शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले नगर भित्रका गौरवका आयोजनाहरुको द्रुतगतिमा काम भईरहेको बताएका छन् । शिवसताक्षी नगरपालिका वडा नं ८ ले आयोजना गरेको २०७५ ÷०७६को वार्षिक समिक्षा कार्यक्रममा बोल्दै मेयर सेर्माले वडाहरुमा जाने बजेट माग अनुसार कम भएपनि नगर स्तरबाट पनि दिर्घकालिन योजनाहरुमा काम भईरहेको जानकारी दिए । उनले नगर भित्रका सबै वडाहरुका […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले शनिश्चरे बजार र महानन्द चोकमा तत्काल एक किलोमिटर सडक बनाउने भएको छ । डिभिजन सडक कार्यालयसँग शुक्रबार भएको छलफलमा महानन्द चोकमा एक किलोमिटर सडक निर्माणका लागि प्राप्त बजेटले शनिश्चरे चोकमा समेत सडक निर्माण गरिने भएको हो । ‘महानन्द चोकमा ३ सय मिटर र बाँकी ७ सय मिटर शनिश्चरे चोकमा सडक बनाउनु […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले बिभिन्न समिति गठन गरी पद तथा गोपनियताको सपथग्रहण गराएको छ । बिहीबार नगरपालिकामा एक समारोहको आयोजना गरी बिभिन्न बिधामा मनोनयन भएका युवालाई पद तथा गोपनियताको सपथग्रहण गराएको हो । नगरपालिकाले खेलकुद, युवा, कला तथा साहित्य बिभाग गठन गर्दै सपथग्रहण गराएको हो । यसैगरी सुचना तथा सञ्चार बिभागमा मनोनयन हुने सदस्यहरुलाई समेत […]
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नंं.५ को वडा कार्यालयमा नचिनेका मानिसको समूहले आगजनी गरेको छ । आरनडाँडामा रहेको वडा कार्यालयमा आइतबार मध्यरातमा आगजनी गरिएको वडाध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिए । उनले भने ‘ढोका फुटाएर पेट्रोल र मट्टितेल छर्केर आगो लगाइएको छ । विद्युत् मिटर बक्स फुटेको आवाजपछि गाउँलेले थाहा पाएछन् ।’ स्थानीयले आगो निभाएर […]
इटहरी । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जन्मदिनमा केक काटनु भन्दा वृक्षारोपण गर्न आग्रह गरेकी छिन् । उनले कोजाग्रत पूर्णिमाका दिन ाआफ्नो पचासौ जन्मदिनका अवसरमा कागतीका विरुवा रोप्दै जन्मदिनमा विरुवा रोप्न आग्रह गरेकी हुन् । इटहरी उपमहानगरले निर्माण गर्न लागेको सुरक्षित आवास, सेफ हाउस परिसरमा पचास वटा कागतिका विरुवा रोपिएको छ । कागती औषधि समेत […]
इटहरी । ज्येष्ठ नागरिक दिवसको सन्दर्भ पारेर इटहरी उपमहानगरपालिकाले ज्येष्ठ नागरिकका लागि इटहरीका ६ ठाउँमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर गर्दा करिब चार सय लाभान्वित भएका छन् । आज इटहरी अस्पतालमा विशेषज्ञ डाक्टरसहितको शिविरमा १२६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा ल्याव सेवा र औषधी पनि निःशुल्क गरिएको थियो । ६० वर्षभन्दा बढी उमेरका नागरिकका […]
मेचीनगर । आसन्न चाडपर्वहरुलाई दुर्घटनारहित बनाउन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सवैमा आग्रह गरेका छन् । चाडपर्वका वखत मानिसहरुको आवतजात निक्कै बढ्ने भएकाले ती समयमा दुघर्टना बढ्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसै कुरालाई मध्यनजर गदैं नगरपालिकाकातर्फबाट नगरप्रमुख आचार्यले नजिकिँदै गरेको दशैं तिहार तथा छठलगायतका चाडपर्वलाई दुघर्टनारहित बनाएर धनजनको क्षति हुन नदिई एक आपसमा […]
कमल । संविधान दिवसको अवसरमा झापाको कमल गाउँपालिकाले दुईजना प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरेको छ । लोकतन्त्र ल्याउन अहम् भूमिका निर्वाहा गर्ने व्यक्तिहरुलाई सम्मान गरेर गाउँपालिकाले संविधान दिवस मनाएको हो । गाउँपालिकाले पूर्णानन्द शर्मा दाहाल र भोजकुमार घिमिरेलाई दोसल्ला ओडाएर, टोपी पहिर्याएर सम्मान पत्र प्रदान गरेको हो । प्रदेशसभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा […]
बिर्तामोड। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले झापा स्पोर्टस् अवार्ड’ तेस्रो संस्करणको मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको छ । ‘झापा स्पोर्टस् अवार्ड २०७५’ का लागि विभिन्न चार विधामा प्रत्येक विधाबाट तीनतीनजना प्रतिभा शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । जसअनुसार ‘झापा स्पोर्टस् अवार्ड २०७५’ को मनोनयनमा पर्न […]
बिर्तामोड । संविधान दिवसको सन्दर्भ पारेर बिर्तामोड नगरपालिकाले आफूले बनाएका कानूनको कार्यान्वयन र त्यसको प्रावधान सम्बन्धी आज अन्तरक्रिया गरेको छ । संविधान दिवस मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाले हालसम्म निर्माण गरेका कानून, कार्यविधि र निर्देशिकाहरुको अवस्था र त्यसको कार्यान्वयनका विषयमा चर्चा गरिएको हो । बिर्तामोड नगरपालिकाले हालसम्म २१ वटा कानून निर्माण गरेर कार्यान्वयनमा […]