तथा कला, खेलकुद, युवा, सञ्चारका संयोजक छलफलमा […]
बिर्तामोड । अन्तर्राष्ट्रिय बडिबिल्डिङ्ग च्याम्पियनसिपका नेपाली प्रतियोगी राम दाहाललाई बिर्तामोड नगरपालिका, नगर खेलकुद समितिद्वारा जीतको शुभकामनासहित आज बिदाई गरेको छ । दुवईको फुजेरामा यही नोभेम्बर ६ तारिकदेखि शुरु हुने विश्व च्याम्पियनसिपमा ६० केजी तौल समूहमा दाहालले प्रतियोगीका रुपमा सहभागिता जनाउने तय भएको हो । खेलाडी दाहाललाई आज आइतबार नगरपालिकाले एक कार्यक्रमका बीच विदाइ गरेको हो। […]
बुद्धशान्ति । जङ्गली हात्ती धपाउन जडान गरिएको विद्युतीय धरापमा परी बुद्धशान्तिमा मामा भान्जाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका वडा नं.४ का १८ वर्षीय अभिनाश राई र भोजपुर जिल्ला साल्पाचुली गाउँपालिका वडा नं.५ का करिब ३५ वर्षीय मणिराम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। मणिराम र अभिनाश […]